arrow

क्यान्सर जितेका दुई नेपालीको यो साहसिक यात्रा

आउँदैछन् नेपाल, पोखरामा हुने १४ औं अन्तर्रास्ट्रिय पोखरा म्याराथनमा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन दौडिदै

logo
जगन कार्की,
प्रकाशित २०७६ पुष ७ सोमबार
pandav-manju-cancer-winner.jpg

लन्डन । क्यान्सर रोग लागेको भन्ने बित्तिकै मानिसहरू अत्तालिएर मानसिक रुपमा बिरक्तिने देखि जिउने इच्छा नै त्याग्ने सम्मका आम घटना पाइन्छ । बेलायत  निवासी दुई असाधारण नेपालीहरुले भने क्यान्सरलाई पनि जितेर अन्य शारीरिक रुपमा सवल र स्वास्थ्यहरुलाई सम्म दैनिक प्रेरणा भरेर हिँडेका छन् ।  

आगामी २०२० फेब्रुवरी महिनाको १५ तारिख (फागुन ३ गते) पोखरामा हुने १४ औं अन्तर्रास्ट्रिय पोखरा म्याराथनमा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उदेश्यले क्यान्सर जस्तो प्राणघातक रोगलाई जितेका २ नेपालीहरू पाण्डव महतो र मञ्जु गुरुङ बेलायतबाट पोखरा पुगेर दौड़मा  भाग लिने भएका छन् । 

नेपालको सिराहा जिल्लामा जन्मिएका  बेलायत निवासी पाण्डव महतोलाई २००९ मा आमासयको क्यान्सर भएको थियो । एकातिर किमो उपचार अर्कोतिर परिवार पाल्न  काम गर्न पर्ने बाध्यता । जीवनको कठिन घडीमा प्राण घातक बिरामीलाई पनि  जितेर उनि बिस्तारै दौडमा सामेल भए । हाल उनले बिश्व बिख्यात ३ म्याराथन लण्डन,  बर्लिन, सिकागो म्याराथन दौडिसकेका छन् । हाल दौड उनको नित्य कर्म जस्तो भएको छ । 

त्यस्तै अर्की आत्मबलकी धनी महिला हुन् मन्जु  गुरुङ । कुनै जमानाका नामी फुटबल खेलाडी स्व लालकाजी गुरुङकी जेठी छोरी हुन् । पटियाला स्पोर्ट सेन्टर पंजाबबाट डिप्लोमा इन स्पोर्ट गरेकी मन्जुले नेपाल राष्ट्रिय भलिबल प्रशिक्षक भएर धेरै बर्ष काम गरिन् ।

१९९१ सालमा बेलायत छिरेकी मञ्जु एक सन्तानकी आमा हुन् भने नेपाली गायक सपन राईकी जीवन संगिनी हुन् । केही बर्षयता मञ्जु नर्सिङ पेशामा अबद्ध छिन् । दिनभर सामाजिक काममा ब्यस्त रहने र राति नर्शको कामले गर्दा उनलाई यस्तो रोगले समात्यो । क्यान्सर, सुन्ने बित्तिकै ७५ प्रतिशत शरीर मर्दछ । ुसन् २००५ मा बकिङहाम युनिभर्सिटीबाट नर्सिङमा डिप्लोमा गरिसकिकि मञ्जुले शरीर र स्वास्थको राम्रो ज्ञान भएकाले क्यानसरसँग लड्नका लागि पूरा तयारी गरिन् ।

आत्मबल, सकारात्मक सोच, दिमाग र शरीरको संबन्ध, वेलनेश र होलनेश आदिमा समर्पित गर्दै लागिन् । सेप्टेम्बर १०१७ मा पत्ता लागेको रोगलाई मञ्जुले पुरै निकालेर फाल्न सफल भएका छन् ।

अहिले मञ्जुमा भिन्नै खालको जोश जागर देखिन्छ। जीवन र काल बीचको यात्राबाट उम्केकी निडर महिला कैयौं आफू जस्तै पीडितहरुलाई हौसलाका पाठ सिकाउँछिन् ।अध्यात्मिक चिन्तनले पनि बाँच्ने आधरलाई सुलभ बनाउँछ भन्ने अनुभव अरु माँझ बांडी हिडेकी छिन् । 


पोखरामा हुन लागेको म्याराथनलाई सफल बनाउन पोखरेली मंच बेलायत र नेपाल रनका दौड अभियन्ताहरु बिच लण्डन नर्थला पार्कमा भएको  एक छलफल कार्यक्रममा नेपालमा म्याराथनलाई दौड प्रतियोगिता मात्र हेरिने ग़लत संस्कारलाई चिरेर शारीरिक स्वास्थ्य, सामूहिक स्वास्थ्य, च्यारिटी, वातावरण चेतना र पर्यटन प्रबर्धनको अभियानको सेतु भएकोकुरा सवैले बुझेर चेतना  फैलाउनु पर्ने राय  पोखरा म्याराथनका संयोजक चन्द्र गुरुङले राखे ।

 बिश्वका मुख्य ६ म्याराथन दौडने प्रथम नेपाली सन्तोस राईले दौडको महत्व र चेतना अभिब्रिद्दी गर्न धरानमा सुरु गरिएको धरान रन हेरेर नेपाल भरका  स्थानीय निकायहरुले सिक्नु र अनुसरण गर्नु पर्ने राय व्यक्त गरे । 

दौड या म्याराथनलाई नेपालमा खेलकुदका रुपमा मात्र बुझिने गलत परिपाटी छ । दौड़ मार्फ़त शारीरिक तंदुरुस्ती मात्र हैन बिश्वमा हरेक वर्ष अरबौ च्यारिटी फ़ण्ड रेज गर्ने , मानिसहरूलाई निरोगी बन्न प्रेरित गर्ने , सामूहिक भावना जगाउने र स्वास्थ्य समाज निर्माण गर्ने साधनको रुपमा निकास गरिएको छ ।विश्वभर विकसित हुँदै गएको यस्तो पार्क रन संस्कृति नेपालमा पनि स्थापना गर्न नेपाल रन मार्फ़त प्रयास सुरु गरिएको कुरा संतोशले जानकारी दिए । 

पछिल्लो समय म्याराथन र दौडलाई खेलको रुपमा मात्र नलिएर शारीरिक तन्दुरुस्ती , च्यारिटी र जनचेतना फैलाउने माध्यमका रूपमा बिकसित गरिएको छ । युरोप अमेरिका तिर हरेक हप्ता बस्ति टोलका पार्क हरुका सामुहिक पार्क रन गरेर समुदायको स्वास्थ्य र त दुरुस्तीका लागि सरकारी र सामुदायिक संस्थाहरुले पहल गर्ने चलन बढेको छ ।

सुन्दर नगरी पोखरामा हुने उक्त म्याराथन दौड़ संग़ै नेपाल भ्रमण गर्न बेलायत लगायत संसारभरबाट भागलिनेहरूको संख्या बढ़ने क्रममा रहेको आयोजना सहयोगी मनप्रसाद गुरुंग बताउँछन् ।

कार्यक्रममा पोखरेली मंचका चन्द्रबहादुर पुन, मनप्रसाद गुरुङ, कर्म गुरुङ, पूर्व खेलाडी संघका लोक गुरुङ लगायतले आफ्नो विचार राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ