arrow

समयको तस्वीर एक विवेचना 

logo
पूर्णिमा पन्थी घिमिरे, 
प्रकाशित २०७६ पुष १५ मंगलबार
Purnima-panthi-ghimire.jpg

शारदा शर्माद्वारा रचिएका थुप्रै कृतिहरू मध्य ‘समयको तस्वीर’ निबन्ध सङ्ग्रह पनि एक हो । ३६९ पेज भएको यस निबन्ध संग्रहमा भाषा मिठो, सरल र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । यस पुस्तक दुई खण्डमा बाँडिएको छ। जसमध्य खण्ड एक (छायाँ–राजनीति) मा २६ शिर्षक छन् । 

पुस्तकको पहिलो पाटो राजनीतिसंग सम्बद्ध छ। २०४६ सालको पञ्चायत विरोधी आन्दोलनदेखि गणतान्त्रिक नेपाल हुँदै संविधान सभाको निर्वाचन र त्यसको दुःखद विसर्जन सम्मको सेरोफेरोमा लेखिकाले देखेभोगेको मुलुकको राजनीतिका मुख्यमुख्य कुराहरू यस पुस्तकमा उल्लेख छन् । 

२०४६ सालको कुरा हो, प्रजातन्त्रको पुनः स्थापनाका निम्ति ठाउँठाउँमा जन आन्दोलन भैइरहेको थियो । यसै सन्दर्भमा लेखिकाले आफ्नो उपस्थितिको अनुभव बडो रोचक ढंगले प्रस्तुत गरेकी छिन् ।

विभिन्न साहित्यकार, कलाकार हरूको सङ्लग्नतामा आयोजित विरोध कार्यक्रममा त्रिचन्द्र कलेजको हातामा मुखमा कालो पट्टी बाँधेर चुपचाप बस्दा एक तनावपूर्ण वातावरणको सिर्जना भएको थियो । 

हतियारधारीहरू आएर चारैतिर बाट घेरेर उठाएपछि सबैजना ट्रकमा चढ्न बाध्य भए। घण्टाघरदेखि बग्गीखानासम्म ट्रकमा उभिएर निसास्सिदै गरेको यात्राले सबैजना त्रसित थिए। 

पुतलीसडकस्थित बग्गीखानाको चिसो छिँडीमा हुलेपछि मनोवैज्ञानिक दबाब दिन पुलिसका हाकिमहरूले सबैलाई एक्लाएक्लै बोलाएर सोधपुछ गर्ने क्रम जारी रह्यो।उता सानी छोरीहरू र बूढी अशक्त सासूको चिन्ताले पिरोलीरहेको थियो। अनिश्चय र अन्योलमा धैरै समय बिताएपछि अबेला राति सबैको रिहा भयो ।
             
त्यतिबेला देशको अवस्था एकदम दयनीय थियो । राजा विरेन्द्रको रहस्यमय हत्या भएपछि राजा बनेका ग्यानेन्द्र शाह भने विकट गाउँबस्तीमा गएर अभिनन्दन ग्रहण गर्दै थिए। माओवादी द्वन्दको कारण मुलुकका ठाउँठाउँमा नेपालीका लास लडिरहेका थिए। 

यस्तो अवस्थामा मुलुकको पहिलो प्राथमिकता भनेको नै शान्ति हो। त्यसपछि मात्र राजनीति र प्रजातान्त्रिक प्रक्रियाको खोजीका कुराहरू आउँछन् । जुन परिवेशमा हामी बाँचिरहेछौँ  त्यहाँको अशान्ति यहि समाज, समुदाय, परिवारका रीतिथिति, घटना–दुर्घटनासंग सम्बन्धित छ । 

समयमै त्यसको उपचार गरिएन भने परिणाम दुर्भाग्यपूर्ण हुने गर्छ । त्यसको उपचारका निम्ति उसका आवश्यकता र आकांक्षाले न्यायपूर्ण समाधान प्राप्त गर्ने पद्धति राज्यमा हुनुपर्छ। 

मुलुकको अशान्तिको कारण न बन्दुक हो न आन्दोलन। मान्छेलाई बोल्न नदिएर वा तिनको हातहतियार खोसेर अशान्ति हट्दैन। 

उनीहरुलाई त्यो काम गर्न बाध्य बनाउने तिनका जायज आवश्यकता माथि राज्यले पुर्ति गर्ने माध्यम खोज्नुपर्छ अनिमात्र मुलुकको अशान्ति हट्छ। भग्वान बुद्ध जीवनमा दुःख छ भन्दै त्यसैमा अलमलिएका भए अरू तीनवटा आर्यसत्य प्रकट हुने थिएनन्। 

दुःख छ तर दुःखका कारणहरु छन्, तिनको उपचार पनि छ र त्यसका उपाय पनि छन् भन्ने खोजीले मात्रै मुक्तिको लक्ष्यमा पुग्न सकिन्छ भन्ने सन्देश हामी पाठकलाई दिन खोजिएको छ।

माओवादी द्वन्दका कारण देशमा धेरै हिंसा भए।अनावश्यक रूपमा धेरै मानिसहरूले अकालमा ज्यान गुमाउनुपर्यो । मृतकका परिवारहरू पिडित थिए । मानिसहरूका लागि  एउटा त्रासपूर्ण वातावरण सिर्जना भएको थियो । 

उता प्रहरीको हालत पनि त्यस्तै थियो । माओवादीले ध्वस्त बनाएका प्रहरी चौकी र मृत प्रहरीका लास टिभीमा देखिन्थे। कर्मचारीहरूका लास देखिन्थे। 

माआवादी ले २०५८ मङ्सिरमा दाङको ब्यारेकमाथि आक्रमण गरेपछिमात्र सेना माओवादीसंग भिड्न निस्केको हो। त्यसपछि भने सेनाले मारेका माओवादीका लास  भेटिन थाले। गाउँ छिर्न सकिन्नथ्यो। जनता सेना र माओवादीको द्वन्दको शिकार बनेका थिए।सोझासाझा जनता मारमा परेका थिए। कडा सुरक्षा घेराभित्रका राजा विरेन्द्र सहित सम्पूर्ण परिवार दरबार भित्रै समाप्त भए र राजाका भाई ग्यानेन्द्र शाह राजा बने। 
           
दल र नेताहरु बीचको बाह्रबुँदे सम्झौता पछि मात्र मुलुक संविधान सभा हुदै गणतन्त्र सम्म आइपुगेको हो। २०४६ सालदेखि क्रमशः हुदै आएको लोकतान्त्रिक परिवर्तन र त्यसपछिका आन्दोलन, द्वन्द, सम्झौता, सहमति हुदै जुन ठाउँमा आज नेपालको राजनीति आइपुगेको छ, त्यसले गर्दा साँच्चिनै मुलुक अहिले नयाँ किसिमले अघि बढिरहेको छ। हरेक तहका नेपाली सचेत र सबल भएका छन् जसलाई पहिले जस्तो गरी हेप्न,दबाउन सकिदैंन । उनीहरु आफ्ना हक र हितका लागी जुनसुकै अवस्थामा पनि लड्न तयार छन्।
                      
दोस्रो पाटोमा जीवनका सङ्गति, विसङ्गति, प्रश्न, जिज्ञासा, व्यङ्ग्य, पीडा, आनन्द, सौन्दर्य, कुरूपता, भोगाइ जस्ता कुराहरू समावेश गरिएका छन्। हाम्रो समाजमा बढ्दै गैरहेको उमेरसँगै शारीरिक सौन्दर्य पनि घट्दै जान्छ भन्ने मान्यता छ। 

हामी किन, केका लागि राम्रो, गतिलो देखिनुपर्यो भन्ने ठान्छौ। आफू सुन्दर र आकर्षक बन्ने कुरा अरूका लागि नभएर आफ्नै लागि हो र उमेरसँग यसको केही सम्बन्ध छैन भन्ने यथार्थता यस निबन्धमा प्रस्तुत गरिएको छ। वास्तवमा भन्नुपर्दा सुन्दर हुनु भनेको जीवनप्रति नित्य उत्सुक भइरहनु हो। हामी आफू सुन्दर हुने गर्ने प्रयत्नमा हाम्रो मानसिकता, प्रवृत्ति र रुचिको सकारात्मक पछ्य छ।यसबाट हाम्रा सम्बन्धहरू प्रभावित हुन्छन् र हाम्रो आत्मविश्वास बढ्छ। 

मानिसले सौन्दर्य शब्दलाई फरकफरक तरिकाले नियालिरहेका हुन्छन्। कसैले राम्रा लुगा र गहना लगाएर सुन्दर भइन्छ भन्ने ठान्छन् भने कसैले नियमित जिम र पार्लर गएर, खानेकुरामा बन्देज लगाएर, महङ्गो सौन्दर्य सामाग्रीको प्रयोग गरेर आफू सुन्दर भएको ठान्छन्। यसैगरी लेखिकाले पनि आफ्नो बाल्यकालको स्मरण गर्दै आफू सानैदेखि आमाको नक्कल गरेर अनुहारमा क्रिम,पाउडर, टिका, गाजल लगाएर राम्री भएको अनुभव रोचक शैलीमा प्रस्तुत गरेकी छिन्। पैसा र समय खर्च गरेर उमेरमाथि नै छेकबार गरि आकर्षक देखिन सकिन्छ भन्ने कुराको धेरै मानिसमा चेतना नरहेको उनी बताउँछिन्। त्यसैले हाम्रा प्रयत्न र लगानीले मात्रै सधैँभरि हाम्रो शरिर स्वास्थ्य र राम्रो बनिरहदैन, हाम्रो रूची र रहर रहुन्जेल त्यही उर्जाले हामीलाई जिवीत बनिरहन्छ भन्ने कुरालाई सबैसामु उनले प्रचारप्रसार गर्न खोजेकी छिन् ।

लेखिकाले भ्रष्टाचार र तरकारीका कुरा कतै जोडिएको अनुभव पोख्दछिन्। नेता र कर्मचारीले भ्रष्टाचार गरेर के गर्छन् त्यो पैसाकोरु भन्ने   जिज्ञ्यासा ब्यक्त गरेकी छिन्। कसैले भन्छन्– त्यो पैसाले काठमाडौंमा ठूला र राम्रा घर बनाउँछन्, सुविधा जुटाउछन्, महङ्गा कपडा र राम्रा गाडी किन्छन्, सन्तानलाई भनेको ठाउँमा पढाउछन्,रमाईलो गर्छन् इत्यादि। आफ्नो आवश्यकता र सुखको सहज पूर्तिका निम्ति जायज नमानिएका तरिकाले पैसा हासिल गर्छन् अर्थात् राम्रो र मिठो तरकारीको जोहो गर्छन् । तरकारीको जोहो गर्दा गर्दै कतिपय भने आफैं तरकारी पनि बनेका छन् भनेर भ्रष्टाचारीलाई ब्यङ्ग्य गरेकी छिन् । तरकारी मानिसको भौतिक आवश्यकता ९शरिरको आवश्यकता,  भोकको उपयोगीता० को कुरा हो।मिहिनेत, सिप र इमान्दारीले यसको जोहो गर्नुपर्छ भन्ने सन्देश दिएकी छिन् ।
                       
आफूले पहिलोपल्ट कविताको लहर अनुभव गर्दाको छ्यण, लेखिकाले यस पुस्तक मार्फत स्मरण गरेकी छन्। अरूलाई भन्न नसकेका, पिडाका, असन्तोषका, दुस्खका भाव कविता बनाएर  कागजमा पोख्दा छुट्टै आन्नद हुने कुरा ब्यक्त गरेकि छन् । लेखेर अभिब्यक्त हुँदा मनले सजिलो, आन्नद अनुभव गर्छ । मान्छे आनन्दित हुनुभन्दा ठूलो कुरा के हुन्छ र अर्कोरुआनन्दित मानिस नै जीवनवादी, प्रेमवादी र कल्याणकारी हुन्छ। एउटा लेखकका लागी निस् सन्देह साहित्य रचनाको उदेश्य आन्नद नै हो भन्ने कुरा उनले पुष्टि गरेकी छिन्। 
                      
पीडा भन्ने बित्तिकै हामी दुस्ख भन्ने बुझ्छौ। पिडा शारीरिक र मानसिक गरी दुई प्रकारका हुन्छन् । शारीरिक पिडा भन्नाले शारीरिक रूपमा अशक्त हुनु भन्ने बुझिन्छ भने मानसिक पिडा अन्तर्गत मष्तिष्कमा पर्ने चोट, मानसिक यातना पर्दछन्। यसै सन्दर्भमा लेखिकाले जिवनमा  भोगेका पिडा यस पुस्तक मार्फत ब्यक्त गरेकी छन् । धुलिखेलको अस्पतालमा अप्रेशन गरेर गर्भाशय निकालिसकेपछि को दुस्खद अनुभवले उनको उर्वरा समाप्त भएको बोध गराएको छ। 

जीवनको एउटा विन्दुमा आएर, आफ्नो शरीरको एउटा महत्वपूर्ण अङ्ग अस्वभाविक किसिमले आफूबाट अलग गर्नुपर्दा कसलाई पिडा हुदैन र ? मानिसलाई जीवनमा जस्तो चोट आइ पर्दा पनि त्यसलाइ डटेर सामना गर्नुपर्छ। त्यसको अरू कुनै विकल्प हुदैन भन्ने कुरा ध्रुवसत्य नै हो। 
                    
समग्रमा भन्नुपर्दा यस पुस्तकको विषयवस्तु साह्रै प्रशन्सनिय छ जसले पाठकहरूको मन तानिरहन्छ,  पढ्दा अल्छी लाग्दैन र ध्यान केन्द्रित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ