असमर्थतालाई स्वीकारेर हुन्छ प्रार्थना, गरिन्छ कस्को ?

बिधि, प्रकाशित मिति : २०७६ पौष २५ शुक्रबार

काठमाडौं ।  प्रार्थना ‘प्र’ र ‘अर्थ’ शब्दबाट मिलेर बनेको हो, जसको अर्थ पूर्ण तल्लीनताको साथ निवेदन गर्नु हो। साथै ईश्वरसँग कुनै वस्तुको लागि  तीव्र इच्छासँग गरिने निवेदन प्रार्थनाको तात्पर्य हो  ।

प्रार्थनामा आदर, प्रेम, आवेदन एवं विश्वास समाहित गरिन्छ । प्रार्थनाको  माध्यमद्वारा भक्त आफ्नो असमर्थतालाई स्वीकार गरेर ईश्वरलाई कर्ता मान्दछ । प्रार्थनामा ईश्वर हाम्रो सहायता गर्नुहुन्छ साथै कार्य पूर्ति पनि गरिदिनुहुन्छ भन्ने हाम्रो अन्तर्मनले यो स्वीकार गर्दछ । भक्तिको आध्यात्मिक (भक्तियोगको) पथमा अग्रसर हुनको लागि प्रार्थना, साधनाको एउटा महत्त्वपूर्ण साधन हो ।

प्रार्थनाको लाभ
प्रार्थनाले साधनामा सुधार गर्छ । प्रार्थनाले हाम्रो साधनामा कर्म, विचार र भाव तीन स्तरले प्रभावित गर्दछ ।  

कर्म: प्रार्थना गरेर हामी जुन कार्य आध्यात्मिक लाभ पाउनको लागि गर्दछौं, त्यो कार्य भावपूर्वक हुन्छ । त्यसैले चूक, गल्तिहरु अल्प हुन्छ । अतः प्रार्थनाले  साधनाको विभिन्न प्रयास -जस्तै नामजप, सत्संग, सत्सेवा आदि ईश्वर अथवा गुरु (ईश्वरको मार्गदर्शक तत्व) को अपेक्षा अनुरूप हुन्छ ।

विचार: जबसम्म मन सक्रिय रहन्छ, बिचारको श्रृंखला बनी रहन्छ। यो मनलाई विलय गर्नको लागि बाधक हुन्छ । व्यर्थ विचारहरुले उर्जा पनि अपव्यय हुन्छ । यस्लाई रोक्नको लागि प्रार्थना अत्यन्त उपयोगी साधन हो । प्रार्थनाले चिन्ता घटाउदछ र अन्य चिन्तन बढ्दछ ।

भाव: भावपूर्ण प्रार्थनाले साधकमा चिन्तन प्रक्रिया आरम्भ हुन्छ र उसलाई अन्तर्मुख बन्नमा सहायता हुन्छ ।

नामजपको प्रभावमा बृद्धी: साधकहरु ईश्वर प्राप्तिको लागि नामजप गर्दछन् । ईश्वर प्राप्तिको लागि इच्छा र भाव तीव्र छ भने मात्र नामजप वास्तवमा प्रभावकारी हुन्छ ।

एउटा सन्त नामजपमा यति मग्न हुनुहुन्थ्यो कि उहाँलाई बाह्य जगतको ध्यान हुँदैन थियो । यति तीव्र भावसँग नामजप गर्ने मनुष्य विरलै हुन्छ । तथापि उत्कृष्ट नामजप हेतु बारम्बार प्रार्थना गर्नाले भाव जागृत हुन्छ र हाम्रो नामजप ईश्वरको चरणसम्म पुग्दछ ।

साधनामा दैवी सहायता: जब साधक आफ्नो साधनाको लागि पूरक कुनै वाञ्च्छित प्रयास हुन, विचार गर्न, दृष्टिकोण अपनाउनको लागि ईश्वरसँग निष्ठा पूर्वक प्रार्थना गर्दछ तब असाध्य प्रतीत हुने कार्य पनि गुरुको कृपाले सहज सम्पन्न हुन्छ ।

गल्तिहरुको लागि क्षमा प्राप्त गर्ने: गल्ती हुँदा यदि हामी शरणागत भावको साथ ईश्वर अथवा गुरुसँग प्रार्थना गर्दछौं, तब हाम्रो गल्तीलार्इ क्षमा गरिदिनुहुन्छ। तर प्रार्थना अनि शरणागत भाव गल्तीको तीव्रताको अनुरूप हुनुपर्दछ ।

अहंकार कम गर्ने: प्रार्थनाको समयमा हामी ईश्वरको समक्ष याचना गर्दछौं । त्यो समयमा आफ्नो घमण्ड त्यागेर हामी विनीत भावको साथ आफ्नो इच्छा, मानवीय दुर्बलता तथा ईश्वरसँग निर्भरता स्वीकार गर्दछौं । फलस्करूप हाम्रो अहंकार शीघ्र घट्नमा मद्दत हुन्छ ।

अनिष्ट शक्तिबाट रक्षा : अनिष्ट शक्तिबाट (भूत, प्रेत, पिशाच) रक्षा हेतु प्रार्थना एउटा प्रभावशालि साधन हो । यसले प्रार्थना गर्ने व्यक्तिको सबैतर्फ सुरक्षा कवच बन्दछ ।

आस्थामा बृद्धी: जब प्रार्थनाको उत्तर मिल्दछ तब गुरु र ईश्वरप्रति विश्वास पनि बढ्दछ । साधनाको यात्रामा एकमात्र चलन (currency) हो आस्था ।

नयाँ