arrow

जापानमा भूकम्पका कारण सोनी र टोयोटाको उत्पादन बन्द

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
sony150416.jpg.jpeg
टोकियो । जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा बिहीबार राति ६.४ रिक्टर स्केलको भूकम्प गएपछि परेको असरका कारण जापानका दुई ठूला कम्पनी सोनी र टोयोटाको उत्पादन शुक्रबार बन्द गरिएको  छ । स्थानीय समयानुसार बिहीबार राती ९:२६ बजे सो भूकम्प गएको बताइएको छ । सो भूकम्पका कारण यी दई कम्पनीलाई पनि प्रभाव परेको समाचारमा उल्लेख गरिएको छ । 
 
राजधानी टोकियोबाट शुक्रबार प्राप्त समाचारमा उक्त द्वीपका ती कम्पनीको उत्पादन शुक्रबारका लागि बन्द गरिएको छ । भूकम्पबाट सो द्वीप आसपासको क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । सो क्षेत्रमा भूकम्पका कारण कैयौं कम्पनीमा क्षति पुगेको छ । कैयौं पूर्वाधार भत्किएका छन् भने अरु केही स्टील तथा अन्य धातुका कम्पनीहरुमा पनि क्षति पुगेको छ । 
 
भूकम्प ६.५ को मात्र रहेको भएपनि यस पटक भने घरहरु भत्किनुका साथै कैयौं भौतिक क्षति पुगेको छ । जसका कारण यी दुई कम्पनीका साथै अरु उत्पादन क्षेत्र पनि शुक्रबारका लागि अस्थायी रुपमा बन्द गरिएको बताइएको छ । त्यसैगरी शुक्रबार प्राप्त समाचारमा ती क्षेत्रमा रहेका मित्सुबिसी, होन्डा र अरु बहुराष्ट्रय कम्पनीमा उत्पादनहरु पनि बन्द गरिएका बताइएको छ । 
 
यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । त्यसपछिका पराकम्पहरुका आइरहेको भएपनि परिस्थिति शुक्रबार सामान्य रहेको छ । बिहीबार साँझको सो ६.५ रिक्टर स्केलको भूकम्पको करिब आधा घन्टापछि ५.७ रिक्टर स्केलको पराकम्पन आएको थियो । यस भूकम्पको केन्द्रबिन्दु आसपासको नै इलाकामा रहेको र १० किलोमिटर मात्र गहिराइमा रहेको छ । जापानी भौगार्भिक विज्ञहरुले सोही कारण धेरै क्षति भएको जनाएका छन् । भूकम्पपछि मानवीय र अन्य क्षतिका विवरणहरु प्राप्त भइरहेका छन् । 
 
 
यसैबीच सो भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । जापानी सञ्चारमाध्यमहरुले शुक्रबार बिहानसम्म सो भूकम्पबाट ज्यान जानेको सङ्ख्या नै पुगेको जनाएका छन् । घाइते भएकामा अरु केहीको अवस्था निकै नै गम्भीर रहेको पनि जनाइएको छ । शुक्रबार बिहानसम्म पनि केही जिल्लाको बिजुली आपूर्तिको अवस्था कमजोर रहेको पाइएको छ । 
 
सोही कारण पनि शुक्रबार अधिकांश क्षेत्रमा सेवाका क्षेत्रहरु बन्द गरिएको छ । स्थानीय बजार बन्द छ भने सेयरको कारोबारमा पनि कमी आएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ