arrow

पुर्नवासका किसान जडिबुटी खेती तर्फ आकर्षित

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ पुष २ बुधबार
photo-1.jpg

धनगढी।   कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीयबासी नगदे बाली क्यामोमाइल र मेन्था खेती तर्फ आकर्षित हुन थालेका छन । बर्षौदेखि जङ्गली जनावर र छाडा चौपायले अन्नबाली सखाप गर्दै आएपछि अहिले उनीहरु धान र गहुँ भन्दा यस तर्फ आर्कषण हुने गरेको बताएका छन । जिल्लाको  पुर्नवास नगरपालिका ११ अमरवस्तीमा रहेको अमर गोकुल सामुदायिक वनमा जडिबुटी प्रशोधन केन्द्र स्थापना भएपछि क्यामोमाइल र मेन्था खेती गर्ने किसानहरुको संख्यामा पनि बृद्धि हुदै गएको छ ।

जिल्लाको पुर्नवास नगरपालीका वडा नम्बर ११ का किसान शेर बहादुर सिहँले गत बर्ष तीन कठ्ठामा  मेन्था खेती सुरु गरेका थिए । उनले धान गहुँ भन्दा यो खेतीबाट दोब्बर आम्दानी हुने गरेपनि बजारमा बिक्रि नहुदा धेरै समस्या भएको बताए ।  आफ्नै ठाउमा प्रशोधन केन्द्र खोलिएपछि आफुले पनि मेन्था खेती गर्दै आईरहेको उनले जानकारी दिए । उनले हिउद समयमा क्यामोमाइल र मेन्था खेती लगाएको साढे तीन महिनामा उत्पादन हुने गरेको बताए ।

मिहिनेत गरेर बर्ष भरि खानलाई लगाएको अन्नबाली जङ्गली जनावरले नोक्सान गरि दिने गरेको छ । तर क्यामोमाइल, मेन्थाजस्ता जडिबुटीहरु नखाने भएकाले यस क्षेत्रका ३५ घर परिवारभन्दा बढीले अहिले यो खेती गर्दै आईरहेका छन । एक किलो क्यामोमाइलको २५ हजार र मेन्थाको प्रतिकिलो दुई हजार देखि पाँच हजार मूल्य पर्ने हुदा यस खेती तर्फ आर्क्षिक पुर्नवासकै अर्का किसान यदुराम सार्कीले बताए ।

आफुहरुले गदै आएको धान बालि भन्दा दोब्वरले आम्दानी हुने गरेको उनले जानकारी दिए । सामान्य रुघाखोकी, हातखुटा दुखेको टाउको दुखेमा जरिबुट्टीको शुद्ध काम गर्न गरेको उनले बताए । उनले अन्य बाली भन्दा लगाउनु भन्दा किसानहरु यस तर्फ आर्कषीत भएको बताए । यी स्थानीय तहका अधिकांश गाउँमा हात्तीले बारम्बार दुःख दिने गरेको मात्रै हाईन  । मानवीय क्षति समेत गर्दै आएको छ। आफ्नै क्षेत्रमा प्रशोधन केन्द्रको स्थापना हुदा किसानहरुलाई सहज भएकोे जडिबुटी प्रशोधन समूहका अध्यक्ष मानबहादुर चौधरीले बताए । उनले अन्नबाली भन्दा जडीबुटीखेती बाट फाइदा हुने गरेकोले जडीबुट्टी खेती तर्फ किसानहरु आर्कषीत भएको बताए । यस्तो खेती गर्नाले जङगली जनावर र छाडाचौपायाले पनि नस्ट नगर्न भएकाले जडीबुटी खेती गदै आएको उनले बताए ।

खेती गरेपनि बजारी करण नहुदा उहाँले भनिन् किसानहरु कम आर्कषीत भएको बताए । उनले सरकारले तेल बिक्रिका लागी बजारी करण सहज गरीदिनु पर्ने जानकारी दिए । उनले अघिल्लो वर्ष १० घरपरिवाले क्यामोमाइल र मेन्थाको खेती गरेकोपनि यस वर्ष भने ३५ घर परिवारले यो खेती गर्दै आईरहेको बताए । क्यामोमाइल मंसिर महिनामा लगाएपछि फागुनमा तयार हुने गरेको छ भने मेन्था चैतमा लगाएपछि असारमा काट्ने समय हुने गरेको किसानहरु बताउछन ।

 उनीहरुले  तीन देखि पाँच कठ्ठासम्म जडिबुटी खेती सुरु गर्दै आएका छन । जंगली जनावरबाट बचाउनको लागी प्रशोधन केन्द्र खोलिएको अमर गोकुल सामुदायिक वनका अध्यक्ष दत्तनाथ सुवेदीले बताए । उनले प्रशोधन खोल्नका लागी विभिन्न सघ सस्थाको सहयोगमा केन्द्र स्थापना गरेको जानकारी दिए । उनले क्यामोमाइल र मेन्थाको नेपालमा बजारी करण नहुदा बाहिरी देश तिर पठाउने गरेको बताए ।

अहिले जडीबुटी खेती गदै आएपछि जिवनीको पारजनमा टेवा पुग्ने उनले जानकारी दिए । बिभिन्न संघ संस्थाको सहयोगबाट जडीबुटी तथा प्रशोधन केन्द्र स्थापना भएपछि किसानहरु केही समस्याबाट बञ्चित भएका छन ।अझै यस्ता कार्यक्रमहरुलाई सरकारले पनि साथ दिने हो भने आफ्नै देशमा आत्मनिर्भर बन्न समय लाग्दैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ