arrow

भगवानसँग कुरा गर्न सक्ने नामदेव पनि किन पुग्नुपर्यो गुरुकहाँ?

नामदेव- भगवान विट्ठल

logo
गुरुशिष्य,
प्रकाशित २०७६ माघ ४ शनिबार
Namdev-maharaj1.jpg

काठमाडौं । केहि निर्मल प्राणीहरुमा नामदेवलाई जीवनमा ईश्वरको प्रेम तथा सान्निध्य सजिलै प्राप्त भएको थियो । सान्निध्य प्राप्त गरेका नामदेव भगवान विट्ठल (विष्णु) सँग सिधै कुरा गर्ने गर्दथे । जब पुजारीहरुले देखे कि मन्दिरभित्र बसेर यो नामदेव कोसँग घण्टौंसम्म कुरा गर्छ तब पुजारीहरुले नामदेव फर्किएपछि ढोका बन्द गर्दिए जसकारण नामदेव पुन: मन्दिर भित्र जान पाएनन् र भगवानसँग कुरा गर्न सकेनन्। साँझ ढोका बन्द गरियो, तर बिहान मन्दिरको एक पर्खाल भत्किएको थियो र नामदेव भित्र बसेर फेरी कुराकानी गरिरहेका थिए । त्यहाँ पनि जब मानिसहरुले ढोका बनाएर ताला लगाइ दिए तब मन्दिरको दोस्रो पर्खाल पनि भत्कियो। भगवान विट्ठलको प्रेरणाबाट नामदेवलाई भित्र आउन कुनै रुकावट थिएन । यस्तो अटूट प्रेम भगवान विट्ठल र नामदेवमा थियो।

यहाँसम्म कि एकपटक जब नामदेव आफ्नो पिताको सेवामा थिए तव त्यहाँ विट्ठल भगवान आउनुभयो र भन्नुभयो नामदेव, म आए । भने ठिक छ केहि समय पर्खनुस्, म पिताजीको सेवा गरिरहेको छु । सोध्नुभयो - म कहाँ बसु ? त्यहाँ एक ईंटा थियो, त्यस ईंटालाई देखाएर नामदेवले भने  यसमा बस्नुहोस र विट्ठल भगवान त्यसमा बस्नुभयो। आज पनि त्यस मन्दिरभित्र मूर्ति ईटा माथि बनाइएको छ।

यसप्रकार प्रभुको आत्याधिक प्रेम पाएर नामदेवलाई निकै अहंकार भयो। विट्ठल प्रभु मसँग कुराकानी गर्नुहुन्छ, मलाई निकै प्रेम गर्नुहुन्छ। त्यसो त प्रभु जो उनिसँग प्रेम गर्नुहुन्थ्यो, कुराकानी गर्नुहुन्थ्यो त्यो नामदेवको अघिल्लो जन्मको भक्तिको प्रभाव थियो, तर नामदेवलाई यसको बोध थिएन । किनभने उनलाई आत्मज्ञान थिएन साथै आत्मज्ञानको आवश्यकता उनले  महसूस गरेका थिएनन् , उनी केवल बाहिरी भक्तिमा संलग्न भएर आफ्नो जीवन व्यतीत गरिरहेका थिए ।

एकदिन, एक सन्त-समागममा, जसमा नामदेव पनि थिए, मुक्ता बाईले गौरा कुम्हारसँग भनिन् -भाइ! यहाँ अनेक संतहरु उपस्थित छन्, म यो चाहन्छु कि तपाँई पत्ता लगाउनुहोस कि यिनिहरुमा कुन सन्त पक्का र कुन कच्चा हुन्। गौरा कुम्हारले माटोको एक डल्लो उठाएर जसरी कुमालेले माटोको घडालाई बजाएर हेर्छ त्यस्तै उनले त्यहाँ उपस्थित सबै सन्तहरुको शिरमा त्यस डल्लोले हान्न थालिन् । जब त्यो डल्लो नामदेवको सिरमा पर्‌यो नामदेवजी रिसाए । भने- राम्रो परीक्षा भइरहेको छ; माटोको भाडो जस्तै हाम्रो सिर बजाएर देखिदैछ; यो पनि कुनै तरीका हो जाच्ने? यो देखेर गौरा कुम्हारले निर्णय दिएकि सबै सन्त पक्का छन् तर नामदेवजी कच्चा छन् । नामदेवले भने - म यस निर्णयलाई मान्दिन्। मुक्ताबाईले भनिन् -महाराज! गौरा कुम्हारले जुन निर्णय दिनुभएको छ, त्यसमाथि तपाई शंका गर्नुहुन्छ भने आफ्नो भगवानसँग कुरा गर्नेुहोला ।

नामदेव जी विट्ठल भगवान भएको ठाँउमा जान्छन् र भन्छन् -प्रभु यस पंढपुरमा केवल मलाई मात्र तपाईको सान्निध्य प्राप्त छ, म तपाईसँग कुराकानी गर्छु फेरी पनि यी जो भक्त मण्डली छन्, सन्त मण्डलीका व्यक्तिहरु छन्, यी काचो घडा जस्तै मेरो सिरलाई बजाएर भने यो नामदेव त काचो घडा हो। भगवानले बुझ्नुभयो मलाई प्रभुको विशेष स्नेह प्राप्त छ, प्रभुसँग वार्तालाप गर्ने सौभाग्य प्राप्त छ भनेर धेरथोर नामदेवलाई अहंकार आएको छ । वास्तवमा उ काँचो घडा हो , यसलाई मेरो वास्तविकताको ज्ञान छैन । यो सोच्छ कि म जो हूँ, म पंढरपुरमा मात्र निवास गर्छु, यस मन्दिरको चारभित्ता भित्र नै बन्द छु किनभने यो मेरो सर्वव्यापक रूपलाई जान्दैन । यसले जान्दैन कि म केवलमात्र पंढरपुर मा नरहेर सृष्टिको कण कणमा व्याप्त छुँ, प्रत्येक प्राणीभित्र विद्यमान छुँ र यसको अन्त:करणमा पनि म विराजमान छुँ।

भगवान मुस्कुराउदै भन्नुभयो नामदेव, तिम्रो नजिकको गाँउमा विशोबा खेचर नाम गरेका एक सन्त छन्, तिमि उनी भएको ठाँउमा जाउ। उनले तिमिलाई तिमिमा के कमि छ र तिम्रो कच्चापनको कारण के हो बताउनेछन् ।

अर्को दिन नामदेव जी तयार भएर विशोबा खेचरलाई खोज्दै एक शिवालय भित्र पुगे । तब उनले  विशोबा शिवलिंगमाथि खुट्टा राखेर आरामसँग मस्तले सुतिरहेका देखे।  नामदेवले सो देखेर भने - भगवान शंकरको शिवलिंग माथि जसको खुट्टा छ त्यो के सन्त हुन्छ ! उनले उठाएर भने -तपाईबाट भयंकर ठूलो अपराध भइरहेको छ तपाईले भगवान शंकरको लिंगमाथि खुट्टा राखेर सुतिरहनुभएको छ । विशोबाले भने -नामदेवजी! साच्चै मबाट ठूलो अपराध भयो, सुत्दा सुत्दै केहि थाहा पाइन र भयँकर भूल भयो। अब महाराज! कृपा गरेर जहाँ शिवलिंग छैन, त्यहाँ मेरो पैताला राखिदेउ। नामदेवले उनको दुवै खुट्टा उठाएर अर्कोतर्फ राख्न लागे तब त्यहाँ पनि शिवलिंग प्रकट भयो । यसप्रकार जहाँ पनि नामदेव उनको खुट्टा राख्न लाग्थे, त्यहाँ पनि एक शिवलिंग प्रकट हुन्थ्यो । भगवान शंकरको लिंगबाट विशोबाको खुट्टालाई नामदेवले अलग राख्न सकेनन्, सारा मन्दिरमा चारैतर्फ लिंग नै लिंग भयो ।

नामदेव सो देखेर हैरान भए, तब विशोबाले भने- नामदेव जी! गौरा काकाले ठीक नै भनेका थिए कि तपाई कच्चा हौ । शंकर, ती  प्रभु त कणकणमा व्याप्त छन्, तपाईले उहाँलाई कसरी एक स्थान बुझ्नुभयो ? यो तपाई भित्र कमि छ कि तपाई प्रभुको सर्वव्यापी स्वरूपलाई जान्नुहुन्न किनभने तपाईलाई आत्मज्ञान छैन । तपाईलाई यो अनुभुति छैन कि विट्ठल भगवान केवल पंढरपुरमा मात्र नभइ कणकणमा व्याप्त हुनुहुन्छ।

विशोबासँग यो ज्ञान प्राप्त गरेर नामदेव जी विट्ठल भगवान भएको ठाँउमा जान्छन् र भन्छन्-प्रभो! साचै म कच्चा घडा हु किनभने म तपाईको सर्वव्यापकतासँग अनभिज्ञ हूँ। अब म चाहन्छु कि म केवल मन्दिरको चारभित्ता मा मात्र हैन सारा संसारमा तपाईलाई देखु, कणकणमा तपाईको दर्शन गरूँ, तर म कसरी गरु . यसको लागि म के गरूँ? भगवानले भन्नुभयो -नामदेव, यसको प्राप्तीको लागि त तिमि समयका जुन सद्गुरु छन्, वर्तमानमा जो महापुरुष छन् सन्त ज्ञानेश्वर, उनको  शरणमा जानु पर्नेछ ।

तब भक्त नामदेव, जसलाई भगवानको यति सान्निध्यता, नजिकपन प्राप्त थियो उनी पनि आत्मज्ञानको प्राप्तिको लागि, समयका तत्वदशी महापुरुष संत ज्ञानेश्वरको शरणमा पुगे। उनको चरणमा प्रणाम गर्दै नामदेव भन्छन् महाराज, विट्ठल भगवानको प्रेरणाबाट म तपाईको चरणमा आएको छुँ, कृपा गरेर मलाई आत्माको ज्ञान प्रदान गर्नुहोस जसबाट म प्रभुको सर्वव्यापक रूपलाई जान्न सकूँ। तब संत ज्ञानेश्वर महाराजले उनलाई आत्मज्ञान दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ