- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शाश्वत घिमिरे बालसाहित्यकारका रुपमा स्थापित भइसकेका व्यक्ति हुन् । उनको पहिलो कृति सुन्दर नेपाल कविता संग्रह २०७३ सालमा प्रकाशित भएको थियो । जसले नई देरुनीखपु बाल पुरस्कार प्राप्त गरेको थियो । यसैगरी उनले आफ्नो दोस्रो कृति होस्टल उपन्यास २०७६ साल श्रावण २२ मा सार्वजनिक गरेका छन् । म पाठकले यो उपन्यासलाई कसरी मूल्याङ्कन गरेकि छु लेखको मुख्य विषय यही छ ।
यस पुस्तकमा प्रयोग भएका शब्दहरु पनि निक्कै सरल छन् र लेख्ने शैली आकर्षक छ । जुन हामी जस्ता विद्यार्थी पाठकहरुले पढ्दा निक्कै रमाइलो र प्रेरणादायी छ । किताव पढ्दै जादा मेरो मनमा निक्कै्र जिज्ञाशाहरु उठे यति सानो उमेरदेखिनै साहित्य क्षेत्रमा आफ्नो कलम चलाउने लेखक भविष्यमा अवश्य पनि सुन्दर कृतिका लेखक हुनेछन् भन्नेमा दुईमत छैन ।
होस्टल उपन्यास होस्टलमा सुरु भएर होस्टलमा नै अन्त्य हुन्छ । यसमा प्रसिद्ध साहित्यकार कृष्ण धरावासीले भूमिका बाधेका छन् । उपन्यासका प्रमुख पात्रहरु सन्तोष, शतिष र यचु हुन् उनीहरु होस्टलमा मिल्ने साथीका रुपमा देखिएका छन् । सानो ५ वर्षको बालक सन्तोषले बाबु आमालाई छोडेर पढ्नका लागि भनेर होस्टल बस्ने मनस्थिति बनाएको कुराले हामी पाठकलाई आश्चर्य चकित बनाउछ । सन्तोषलाई आफु भन्दा पर होस्टलमा राख्ने इच्छा नहुँदा नहुँदै पनि उसका बाबु आमाले सन्तोषको खुसीदेखेर होस्टल राख्न बाध्य हुन्छन् । त्यस बखत एउटा बाबु आमाको मन कति दुखी भयो होला भन्ने कुरा अनुभव गर्न सकिन्छ । तर छोरा छोरीको खुसीनै बाबु आमाको खुसी हो भने झै सन्तोषको खुसीको अगाडि सबै कुरा पछि पर्छ ।
यहाँ म पात्रको रुपमा सन्तोषलाई देख्न सकिन्छ । साथै लेखकले कल्पनाशीलतालाई प्रस्तुत गरेका छन् । सन्तोष सानो उमेरको बालक भएपनि ऊ घर भन्दा होस्टलमा बस्न बढी रुचाएको पाइन्छ । किनकी होस्टलमा धेरै साथीहरु छन् उनीहरुसँग पढ्ने, खेल्ने, रमाइलो गर्ने वातावरण छ । होस्टलको, होस्टलमा अरु होस्टलको भन्दा भिन्दै किसिमको परिवेश पाइन्छ । त्यहाँ पढ्ने, बस्ने विद्याथीहरु एकदमै अनुशाशित देखिन्छन् । त्यहाँको आफ्नै नियम छ । विहानको ५ बजे भजनको संगीतले सबै विद्यार्थीहरुलाई विउझाउने गरिदो रहेछ । अनि सबै जना उठेर भजन हलमा गई भजन गाएर ध्यान गरेर दिनको शुभ सुरुवात गर्ने अनुसाशित र धार्मीक नियम छ ।
यस होस्टलबाट हामीले के बुझिन्छ भन्दा दिनको सुरुवात भजन र ध्यानले गरियो भने मानिसमा क्रमश: अनुशासनको विकास हुन्छ । शान्त स्वभावको वृद्धि हुन्छ । साथै पढ्नमा पनि मन जान्छ । सानैदेखि यो अनुशासीत नियमको पालनाग र्यो भने पक्कै पनि भविष्यमा सफल व्यक्तिको नामले चिनिन्छ । भजन सकिएपछि एकछिन खेल्ने समय रहेछ । केहीबेर खेलेपछि दुध खान दिइदो रहेछ । खाइसकेपछि होमवर्क गर्ने घण्टी बज्दो रहेछ । विहानको ८:३० बजे खाजा खाने समय हुँदो रहेछ । त्यसपछि एसएमलीमा भागलिई कक्षा कोठामा जाने गरिदो रहेछ । ४ पिरियड पढेपछि खाना खाने घण्टी बज्दो रहेछ । खाना खाएपछि मध्यान्ह दिउसोमा पनि अनिवार्य सुत्नै पर्ने नियम रहेछ । दिउसो १ बजे घण्टी लागेपछि कक्षा सञ्चालन हुँदो रहेछ । ४ पिरियड पढे पछि खाजा खाने समय हुँदो रहेछ । बेलुका ५:३० बजे घण्टी लागेपछि हात खुट्टा धोएर भजन हलमा गई पुन: भजन गाउने र ध्यानगर्ने नियम रहेछ । भजन सकेपछि खाना खाने समय हुँदो रहेछ । ७ बजे होमवर्क गर्नकोलागि घण्टी बज्दो रहेछ । ८:३० बजे दुध खाने समय रहेछ । त्यसपछि सुत्ने समय रहेछ । सुत्ने बेलामा पनि भजन सुनाइदो रहेछ । त्यहाँको खाजा र खाना बार अनुसार फरक फरक हुँदो रहेछ । यो सबै कुरा पढ्दा हामीले नियमित गर्ने क्रिया भन्दा विल्कुनै भिन्न र कल्पनाशीलता भएको देखिन्छ ।
साथै समय समयमा हाउस हाउस विचमा हुने विभिन्न प्रतिस्पर्धात्मक खेलहरु जस्तै फुटबल, टेवुलटेनिस, भलिवल, म्युजिकल चियर इत्यादिको बारेमा पनि चर्चा गरिएको छ । हामी पाठकलाई खेल भनेको विद्यार्थीहरुको लागि राम्रो र महहत्वपूर्ण कुरा हो भन्ने शिक्षा दिइएको छ । हामी किताबको मात्रै किरो हुनु हुँदैन खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरुले हाम्रो शारिरिक र मानशिक विकासमा मद्दत पु र्याउछ भन्ने सन्देश दिइएको छ । अभिभावक दिवस मनाइने हुनाले विद्यार्थीहरुले आफ्नो प्रतिभा नाच्ने, गाउने, बाजा बजाउने, अभिनय गर्ने अवसर पाएका छन् । यसैदिन कक्षामा उत्कृष्ट हने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम हुदो रहेछ त्यसले सबै विद्यार्थीहरुलाई मिहिनेत गर्न प्रेरित गर्दछ ।
किताव पढ्दै जादा सन्तोष र शतिशका विचमा भएको संवादले भावुक बनायो । सन्तोषले भने मेरो दुईवटा बाबा र दुईवटा आमा हुनुहुन्छ । मलाई जन्माउने एउटा हुनुहुन्छ र हुर्काउने पढाउने अर्को हुनुहुन्छ । मलाई जन्माउने बाबा बैज्ञानीक हो र हुर्काउने आमा नर्स हो । साच्चीनै सन्तोष ७ महिनामा जन्मेको बालक रहेछ । सन्तोष सँगै उसको जुम्ल्याहा दाइको पनि जन्म भएको रहेछ । अस्पतालमा डेलिभरी गराउने नर्सको सन्तान नहुँदा उनले सन्तोषको बाबा आमालाई थाहा नदिई एउटा बच्चालाई आफुले लग्ने रहिछन् । वैज्ञानीक सन्तोषको आफ्नै बाबा हुँदा हुदै पनि होस्टलमा आएको बेलामा नचिन्दा सन्तोषलाई नरमाइलो लाग्नु स्वभाविक नै हो । कितावको यो पाटो मर्मस्पर्शी छ । पढ्दै जादा थाहै नपाई आशु पनि झ र्यो । लेखकले यस उपन्यासलाई आकर्षक र रोचक बनाउनका लागि आफ्नो कल्पनाशीलतालाई भरपुर प्रयोग गरेका छन् र यहाँका पात्रहरुको क्रियाकलापहरु पनि कल्पनाशीलता हो जस्तो मलाई लाग्छ । यसबाट हामी पाठकले लेखकलाई अद्भूत काल्पनीक शक्ति भएको साहित्यकारका रुपमा पनि मूल्याङ्कन गर्न सक्छौं ।
यस उपन्यासबाट हामीले स्काउटका बारेमा पनि केही जानकारी लिन सक्छौं । स्काउट जीवनको एउटा महत्वपूर्ण अंङ्ग हो । यसले विद्यार्थीहरुलाई अनुशासित बनाउन सिकाउछ । यसबाट प्राप्त हुने तालिमले विद्यार्थीहरुलाई सरसफाई, प्राथमिक उपचारको बारेमा सिकाउछ । साथै सबैलाई सहयोग र माया गर्नुपर्छ भन्ने ज्ञान दिन्छ ।
समय समयमा विद्यार्थीलाई भ्रमण लैजाने कुराले पनि उनीहरुलाई बाहिरको अवस्थाका बारेमा जानकारी दिन्छ । यसका साथै पुस्तकालयको महत्वका बारेमा पनि चर्चा गरिएको छ । पुस्तकालयमा भएका विभिन्न पुस्तकहरुले हामीलाई धर्मग्रन्थ देशको इतिहास प्रख्यात मानिसको जीवनी असल र खराव कार्यहरु इत्यादि कुराहरुको बारेमा जानकारी दिन्छ भन्ने शिक्षा दिन खोजिएको छ ।
अन्तत: यो उपन्यासमा होस्टलको नियम, होस्टलमा बस्ने विद्यार्थीहरुको अनुशासन, अनुभव, क्रियाकलापहरु जस्ता कुराहरुको वर्णन गरिएको छ । यो विद्यार्थीहरुलाई सकारात्मक सन्देश दिने पुस्तक पनि हो । विद्यार्थीहरुले राम्रो स्कुल र होस्टल पाए भने अबस्य पनि अनुशाशित, मर्यादित, असल, सफल हुँदै जान्छन् भन्ने उदाहरण पनि हो यो पुस्तक ।
(लेखक त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र कलेजमा एम.एस्.सी. केमेस्ट्री पढ्दै छिन् ।)