- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। भारतबर्षको यो परम सौभाग्य हो कि समय-समयमा महान पुरुषहरूले अवतार लिएर यसको माटोलाई धन्य बनाए। सबैभन्दा ठूलो कुरा त यो छ कि उनै महापुरुषहरूले विश्व मानवताको भावना सारा संसारमा फैलाए अनि सम्पूर्ण विश्वमा शान्ति, एकता र भाइचाराको वातावरण स्थापित गरे।
भगवान श्रीकृष्णको जन्म पनि उनै महान् पुरुषहरूको श्रृंखलामा एक कडी हो, यसैकारण 'कृष्णं वन्दे जगद्गुरु' भनेर ऋषि-मुनि, मनीषि, विद्वान् एवं श्रेष्ठ पुरुषहरुले उनीप्रति आफ्नो आदर प्रकट गरे। भगवान श्रीकृष्णको महान क्रियाकलापहरूलाई आफ्नो काव्य रचनाहरूको आधार बनाएर कति कविहरूले आफ्नो कवित्व-शक्तिलाई सफल बनाए। कति कलाकारहरूले कृष्णको विविध लीलाहरूको सुन्दर चित्र बनाएर आफ्नो कलालाई धन्य बनाए।
महान पुरुषहरूद्वारा विश्व मानवलाई जागृत गर्न, समाजमा शान्ति स्थापित गर्न तथा मानव मात्रलाई आत्मज्ञानको मार्गमा लगाउन ज्ञानको प्रचार गर्ने आदि प्रमुख कार्य हुन् । उनीहरूको लक्ष्य सदा समाजलाई जोड्नु हुन्छ, तोडनु होईन । यसैकारण श्रीकृष्णले कौरव र पाण्डवको बीचमा अन्तिम समयसम्म शान्ति र सम्झौता गराउने प्रयास गरिरहे, किनभने उनी जान्दथे कि यस युद्धमा दुवै पक्षमा श्रेष्ठतम वीर योद्धाहरू उपस्थित छन्। श्रीकृष्ण युद्धको भीषण परिणामलाई जान्दथे। अत: उनले त्यस युद्धलाई रोक्नको निम्ति जे-जति सम्भव थियो, त्यो सबै गरे। यहाँसम्म कि स्वयं पाण्डवहरूको तर्फबाट दूत बनेर कौरवको सभामा गए अनि उनीहरुलाई सम्झौताको लागि मनाउने भरसक प्रयत्न गरे । त्यति मात्र होईन, उनले पाण्डवहरूलाई केवल पाँच गाउँ दिए त्यसैमा सन्तोष गर्नको निम्ति मनाउने बताएका थिए।
उता धृतराष्ट्र पनि सम्झौता चाहन्थे, तर दुर्योधनको अगाडि उनको केहि सीप चलेन । भगवान श्रीकृष्णले दुर्योधनलाई धेरै सम्झाउनुभयो, 'हेर भाइ। शान्तिद्वारा नै तिम्रो अनि जगतको कल्याण हुनेछ ।' तर दुर्भाग्यवश दुर्योधनलाई शान्ति सम्झौताको कुनै प्रस्ताव मन परेन । उसको स्पष्ट जवाफ थियो 'केशव! म सियोको टुप्पो जत्रो जमीन पनि युद्ध नगरी दिने छैन ।' दुर्योधनले आफ्नो दुराग्रह छोडेन अनि अन्त्यमा दुष्ट वृत्तिको समूल नाश गर्न महाभारतको त्यो संहारक महायुद्ध भएरै छाड्यो।
महाभारत युद्धमा भगवान कृष्णद्वारा अप्नाएको राजनीतिक सुझबुझले विश्व समुदायलाई आश्चर्यचकित पार्यो। मानिसहरूको मनमा यो लाग्यो कि भगवान श्रीकृष्ण राजनीतिज्ञहरूको पनि राजनीतिज्ञ हुन् । महाभारत युद्ध निश्चित हुने भएपछि जब पाण्डवको तर्फबाट अर्जुन अनि कौरवको तर्फबाट दुर्योधन सहायतार्थ भगवान कृष्णकोमा पुगे, तब जहाँ दुर्योधनले उनको विशाल सेना पाएर आफूलाई अत्यधिक बलवान माने, त्यहि अर्जुन केवल नि:शस्त्र श्रीकृष्णलाई पाएर नै सन्तुष्ट र प्रसन्न थिए। आफ्नो यस चुनावमा प्रसन्न भएर अर्जुनले भने, यदि मलाई वजधारी इन्द्र र कृष्णमा एकलाई चुन्नु पर्यो भने म कृष्णलाई नै चुन्ने छु।
अजेय भीष्मले त युधिष्ठिरलाई आशीर्वाद दिंदै भनेका थिए-'यतो धर्मस्ततः कृष्णो, यतः कृष्णस्ततो जयः' जता धर्म हुन्छ उतै कृष्ण हुनेछन् अनि जता कृष्ण हुन्छन् उतै विजय हुनेछ।
युद्धको आरम्भमा आफ्नो गुरुजन, इष्ट-मित्र एवं बन्धुहरुको, संहारको कल्पना गरेर खिन्न तथा निरुत्साहित अर्जुनलाई उत्साहित गरेर कर्त्तव्य-पालनमा तत्पर गराउने दृष्टिले योगेश्वर भगवान श्रीकृष्णले जुन उपदेश दिएका थिए, त्यो महाभारतको सर्वाधिक महत्वपूर्ण घटना हो । यस अमर उपदेशलाई महाभारतको रचयिता व्यास मुनिले भगवद्गीताको रूपमा ग्रन्थ बनएका छन् । योग र कर्मको जुन व्याख्या भगवान कृष्णले गीतामा दिनुभएको छ, त्यसले युगौं-युगसम्म मनुष्य-जातिको पथ-प्रदर्शन गरिरहने छ ।
यसरी संकल्प र विकल्पमा परेका मानवको निम्ति श्रीकृष्णको मुखबाट निस्केको अमर शब्द-'कर्मण्येवाधिकारस्ते मा फलेष कदाचन।' अन्धकारमा ठोक्कर खाएको पथिकलाई एकाएक बिजुली चम्कँदा बाटो पाएको जस्तो प्रेरणादायक र उत्साहवर्द्धक छ। फलको चिन्ताबाट मुक्त भएर कर्त्तव्य पालन नै सुखी तथा सफल जीवनको कपूँजी भन्न सकिन्छ ।
गीतामा श्रीकृष्णले भनेका छन्-यदि मनुष्यले अनासक्त भएर नि:स्वार्थ भावले आफ्नो कर्त्तव्य गर्यो भने कर्म आत्माको बन्धनको कारण बन्दैन। मनुष्यको बन्धन र दुःखको कारण कर्म होईन, अपित आसक्ति हो। अत: मनुष्यले सुख-दुख, लाभ-हानिको चिन्ता नगरी नि:स्वार्थ भावले आफ्नो कर्तव्य पालन गरिरहनु पर्छ।
गीताको कर्मयोग भगवान श्रीकृष्णको मानव-जातिको निम्ति महति देन हो। भगवान श्रीकृष्णले गीतामा सम्पूर्ण मानव- जातिका लागि ज्ञान-विज्ञानले पूर्ण लोकहितकारी, आत्म कल्याणकारा उपदेश अर्जुनका माध्यमले दिनुभएको छ, जसलाई मानवले आफ्नो जीवनको अंग बनायो भने मानव जातिको समस्त झगड़ा, कलह, विद्रोह आदि समाप्त हुनेछ अनि सम्पूर्ण मानव शन्तिको छाँयामा आनन्दपूर्वक रहने छ।