- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रहरीले गोली हानेर फरार अभियुक्त विष्णु लामा पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नियन्त्रणमा लिन गएको प्रहरीलाई आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर लामालाई पक्राउ गरिएको जानकारी दिए।
उनी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ। उनका अनुसार लामाको घुँडामुनि गोली लागेको छ। विशेष सुराकीका आधारमा उनी बौद्धको जम्बुडाँडामा आएको थाहा पाएपछि खोजीका लागि खटिएको महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको हो। उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ।
लामा गत वर्ष माघमा काठमाडौँको जोरपाटीमा १७ महिनाको बच्चाको हत्या गरेको र गत भदौमा काठमाडौँ मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरी भागेको मुद्दाका आरोपी हुन्।