arrow

एक श्वासमा भगवानको नाम छुट्दा रोए कबीर

logo
नामको महिमा,
प्रकाशित २०७६ पुष २१ सोमबार
Sant-Kabir-Das.jpg

काठमाडौं। महात्मा कबीर गृहस्थ जीवनमा सम्पूर्ण कार्य गर्दै पनि सदा भगवानको नाम सुमिरण गर्थे । उनको प्रत्येक श्वास भगवानलाई समर्पित थियो। श्वास-श्वासमा उनी भगवानको पावन नामको सुमिरण गर्थे।

एक पटक कबीर तानमा कपडा बुनिरहेका थिए। साथमा अन्य मानिसहरु पनि थिए । कपडा बुन्दाबुन्दै कबीर रुन थाले । कबीर रोएको देखेर मानिसहरुले सोधे -"तपाई किन रुदै हुनुहुन्छ?"

उनने भने-"म निकै मन्दभागी छु, अहिले कपडा बुन्दा सूतको एक धागो टूट्यो, त्यसलाई जब म जोड्न लागे तब मेरो एक श्वास बिना नाम सुमिरण निस्कियो । यसकारण म रुदैछु कि मेरो एक श्वास व्यर्थ नै गयो ।"

विचार गर्नुपर्ने यो छ कि कबीर एक श्वासलाई पनि कति महत्त्व दिन्थे र सांसारिक मानिस सुमिरण बिना व्यर्थ नै श्वास गुमाउदै छन् । यसैले कबीरले भने -
"श्वास-श्वास सुमिरण करो, वृथा श्वास मत खोय ।
ना जाने इस श्वास का, आवन होय न होय ।।
कहता हूँ कहे जात हैं, कहूँ बजाये ढोल ।
श्वासा खाली जात है, तीन लोक का मोल।।
ऐसे महंगे मोल का एक श्वास जो जाय ।
चौदह लोक न पट तरे, काहे धूरि मिलाय।।

एक पटक कबीरदास आफ्नो शिष्यहरुसँग एक गाँउबाट कतै जादै थिए । उनिहरुले देखे एक बृद्धा बसेर गहूँ पीसिरहेकी थिइन्। उनि मुठ्ठीमा लिएर गहूँको दानालाई जातोमा हालिरहेकी थिइन् र जातोलाई घुमाइरहेकी थिइन्, जसबाट गहूँ पिसिएर बाहिर आटाको रूपमा निस्किरहेको थियो ।

अध्यात्म जगतमा विचरण गर्ने व्यक्ति सधै अध्यात्मको नै चिन्तन गर्छन्। बृद्धले गहूँ पिसेको क्रियालाई महात्मा कबीरले आध्यात्मिक अर्थमा लिए । आफ्नो शिष्यहरुलाई कबीर रुदै भन्न थाले-
चलती चक्की देखकर, दिया कबीरा रोय ।
दो पाटन के बीच में, साबुत बचा न कोय।।

कालरूपी चक्की चलिरहेको छ । जसमा मृत्यु रूपी बृद्धा गहूँको दाना रूपी जीवलाई हालेर पिसिरहेकी छिन् । दिन र रात रूपी जातोको दुई पाटो छन् जसमा आएर सहि सलामत कोहि बच्दैन । सबै पिसिन्छन् जसलाई देखेर कबीर रुन थाले ।

कबीरको भक्त मण्डलीमा कबीरका शिष्य तथा छोरा कमाल पनि थिए । उनले बुझे कबीरदासजीको भाव के हो । अतः कबीरलाई रुदै गरेको देखेर कमाल हास्दै भने -
"रोता कबीरा देखकर, हँसा कमाल ठठाय ।
कील सहारे जो रहे, ताको काल न खाय॥"

यसको भाव, गुरु महाराजले भगवानको जुन पावन नामको ज्ञान दिनुहुन्छ त्यो नाम नै जातोको मानी हो। जसरी मानीको सहारामा रहने दानाहरु पिसिदैनन्, त्यसै प्रकार जो नामरूपी मानीको सहारा लिन्छ, उ आवागमनको चक्रबाट बचेर जानेछ । त्यहि यस संसारमा आफ्नो मानव जीवनलाई सार्थक गर्न पाउनेछ ।

अतः सद्गुरुबाट भगवानको साचो नामलाई हदयमा जानेर त्यस नामको नै सहारा लिनुपर्छ, किनभने नामको सहारा नै सर्वश्रेष्ठ सहारा हो।

कारण कबीरदास भन्छन्,' यो प्राण माला हामीलाई सौभाग्यले मिलेको छ, यसकारण यसको मूल्य हामीले बुझ्नुपर्छ। यो एकदमै सुनौला मौका हामीलाई मिलेको छ ।' यहि कारण कबीरदासजीले भनेका छन्-
माला मुझसे लड़ पड़ी तु क्यों फेरे मोय।
मन की माला फेरते घट उजियारा होय ।।

माला फेरत युग गया, गया न मन का फेर।
कर का मनका डार दे, मन का मनका फेर।।

हे मानव! तिमीले मनको माला जप हातको माला जप्दा-जप्दा धेरै समय बितेर गयो, तर मनको चञ्चलता दूर भएन, यसर्थ अब हातको माला छोडेर मनको माला जप।

कबीरदासजीले अध्यात्मको क्षेत्रमा एकदमै मर्मको कुरा भनेका छन् 'अढाई अक्षर प्रेमका पढे सो पण्डित होय।' प्रेमको त्यो ढाइ अक्षर के हो जसलाई पढनाले मानिस विद्वान् अर्थात् ज्ञानी बन्छ। उसले यस्तो अविनाशी विद्या प्राप्त गर्दछ जुन विद‍्या सबै विद्याहरुको राजा हो अनि त्यो प्राणको विद्या हामी भित्र छ । हामी स्वाध्याय गरिरहेका छौं, हामीभित्र प्राण छ, यसैकारण हामी पढिरहेका छौं, हाम्रो परिवार, सम्बन्धिहरू बनेका छन् यदि यो प्राण रहेन भने हामी मूर्दा कहलाईनेछौं अनि हामी कुनै काम गर्न सक्ने छैनौं। यसकारण त्या ढाई अक्षर प्रणव शक्ति प्राणसँग जोडिएको छ, जसलाई पढनाले (जान्नाले) मानिस परम विद्वान बन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ