arrow

स्वार्थ-त्याग जीवनको सर्वोत्तम निधि

logo
जीवन दर्शन,
प्रकाशित २०७६ माघ १० शुक्रबार
happy-girl-in-leaves.jpg

काठमाडौं‌ । एउटा तालले नदीलाई भन्यो, 'ए नदी! तिमि महामुर्ख रहेछौ आफ्नो सारा पानी र सम्पूर्ण ऐश्वर्य समुद्रलाई दिइरहेछौ, यसो नगर । तिमिले संचय गरेको सबै रत्न-धनहरू समुद्रमा भरिदै जान्छ । कागको सामुन्ने मोतीको दाना फ्याँक्नाले के लाभ? निधिहरू संचय गरेर राख' नदीले भन्यो, 'परिणाम सफल हुने वा नहुने बारेमा म सोच्दिन । कर्मशीलता नै मेरो जीवन हो। मलाई त केवल काम मात्र प्यारो छ।'

नदीले आफ्नो काम गरिरह्यो, समुद्रमा लाखौं-करोडौं घडा पानी हालिरह्यो । तर केहि समयपछि कृपण ताल सुक्यो । ताल सुकेसँगै गलेका चीजहरूले त्यो ठाउँ भरियो । अर्कोतिर नदीको पानी ताजा र स्वच्छ रहिरह्यो। मौसमी हावाले समुद्रबाट पानी ल्याएर नदीको मुहानलाई सदा स्वच्छ बनाइरह्यो ।

उस्तै प्रकार प्रत्येक व्यक्तिले फलको आशा नराख्नी आत्म-त्यागको भावना राख्नु पर्दछ। हरेक व्यक्तिले सेतो वस्तुहरूलाई बढी मन पराउँछ । कालो चीज सर्वत्र उपेक्षित रहन्छ । हामीले यसको कारणलाई जान्नु पर्दछ। पदार्थ विज्ञानले हामीलाई रंगहरूको वास्तविकता बताउँदछ । जुन वस्तु जस्तो देखिन्छ, त्यो उस्तै हुँदैन । गुलाबले प्रकाशको किरणको छ रंगहरुलाई आफूमा समाहित गर्दछ तथा सातौं रंग रातो प्रतिक्षेपित गरिदिन्छ, तब त्यसमा लालिमा आउँदछ।

उस्तै गरी पातले पनि हरियो रंगलाई छोडेर बाँकी सबैलाई आफूमा लिने गर्छ अनि हरियो जसलाई उसले दिन चाहन्छ, स्वयं हरियो बन्छ । प्रकाशको सारा अंशलाई समाहित गर्ने वस्तु कालो बन्छ अर्थात् कुनै पनि किरणलाई (अंश) न त्याग्नुको कारण कालो बन्छ । त्यो चीज या व्यक्ति जसले सबै कुरा पाएर त्यसको केहि अंश पनि फर्काउँदैन, त्यसलाई समाजमा कालो (कलंक) मानिन्छ । दिनु नै पाउनेको सर्वोत्तम उपाय हो ।

सेतो वस्तु जसले सबै कुरा फर्काइदिन्छ, आफ्नामा कुनै किरण पनि राख्दैन, त्यसैले उज्ज्वल प्रतीत हुन्छ। सर्वस्व त्यागले व्यक्तिलाई श्वेतमणि बनाइदिन्छ । त्यसैले भनिन्छ,' जे-जति तिमिलाई मिल्छ, त्यसलाई अरुलाई दिने भावना पनि राख । स्वार्थपरताको आश्रय लिएनौं भने उज्ज्वल बन्नेछौ।'

ज्ञानको प्रकाश, जति हामी बाडछौ त्यसभन्दा कहिं बेसी हामीले प्राप्त पनि गर्दछौं । जहाँ कहिं पनि स्वच्छ पानीको स्रोत हुन्छ, मानिसहरू स्वयं त्यहाँ जान्छन । पानीको स्रोतले यो चिन्ता कहिल्यै गर्दैन कि मानिसहरू आउँछन् या आउँदैनन? जब चन्द्रमा झुल्कन्छ, तब मानिसहरू स्वयं चन्द्र-किरणको आनन्द लिन बाहिर निस्कन्छन् । उस्तै प्रकार त्याग र कर्म निस्कन्छन् । त्यहि त्याग र कर्मशीलताको शिखरमा सम्पूर्ण मानवलाई कैवल्यको आनन्द मिल्नेछ।

धूलोमा मिलाएको सत्य पनि फेरि उठेर खडा हुनेछ । कुनै पनि बीज आफ्नो रुप र रंग नबदलि उम्रन सक्दैन । उस्तै गरी सफलता पाउनको निम्ति पनि बलिदान र त्यागको आवश्यकता  हुन्छ ।

ईसामसी जबसम्म जीवित रहे, कसैले उनको पूजा गरेन, किनभने पूजिनको लागि रूप बदलिनु (सूलीमा चढन) आवश्यक थियो । जब हामीले आफ्नो अभिमानलाई सूलीमा चढाउने छौ, तब सफलता हामीलाई खोज्दै आउने छ।

यदि तपाईं गौरवान्वित र समृद्धशाली बन्न चाहनु हुन्छ भने आफ्नो स्वार्थपूर्ण स्वामित्वको भावनादेखि माथि उठनु पर्ने छ। यदि तपाईले आशाहरु गर्नुहुन्छ भने, इच्छाहरूको पूर्तिको साधनलाई जान्नुहोस । जबसम्म आफ्नो कामनाहरू फैलाइरहनु हुनेछ, तबसम्म तपाईलाई त्यो इच्छित वस्तु मिल्ने छैन । अभिलाषा त्यागेर कर्म गर्नुहोस्, वस्तुहरू स्वयं आइरहने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ