arrow

किन छ पितृमोक्ष महायज्ञ अरु भन्दा पृथक ? के हो त वास्तविकता ?

logo
आशिष रेग्मी, 
प्रकाशित २०७६ पुष १५ मंगलबार
pithadish.jpg

कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिकामा २०६३ सालमा स्थापित नवजागरण बहुमुखी क्याम्पसले यही पुस २७ गतेदेखि माघ ६ गतेसम्म श्रीमद्भागवत पितृमोक्ष एवं धनधान्याचल ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । यो महायज्ञ यस क्षेत्रमा नै फरक महत्वको महायज्ञ हो भन्ने दाबी आयोजकले गरेको छ । 

झट्ट दाबी सुन्दा लाग्छ यो त हरेक आयोजकले भन्ने बहुप्रयोगी भाषा नै हो । जुन स्वभाविक पनि छ । तर यो महायज्ञ गर्नुको उदेश्य अन्य शैक्षिक संस्थाको जस्तै भए पनि महायज्ञमा हुने उपस्थितिका कारण यो महायज्ञ पृथक नै छ । किनकी यस्तो प्रकारको महायज्ञ यस क्षेत्रमा नै पहिलो पटक आयोजना हुँदैछ । 

महायज्ञको नाममा नै धनधान्याचल भन्दा अगाडि पितृ मोक्षलाई प्राथमिकता दिइएको छ –श्रीमदभागवत पितृ मोक्ष एबं धनधान्याचल बिराट ज्ञान महायज्ञ । 

यस महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्यको उपस्थिति हुँदैछ । बिश्वका वैदिक सनातन धर्मावलम्बीले जानेर या नजानेर,बुझेर वा नबुझेर पाँच जना शिवाचार्यलाई पुज्ने गर्दछन् । 

केदारनाथ पिठाधिश यिनै पाँच मध्येका १ हुन् जसलाई भारतमा भगवानकै रुपमा पुज्ने गरिन्छ । यस महायज्ञमा तिनै शिवाचार्य आएर चोरमारास्थित क्याम्पस प्राङ्गणमा नै केदारनाथमा जस्तै पितृ मोक्षका लागि बिशेष पुजा गर्नेछन् ।

हिन्दु धर्मावलम्बीहरु खासगरी नेपाली पितृ मोक्षका लागि नेपाल तथा भारतका विभिन्न शक्ति पिठ एवं धार्मिक स्थल धाउने गर्दछन् । एकातिर ठूलो रकम खर्च, अर्कातिर लामो समय ब्यवस्थापनको झन्झट। अब त्यो समस्या नरहने भएकाले अथवा भनौ नेपालीहरु  पितृ मोक्षका लागि जहाँ जाँदा सन्तुष्ट हुन्छन् र आफ्ना पितृले मोक्ष प्राप्त गरे भनेर तृप्त हुन्छन् त्यही शक्ति पिठका पिठाधिशद्वारा पितृ मोक्षका लागि यहाँ नै बिशेष पुजा हुने भएका कारणले पनि आयोजकले यस महायज्ञलाई फरक र वैदिक सनातन धर्मावलम्बीको लागि यौटा अबसरको रुपमा ब्याख्या गरेको छ । 

आयोजक नवजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक बिष्णुकुमार कार्कीका अनुसार पिठाधिश र उनका सेवकहरुले पितृ मोक्षमा प्रयोग भएका पुजा सामाग्री त्यसरी नै केदारमा लगेर सेलाउनेछन् जसरी केदारनाथमा पुगेर पुजा गर्दा सेलाईन्छ । कार्की अगाडि थप्छन् त्यहा (केदारनाथ) गएर पुजा गर्दा शिवाचार्यको दर्शन पाईदैन जसलाई लौलिक भगवान मानिन्छ । यहाँ त (धान्याचलमा) उनको  दर्शन र आशिरबचन लिन पनि पाइन्छ । 

उनका अनुसार शिवाचार्य महाराज माघ १ गते चार्टरबाट धार्मिकस्थल देबघाटमा स्नान गरी सिधै महायज्ञ स्थलमा आउने छन् । उनीसङ्गै भारत तथा नेपालका मुर्धन्य विद्वान् तथा गुरुहरुको पनि उपस्थिति हुनेछ । 

केदारनाथका पिठाधिश शिवाचार्य महाराज माघ १ गतेदेखि माघ ०५ गतेसम्म महायज्ञ स्थलमा रहने जानकारी आयोजकले दिएको छ । शिवाचार्य दैनिक रुपमा स्नान गर्नका लागि मध्यबिन्दु ३ स्थित  ब्रमस्थानमा जानेछन् । 

शिवाचार्य स्नान गरेको ठाउँमा महायज्ञ समापन पछि ब्रमघाट निर्माण गरिने भएका कारणले पनि स्थानियहरु महायज्ञ प्रती उत्साहित रहेको महायज्ञका जनसम्पर्क संयोजक राजु पान्डे बताउँछन् । नवजागरण बहुमुखी क्याम्पसद्वारा आयोजित महायज्ञमा भागवत अलङ्कार पदले बिभुषित पण्डित नेत्रप्रशाद पराजुलीको प्रमुख वाचकत्वमा श्रीमद्भागवत सङ्गितमय कथा बाचन हुनेछ ।

क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागि सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गरिएको आयोजकले बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ