arrow

पर्यटन बोर्डको सीईओमा डा.धनञ्जय रेग्मी

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
dr-dhananjay-regmi-ntb-ceo.jpg

काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा धनञ्जय रेग्मी नियुक्त भएका छन्। बोर्डको कार्यकारिणी समितिको आज बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको हो। सीईओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सीईओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ। विप्लव पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सदस्य रहेको छनोट समितिले सीईओका लागि रेग्मीसँगै दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरलाई सिफारिस गरेको थियो।

सीईओको कार्यकाल चार वर्ष हुनेछ। नियुक्ति पत्र लिएपछि बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सीईओसँग कार्यसम्पादन करार गर्ने बोर्डले जनाएको छ। जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्षको जिम्मेवारीमा छन्। उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ