arrow

भक्त प्रह्लादको भक्तीको शक्ती, न पिताले मार्न सके बरु मारिए पिता नै

logo
नामको महिमा,
प्रकाशित २०७६ माघ १७ शुक्रबार
hiranya.jpg

काठमाडौं । प्रह्लादका पिता हिरण्यकश्यपु दुष्ट र अहंकारी थिए। सार्वभौमिकतामा प्रभुत्व जमाएर उनले जगतका जीवहरुलाई आफ्नो पूजा गराउन थाले । विद्यार्थीहरुलाई पनि विद्यालयमा उनी स्वयं भगवान् हुन् र उनको सिवाय भगवान नामको कुनै  सत्ता छैन भनेर शिक्षा दिइन्थ्यो । उनको क्रोधबाट भयभीत भएर सबै उनको पूजा गर्थे । जब प्रह्लादलाई नारदजीले प्रभुको नामको क्रियात्मक ज्ञान दिए, तब प्रह्लादले आफ्नो पिताको पूजा छोडेर भगवानको पुजा गरे । प्रह्लालाई नाममा यति विश्वास थियो कि उनले नाना भाँति कष्ट सहेर पिताको विरोध गरे ।

जब प्रह्लादका शिक्षक उनलाई पिताको पूजाको शिक्षा दिन थाले, तब प्रह्लादले आफ्नो उपाध्याय शिक्षकलाई हप्काउदै भने-' तपाई सबै झूठको प्रशंसा गर्ने काम गर्नुहुन्छ, मेरो पिता भगवान हैन । भगवान त सबैका नियामक, रक्षक र स्वामी हुनुहुन्छ। तपाई ती प्रभुको पूजा स्वयं पनि गर्नु र उहाकै भक्तिको उपदेश मेरा सबै साथिहरुलाई पनि दिनुहोस।" प्रह्लादको कुरा सुनेर उनका शिक्षक धेरै रिसाएर प्रह्लादको गुनासो उनको पितासँग गरे । आफ्नो पुत्र नै विरोधी जानेर हिरण्यकश्यपु क्रोधले उग्र भए । तर प्रह्लाद आफ्नो पुत्र नै सोचेर पहिले प्रेमसँग उनले सम्झाए छोरा तिमि मेरो विरोध नगर । तर प्रह्लादले मानेनन् । उनले निर्भीकतापूर्वक भने-'पिताजी यदि आफ्नो कल्याण चाहनुहुन्छ तपाई पनि तीनै प्रभुको शरण ग्रहण गर्नुहोस, उनैको  नामको सुमिरण गर्नुहोस । प्रह्लादको कुरा सुनेर हिरण्यकश्यपुले सेना एवं सेवहरुलाई भने- यस दुष्टलाई जसरी पनि मार ।

सेवकहरुले प्रह्लादलाई हात्तिले किच्न लगाए, पहाडबाट तल फ्याल्न लगाए, समुद्रमा डुबाए, अग्निमा जलाउने चेष्टा गरे तर प्रह्लादलाई केहि भएन । आफ्नो पुत्र प्रह्लादलाई दिइएको कष्ट देखेर उनकी माता कयादूले भनिन् -'छोरा प्रह्लाद ! जुन नामको लागि तिमिले यत्रो कष्ट झेल्नु परिरहेको छ त्यस्तो नामलाई तिमि किन छोड्दैनौ '। उनले भने -आमा! तपाईले भनेपछि म नामलाई छोडिदिन्थे तर नाम नै यस्तो छ कि त्यसले मलाई छोड्दैन । त्यो त मेरो श्वाँस- श्वाँसमा रम्ने वाला छ।

नाना भाँति कष्टहरुलाई पाएर पनि उनी नामलाई छोडेनन् नाममाथि प्रह्लादको यती विश्वास थियो । तब प्रह्लादका पिताले प्रह्लादलाई तातो खम्बामा बाधेर तलवारबाट हत्या गर्न चाहे । खम्बामा बाधेर उनलाई बुबाले सोधे - अरे कुलंगार ! बता तेरो ती भगवान् कहाँ छन् ? हेर्नछु आज तेरो रक्षा कसरी गर्दोरहेछ? प्रह्लादले निर्भिकतापूर्वक भने- ''पिताजी ती भगवान ममा पनि छन् , तपाईमा पनि छन् , उनी तपाईको खड़गमा पनि छन र यो खम्बामा पनि ।" यति भनेर प्रह्लादले बल्दै गरेको तातो खम्बालाई आफ्नो अंगालोमा लगाए । जसै उनका बुबाले तलवारबाट गर्दन काट्न चाहे तब कृपालु भक्त वत्सल प्रभुले नरसिंह रूप धारण गरेर संहार गरे । र आफ्नो भक्त प्रह्लादको रक्षा गरे । यसकारण भनियो -

"जाको राखे साइयाँ, मारिन सकिहें कोय ।
बाल न बाँका कर सके. जो जग वैरी होय।।"

विचारणीय कुरा यो छ कि त्यो नाम कुन हो जसको सुमिरण भक्त प्रह्लादले रामावतार भन्दा पहिले गरे तथा जसको रक्षा हेतु ती प्रभुले नरसिंह अवतार लिनु पर्यो । त्यसै नामलाई पनि हामीले जान्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ