arrow

अनीति र अधर्मको दान भन्दा इमान्दारीको एक रोटी भारी

न्यायको कमाई : राजाको दान पुण्य बिकेन, बिक्यो इमान्दारीको कमाइको एउटा रोटी

logo
जीवन दर्शन,
प्रकाशित २०७६ पुष १३ आइतबार
king4.jpg

काठमाडौं। एक समय राजा जयवीर दान-पुण्य गर्नमा प्रसिद्ध थिए । उनको ढोकामा आउने कोहि पनि खाली हात जादैन थिए। तर सारा दान अनीति र अधर्मका कमाईबाट हुन्थ्यो। सरकारी राजकोषको पैसाद्वारा राजाले ऐश गरेका थिए।

जनता करको बोझले दब्दै गइरहका थिए। मौका पाएर छिमेकी राजाले आक्रमण गरेर राजा जयवीरका किल्ला चारैतिरबाट घेरे। राजा र रानी आफ्ना केहि साथीहरुसंग कुनै प्रकारले भागेर बाँच्न सफल भए । राजाले धेरै दिनसम्म जंगल-जंगल भटकिरहनु पर्यो । बिस्तारै-बिस्तारै  सबै साथीहरूले छोडेर गए । एक दिन भोकले तड्पिएकी रानीले भनिन्, “मैले सुनेको छु कि रायगढको एकजना सेठले पुण्य किन्छ अरे, हामी आफ्नो केहि पुण्य बेचेर आफ्नो पेट त भर्न सक्नेछौं महाराज।”

त्यति टाढा जानको लागि खाने कुराको व्यवस्था गर्नु पनि जरुरी थियो, त्यसैले रानीले गाउँमा गएर पीठो पिस्ने मजदूरी गरेर अतिकति पिठो लिएर आइन्। पिठो एउटा लुगामा पोको पारेर दुवै रायगढतिर लागे।

बाटोमा एक ठाउँ दाउराहरू भेला पारेर आगो बाले अनि पिठोको रोटी बनाए । त्यहि समय एउटा लंगडा भिखारी त्यहाँ आएर गिडगिडाउन थाले। राजाले उनलाई एउटा रोटी दिए अनि राजा र रानीले एउटा रोटी खाएरै सन्तोष गरे।

अर्को दिन राजा र रानी रायगढमा सेठको घरमा पुगे अनि आफ्नो पुण्य बेच्ने कुरा गरे। सेठले भने, “तपाईले आफ्नो जुन पुण्य बेच्न चाहनुहुन्छ, त्यो सब एउटा सादा कागतमा लेख्नुहोस् अनि त्यो कागत मेरो यो तराजूको एउटा पलामा राख्नुहोस्।"

 राजाले त्यसैगरे तर तराजु जस्ताको तस्तै रह्यो, अलिकति पनि झुकेन । सेठले भने, "हेर्नुहोस्, तपाईका सारा कमाइ अधर्म र अनीतिको रहेछ।"

राजा एकदमै लज्जित भए। सेठले फेरि भने, 'तपाइले कुनै यस्तो पुण्य याद गर्नुहोस् जुन तपाईले ईमान्दारीले गरेको कमाईद्वारा गरेको होस् ।'

राजालाई हिजो भएको घटनाको याद आयो अनि उसले एउटा भिखारीलाई रोटी दिएको कुरा कागतमा लेखेर तराजूमा राखे। तराजूको पल्ला एकातिर झुक्यो । लगभग एक लाख स्वर्ण मुद्रा राख्दा मात्र तराजुको अर्को पल्ला बराबरीमा आयो। त्यति सानो पुण्यको यति धेरै मोल भन्दै राजा रानी मुखामुख गर्न थाले।

राजाले पछुतो गर्दै आफ्नो मन-मनै भने, 'ईमानदारी र  नैतिक साधनहरुद्वारा धन कमाएर दान गरेको भए कति मोल मिल्ने थियो, जुन यस दुःखको नराम्रो दिनहरुमा काम त आउने थियो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ