arrow

नरेन्द्र कसरी बने स्वामी विवेकानन्द

logo
गुरुशिष्य,
प्रकाशित २०७६ पुष २८ सोमबार
ramkrishna-bibekanda1.jpg

काठमाडौं। नरेन्द्र जो आफ्नो समयका निकै बुद्धिजीवी कहलिन्थे, उनले पनि जब आत्मज्ञानको आवश्यकता महसूस गरे तब उनी एक यस्तो व्यक्तिकोमा जानु पर्‍यो जो बिल्कुल अनपढ थिए । उनी थिए स्वामी रामकृष्ण परमहंस।

जब नरेन्द्र स्वामी रामकृष्ण परमहंसको सामु पुगे तब उनी रुन थाले, भने -नरेन्द्र! म धेरै समयदेखि तिम्रो प्रतीक्षा गरिरहेको थिए । नरेन्द्रले सोचे पक्कै म पागल भएको ठाँउमा आएछु यो थाहा छैन कसको प्रतीक्षा गरिरहेका थिए, म त यिनिसँग पहिलो पटक भेटिरहेको छु।  तर जब नरेन्द्रलाई उनीबाट आत्मज्ञान प्राप्त भयो, उनले साधना गरे। पछि जब उनी विवेकानन्द बने तब उनले बुझे कसरी गुरु महाराज उनको प्रतिक्षा गरिरहेका थिए । उनको खोज गरिरहेका थिए ।

भनिन्छ समुहमा रहेको एक भेडा हराए त्यहाँ रहेका बाकी भेडालाई छोडेर त्यस हराएको भेडाको खोजी हुन्छ । यसैप्रकार जो परम प्रभु छन्, उनी आफ्नो भक्तहरुको उद्धार गर्नको लागि आफ्नो भक्तहरुलाई खोजी रहन्छन् की कुन भक्त, कुन आत्मा भट्किरहेको हुन्छ जसलाई ज्ञान दिएर सदमार्गमा ल्याउछ ।

केहि मानिसहरु भन्छन् कि गुरु नानकका कुनै गुरु थिएनन्, फेरि उनलाई आत्माज्ञान कसरी प्राप्त भयो ? तर नानक साहेव आफै भन्छन् कि हरि कृपाबाट सन्तँग भेट भएर ज्ञानको प्राप्ति भयो ।

एक पटक नानकदेवलाई आमा बुवाले केहि धन दिएर भने, 'छोरा तिमी गएर केहि व्यापार गर ।'  बाटोमा सन्तहरुको जमात देखे तब उनले सन्तहरुलाई भण्डारा गराए, उनिहरुको सेवा गर्न थाले । यसप्रकार जब सन्तको हृदय प्रसन्न भयो तब उनिहरुले नानकदेवलाई ज्ञान प्रदान गरे ।

ज्ञान प्राप्त गरेर जब उनि घर फर्किए तब बुवाले सोधे,'छोरा तिमीले व्यापार गर्‍यौ ?' उनि भन्छन्,' पीताजी मैले यस्तो व्यापार गरे जो जन्म जन्मको व्यापार हो , यस्तो धन कमाए जुन किहिल्यै पनि समाप्त हुन सक्दैन ।' गूरु नानक भन्छन् -
ज्ञानंजन सतगुरु दिया, अज्ञान अन्धेर विनाश,
हरि कृपा ते संत भेटिया, नानक कन प्रकाश।

उनि आफै भन्छन् ज्ञानजन सदगुरुले दिएको ज्ञानको काजलबाट अज्ञानको जुन अध्यारो थियो त्यो समाप्त भयो, हट्यो र हृदय प्रकाशमय भयो । यसप्रकार गुरु नानकदेवले पनि आफ्नो सद्गुरुको महिमा गाए जसबाट उनलाई आत्मज्ञान रुपी काजलको प्राप्त भयो, जसलाई प्राप्त गरेर उनि महान बने। सिखहरुका आदि गुरु बने ।

जब घरमा बिजुली जान्छ तब हामी मैनबत्ती जलाउछौ-माचिसबाट; बिना माचिस मैनबत्ती बल्दैन । यस्तै जो ज्ञानी पुरुष हुन्छन् उनीहरु माचिस जस्तै त्यस  चिंगारीलाई, त्यस अनुभुति (experience) हामीलाई प्रदान गरेर हाम्रो जीवनमा पनि एक ज्योति दिन्छन्। जीवनमा बिना गुरु त्यो अनुभूति प्राप्त हुने छैन किनभने गुरु आफैमा शक्तिको स्रोत हुन्छ । एक फलामले चुम्बक बन्न चाहे सबैभन्दा पहिले चुम्बक (magnet) सँग संसर्ग (contact) मा रहनुपर्छ । जब फलाम चुम्बकको संसर्गमा जान्छ तब उसभित्र पनि चुम्बकीय शक्ति आउछ । यसकारण , सन्त-महापुरुषका अघि जब हामी एक फलाम जसरी झुकेर प्रणाम गछौ। तव त्यो आध्यात्मिक चुंबक जस्तै भएर हामीलाई आध्यात्मिक शक्ति प्रदान गर्दछ ।

भारतवर्षमा रहेको गुरुहरुलाई, संत-महात्माहरुलाई प्रणाम गर्ने परम्परालाई विदेशीहरु यसको के प्रयोजन हो भनेर सोध्छन । उनीहरुको देश भित्र आ-आफ्नो परम्परा छ, अभिवादन गर्ने । पाश्चात्य देशहरुमा मानिसहरु आपसमा हात मिलाउछन। रोमन युगमा उनीहरु हात मिलाएर अभिवादन मिलाएर अभिवादन गर्थे। यसो गर्दा यती चिसो हुन्थ्यो कि कुनै पनि व्यक्ति हात बाहिर निकाल्न चाहैदन थिए र उनीहरु नाक मिलाउथे । अभिवादन गर्ने  अलग-अलग, अजीब-अजीब परम्पराहरु छन्  । तर  भारतबर्षको परम्परामा अग्रज तथा गुरुजनहरुलाई अभिवादन गर्ने तरीका प्रणाम हो ।

जब एक फलामको टुक्रालाई चुम्बक बनाउनु छ भने सबैभन्दा पहिले त्यस फलामलाई एक टेबलमा लडाएर एक चुम्बकलाई सीधा राखेर फलामको टुक्रामाथि घर्षण गर्नाले त्यस फलामभित्र पनि चुम्बकीय शक्ति आउछ । मानवको शरीर पनि एक चुम्बक जस्तै हो जसमा उसको जुन सहस्र दलकमल छ, जुन अंतिम चक्र हो त्यो उत्तरी ध्रुव (North Pole) जस्तै हो र उसको जुन मूलधार चक्र हो जहाँबाट कुण्डलिनि शक्ति जाग्रत हुन्छ , त्यो उसको दक्षिणी ध्रुव हो । विज्ञानका सिद्धान्त छ चुम्बकीय शक्तिलाई लिएर Unlike poles attract and like poles repel अर्थात् विपरीत ध्रुव (poles) आपसमा आकर्षित हुन्छन र  समान ध्रुव आपसमा repel गर्छन् , एक-अर्कोलाई फ्याक्छ ।

यही कारण हामी आफ्नो मस्तिष्कलाई, जो उत्तरी ध्रुव हो, त्यसलाई  संत-महापुरुषहरुको चरण दक्षिणी ध्रुव हो-त्यो चरणमा हामी आफ्नो सिरलाई छुवाउछौ जसबाट आपसमा आकर्षण भएर हामीभित्र शक्तिको प्रवाह हुन्छ । एक फलामको टुक्रा जस्तै हामी एक आध्यात्मिक शक्ति, चुम्बकीय शक्तिबाट सम्पन्न महापुरुषको अघि आफ्नो नतमस्तक गरेर हामी भित्र केहि आध्यात्मिक शक्तिको प्रवेश होस। त्यसैले भनियो :-

मिटा दे अपनी हस्ती को, गर कुछ मर्तबा चाहे,
कि दाना खाक में मिलकर, गुले गुलजार होता है।

यदि भाग्य प्राप्त गर्न चाहन्छौ भने आफ्नो हस्तीलाई मेटाउनुपर्नेछ, शिर झुकाउनु पर्नेछ । शिर झुकाउदैनौ भने त्यो जुन वैज्ञानिक प्रक्रिया छ। शक्तिको Transfer (स्थानान्तरण) को त्यो कहिले पनि संभव हुन सक्ने छैन ।

पानी कसरी बन्छ त्यो हामीलाई थाहा छ । पानिभित्र दुई तत्त्व छ -हाइड्रोजेन र अक्सीजन- यो दुवै तत्व आकाशमा पहिलेबाटै विद्यमान थियो । आकाशमा positive Charge (धनात्मक चार्ज) र Negative Charge (ऋणात्मक चार्ज)  भएको बादल जब मिल्छ तब त्यो मिल्नाले बिजुली चम्कन्छ र बिजुली चम्किनाले पानी बन्न थाल्छ ।

ठीक यसै प्रकारबाट जव मानवले आध्यात्मिक पुरुष भेटाउछ र उनको संसर्ग मिल्छ तव त्यहाँ पनि आत्मज्ञानको अग्नि चम्कन्छ । त्यसैलाई हाम्रो शास्त्रहरुमा शक्ति-संपात पनि भनियो तर त्यसको प्राप्तिको लागि महान पुरुषहरुको चरणहरुमा लागि रहनुपर्नेछ । भनिएको  छ  :-
द्वार धनी के पड़ा रहे, धक्का धनी का खाय,
कबहुँ तो धनी निवाजहिं, जो दर छाड़ि न जाय।

जसले छोडेर जादैनन् उनलाई एक-न-एक दिन अवश्य त्यो आध्यात्मिक शक्ति प्राप्त हुन्छ। जसरी फलाम चुम्बकलाई छुनछ । छुदै त्यसभित्र त्यो चुम्बकीय शक्ति आउछ तर त्यो शक्ति क्षणमात्रको लागि फलाम भित्र रहन्छ र फेरी सकिन्छ । तर जब त्यो फलाम लामो समयसम्म चुम्बकको संसर्ग प्राप्त गर्छ तब त्यसभित्र पनि स्थायी रुपमा  (permanently) त्यो चुम्बकीय शक्ति आउछ। यसकारण रामायणमा नवधा भक्ति भित्र पहलो भक्ति संतहरुको , आध्यात्मिक पुरुषहरुको संगत गर जसले जो संसारभित्र चुम्बक जस्तै छन्, जोसँग आध्यात्मिक शक्ति छ, आत्मज्ञान प्रदान गर्ने क्षमता छ- तब हामी भित्र आत्मज्ञान प्रकट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ