जब गुरु विश्वामित्रको अपमानपछि रामले चलाए हनुमानमाथि वाण

नामको महिमा, प्रकाशित मिति : २०७६ माघ ६ सोमबार

काठमाडौं ।  लंकापति रावणको कुल संहार गरेर भगवान् लंकाबाट अयोध्या आउनुभयो। गुरु वशिष्ठले वैदिक विधिबाट भगवानको राज्याभिषेक गरे । केहि समयपछि एक पटक रामचन्द्रले सबै ऋषि मुनियहरु एवं राजाहरुलाई आफ्नो राज-दरबारमा आमन्त्रित गर्नुभयो। निश्चित तिथिमा सबै आमन्त्रित सदस्य अयोध्या आउन थाले ।

काशी नरेश राजा स्वास्तिक पनि राम-दरबारमा सहभागी हुन काशीबाट आइरहेका थिए । बाटोमा उनको भेट नारद मुनिसँग भयो । नारदलाई स्वास्तिकले प्रणाम गरे। नारदजीले पनि उनलाई आशीर्वाद दिए। नारदले सोधेपछि उनलाई ज्ञात भयो कि नारद जस्तै स्वास्तिक पनि भगवान् रामको दरबारमा जादैछन् । नारदजी नामको प्रतापलाई जान्ने थिए; तर भगवान् रामका गुरु विश्वामित्र नामलाई त्यति महत्त्व दिदैन थिए । उनि रामको शरीरलाई नै अधिक महत्त्व दिन्थे । कयौ पटक नारद र विश्वामित्रबिच यस कुरालाई लिएर विवाद हुन्थ्यो ।

नारद रामभन्दा नामलाई श्रेष्ठ बताउथे र विश्वामित्र रामलाई नामभन्दा श्रेष्ठ बताउथे। नामको प्रभावलाई बुझाउने सुनौलो अवसर आएको जानेर, नारदले स्वास्तिकसँग भने -राजन् ! जब तपाई राम-दरबारमा पुग्नुहुनेछ तब सबलाई यथायोग्य आदर-सत्कार गर्नुहोस, तर रामका गुरु विश्वामित्रलाई अभिवादन नगर्नुहोला।

स्वास्तिकले भने -महाराज ! उहाँ त महाक्रोधी ऋषि हुनुहुन्छ, यदि मैले उहाँलाई प्रणाम गरिन भने उहाँले मलाई श्रापबाट दग्ध गर्नुहुनेछ । नारदजीले भने -तपाई चिन्ता नगर्नुहोस मसँग अमृत संजीवनी औषधि (अमृत नाम) छ, म त्यसबाट तपाईको रक्षा गर्नेछु । निश्चिन्त भएर तपाई त्यसै गर्नुहोला जसो मैले बताएको छु ।  

स्वास्तिक रामको दरबारमा पुगे र सबैलाई सम्मानपूर्वक सम्मान गरे तर विश्वामित्रलाई अभिवादन गरेनन्। विश्वामित्र मुनिको मनमा यस घटनालाई देखेर कुनै क्रोध उत्पन्न भएन । तब नारदले विश्वामित्रको क्रोधाग्नि भड्काउनको लागि भने -महर्षि, तपाई रामका गुरु हुनुहुन्छ, तर काशी नरेश स्वास्तिकले तपाईको चरणलाई पूरै बैठकमा छोएनन्। यो भन्दा बढि अपमान के हुन सक्छ? तपाईले राजालाई उचित सजाय दिनुपर्छ।

विश्वामित्रले भने-मुनिराज ! यो मेरो होइन रामको गुरुको अपमान हो। राम जसो उचित सम्झन्छन् त्यसै गरुन । नारद त्यहाँबाट राम भएको ठाँउमा पुगे । नारदले रामसँग भने -महाराज! यस समारोहको आयोजन के तपाईले आफ्नो गुरु-अपमान को लागि गर्नुभएको हो ? रामले केहि सोध्नु अघि नारदले थपे -काशीका राजा स्वास्तिकले तपाईको गुरुको घोर अपमान गरे । गुरु अपमानको कुरा सुनेर, भगवान् रामको क्रोध बढ्यो र उहाँले नारद मुनिको अघि प्रतिज्ञा गर्दै भन्नुभयो -मुनिश्रेष्ठ! जसले मेरो गुरुको अनादर गरेको छ, उसले उचित फल पाउनेछ। भोली सूर्यास्त हुनुभन्दा पहिले मेरो तीक्ष्ण बाणले स्वास्तिकको सिरलाई शरीरबाट अलग गर्नेछ ।

रामको कुरा सुनेर नारदमुनि स्वास्तिक भएको ठाँउमा पुगे। रामको प्रतिज्ञा सुनेर भयभीत भएर उनले नारदसँग भने -मुनिराज, तपाईले त मलाई नराम्रोसँग फसाउनुभयो । जब राम नै मलाई मार्न तयार हुनुहुन्छ भने केले मलाई बचाउनेछ।

नारदजीले भने -राजन् ! तपाई शीघ्र हनमानको आमा अन्जनी भएको ठाँउमा गएर उहाँलाई प्रणाम गर्नुहोस, जब उहाँले तपाईलाई चिरंजीवी हुने आशीर्वाद दिनुहुनेछ, तब तपाई उहाँलाई भन्नुहोला - माता तपाई आफ्नो वचनलाई पालना गर्नुहोस। कतै तपाईको आशीष श्रापमा नबदलियोस ?

जब अन्जनाले तपाईसँग सोध्नुहुनेछ, यो कसरी ? तब तपाई रामको प्रतिज्ञाबारे बताउनु। तब निःसन्देह हनुमानको आमाले आफ्नो वचनको पालना गर्न कुनै युक्तिबाट तपाईलाई बचाउनुहुनेछ ।

स्वास्तिक राम-दरबारबाट भागेर माता अन्जनी भएको ठाँउमा पुग्छन् र उनले अन्जनीलाई प्रणाम गर्छन् । अन्जनी माताले स्वास्तिकलाई चिरंजीवी हुने आशीर्वाद दिइन् । तब स्वास्तिकले नारदले सुनाएको युक्ति अपनाउदै अन्जनीसँग भने -आमा, तपाई आफ्नो वचनको पालना गर्नुहोस । तपाईले त मलाई चिरायु हुने आशीष दिनुभएको छ, तर रामजीले भोली सूर्यास्त हुने वेलासम्ममा मलाई मार्ने प्रतिज्ञा लिनुभएको छ, अब जब रामनै मलाई मार्नेवाला हुनुहुन्छ तब तपाईको आशीर्वादको के हुनेछ ? अन्जनी आमा पहिले केहि चिन्तित भइन् तर नामको प्रभावलाई हृदयमा धारण गरेर, उनले हनुमानको याद गरिन्।

हनुमानजी तत्काल आएर मातालाई प्रणाम गरे तथा हात जोडेर निवेदन गरे कि आमा तपाईको के सेवा गरूँ, तपाईले मलाई किन याद गर्नुभयो ?

आमाले भनिन् -छोरा, पहिले वचन देउ कि तिमि मेरो आज्ञाको पालना गर्नेछौ, तब म तिमिलाई सबै बताउनेछु ।

हनुमानले विस्मित भएर भने -आमा, कहिले मैले तपाईको आज्ञाको अवहेलना गरेको छु जुन तपाई आज यस प्रकार अविश्वासको वचन बोलिरहनुभएको छ ?

आमाले भनिन् - छोरा, तिमिले मेरो सधै आज्ञाको पालना गरेका छौ, तर आज पहिले म तिमिबाट वचन चाहन्छु । हनुमानले वचन दिए, तब माताले भनिन् -हनुमान, मैले काशी नरेश स्वास्तिकलाई चिरञ्जीवी हुने आशीष दिएको छु, तर तिम्रो स्वामी रामले भोलि सर्यास्तसम्ममा उसलाई मार्ने प्रतिज्ञा गर्नुभएको छ। छोरा, यस्तो विषम स्थितिमा तिमि मेरो आज्ञाबाट यी सबैबाट स्वास्तिकको रक्षा गर, यो मेरो मेरो आज्ञा हो । आमाको आज्ञा सुनेर पहिले त हनुमान असमंजसमा परे ।

तब आमाले भनिन् -छोरा तिमि दुविधामा किन पर्‍यौ ? तिम्रो स्वामीले पनि आफ्नो आमाको आज्ञा पालन गरे र चौध वर्षको वनवासलाई स्वीकार गरे। आमाको कुरा सुनेर हनुमान प्रसन्न भए-आमा, म अवश्य नै तपाईको कृपाबाट काशी नरेशको रक्षा गर्नेछु, तपाई चिन्ता नगर्नुहोस।

स्वास्तिकलाई भयभीत देखेर हनुमानजीले भने-राजन्, तपाई भयभीत नहुनुहोस । कुटिको भित्र बसेर तपाई भगवानको त्यस पतित पावन व्यापक नामको सुमिरण गर्नुहोस; जो सबै प्राणिहरुको प्राणमा समाएको छ । स्वास्तिक कुटिमा बसेर नाम सुमिरण गर्न थाले । हनुमान पनि विशाल रूप धारण गरेर कुटिको द्वार रोकेर नामको सुमिरणमा तल्लीन भए ।

यता प्रतिज्ञा गरेका राम स्वास्तिकको खोज गर्न थाल्नुभयो । पूरै दिन अयोध्या नगरमा खोज भयो, तर स्वास्तिकको पत्ता लागेन। अर्को दिन स्वास्तिकको खोज गर्दै राम हातमा धनुष बाण लिएर माता अन्जनीको कुटिमा पुग्नुभयो। उहाँले देख्नुभयो हनुमान कुटिको द्वारमा बाटो रोकेर नाम सुमिरणमा बसेका छन् र स्वास्तिक भित्र बसेका छन् ।

भगवान् रामले हनुमानलाई संबोधन गर्दै भन्नुभयो, ' हनुमान, तिमि बाटोबाट हट, म गुरुद्रोही स्वास्तिकको सिर आफ्नो तीक्ष्ण बाणबाट काटेर गिराउनेछु किनभने यसले मेरो गुरुको सभामा अपमान गरेको छ।'

हनुमानजीले भने -भगवान्, तपाई खुसीले आफ्नो प्रतिज्ञा पुरा गर्नुहोस, म कुनै बाधा डालिरहेको छैन । म त तपाई नामको स्मरण गरिरहेको छुँ ।

भगवानले भन्नुभयो, म बाण कसरी चलाउ, द्वार रोकेर तिमि बसेका छौ र भित्र मेरो शत्रु बसेको छ । यसकारण बाटोबाट हटेर बस । जब रामले पटक पटक भनेपछि पनि हनमान हटेनन्।

भगवानले एकत्रित समुदायको सामुन्ने भन्नुभयो - मलाई कुनै दोष नदिनु यसकारण मैले हनुमानलाई पटक पटक द्वारबाट हट्नको लागि भने । आफ्नो प्रतिज्ञा पालन गर्नु  आवश्यक छ ।

हनुमानजी बोले, प्रभु पहिले तपाईको बाणले हनुमानको संहार गर्नेछ तब स्वास्तिकको सिर छेदन गर्न सक्नुहुनेछ। मैले पनि प्रतिज्ञा गरेको छु कि मैले स्वास्तिकको रक्षा गर्नुपर्नेछ । मसँग अरु कुनै बल छैन, मात्र तपाईको नामको बल र भरोसा छ। तपाई आफ्नो प्रतिज्ञालाई शीघ्र पालना गर्नुहोस।

भगवान् राम आफ्नो तरकसबाट बाण निकालेर हनुमानमाथि चलाउन थाल्नुभयो । तर श्रीरामको तीक्ष्ण बाण हनुमानको शरीरलाई स्पर्श गरेर खण्ड-खण्ड हुदै धर्तीमा झर्न थाल्यो । हनुमानलाई कुनै चोट लागेन ।

तरकसका सबै बाण खाली भए तर नामको प्रतापबाट हनुमानलाई केहि भएन । जुन बाण अरुले त्रिशिरा, खर-दूषण, रावण र कुम्भकर्णादि राक्षसहरुको संहार गर्नुभयो ती सबै सगरखण्ड जस्ते भाचिएर समाप्त भए। त्यहाँ उपस्थित सबै दर्शकहरुलाई पनि आश्चर्य लागि रहेको थियो । तब श्रीरामचन्द्रजीले महाकाल जस्तै प्रलयंकर बाण आफ्नो धनुषमा चढानुभयो ।

श्रीरामचन्द्रजीले यस्तो गरेको देखेर नजिकै रहेका नारदजीले विश्वामित्रसँग भने -मुनिश्रेष्ठ, रामले जुन बाणलाई चलाउने निश्चय गर्नुभएको छ त्यसबाट समस्त संसारमा महाविनाश छाउनेछ र पृथ्वीको समस्त जीव प्रलयंकारी अग्निमा दग्ध हुनेछन् । यस महाविनाशको पाप तपाईलाई नै लाग्नेछ; किनकि भगवान् रामले तपाईको लागि यो भीषण कार्य गर्न गइरहनुभएको छ । यस प्रलयंकारी बाणबाट हनुमान र स्वास्तिकको कुने नोक्सान हुनेछैन, किनभने उनिहरु भगवानको नामको सुमिरणमा तल्लीन छन्। तपाई श्रीरामलाई भन्नुहोस संसारलाई यस महाविनाशबाट बचाउनुहोस । तब विश्वामित्र मुनिले श्रीरामचन्द्र जीसँग भने -राम ! मेरो आज्ञा छ कि तिमि आफ्नो धनुषमा नसाधि बाणलाई तरकसमा फिर्ता गर ।

गुरु आज्ञाबाट भगवान रामले त्यस बाणलाई धनुषमा राख्नुभयो । तबसम्म सूर्यास्त भइसकेको थियो । तब नारद मुनिले हास्दै भने -मुनिराज ! यो जुन सबै कार्य भए यसमा भगवानको नै अन्तःप्रेरणा थियो कि संसारका मानिसहरु यो बुझुन् कि नामको कस्तो अद्भुत महिमा छ। तपाईले देख्नुभयो यहाँ मर्यादा पुरुषोत्तम श्रीरामजी आफ्नो सबै प्रयत्नपछि पनि हनुमान र स्वास्तिकलाई मार्न सक्नुभएन ।

यो भगवानको नामको प्रभाव हो । रामको नाम रामभन्दा पनि श्रेष्ठ र बिशाल छ । नारदको वाणी सुनेर राम मुस्कराएर हास्नुभयो । तब विश्वामित्रले पनि बुझे कि म जस्तालाई नामको प्रभाव सम्झाउनको लागि भगवानले यो घटनाको रचना गर्नुभयो । यसकारण नाम महिमाको लोक प्रसिद्ध छ- "सुमिरि पवन सुत पावन नामू । अपने बस करि राखेउ राम्।।" यसकारण तत्त्वज्ञानिहरुले पनि भने -"राम भन्दा ठूलो रामको नाम'

नयाँ