राजालाई स्वर्गमा चाहिएला भनेर रानी, मन्त्री, सेवकलाई यसरी जीउँदै गाडिन्थ्यो

संसारमा गरिदै आइएको छ अतृप्त आत्मा मनाउने काम

प्रकाशित मिति : २०७६ माघ २२ बुधबार

काठमाडौं । संसारका सबै चीजहरुको नाश हुन्छ तर आत्माको नाश हुदैन । जब आत्मा आत्माबाट तृप्त हुन्छ तब फेरी संसारका कुनै चीजको आवश्यकता हुदैन तृप्त हुनको लागि । तर जो आत्मालाई आत्माबाट तृप्ती मिल्दैन उसको आत्मा अतृप्त  बनिरहन्छ। त्यसको गति हुदैन र त्यो प्रेत बनेर भड्की रहन्छ ।

यसकारण तपाईले देख्नुभएको होला हरेक धर्म, हरेक देशमा जब व्यक्तिको मृत्यु हुन्छ उसलाई सन्तुष्ट गर्नको लागि त्यसको तृप्तीको लागि समाज केहि न केहि उपाय गरिरहेको पाइन्छ। जस्तै भारत तथा नेपालमा ब्राम्हणलाई चारपाई दान गरिन्छ किनभने स्वर्गमा त्यो आत्मालाई चारपाईको आवश्यकता हुनेछ ।

जिन्दगी भर गीता नदेखेको भएपनि मरेपछि गीता दान अवश्य गर्नेछन् सायद उसले स्वर्गमा गीता पढ्नेछ। तर यस्तो देख्दा अचम्म पनि लाग्छ । अरे धर्तीमा जीउँदो हुँदा पढेन अब स्वर्गमा कसरी पढ्छ ? तर उनिहरुको यस्तो धारणा छ। विभिन्न उपभोग्य चीजको दान गरिन्छ। यहाँसम्म कि पैसासम्म दान गरिन्छ। थाहा छैन स्वर्गमा कुनै मुद्रा चल्छ कि चल्दैन। तब यी सबै चीज ब्राह्मणको यसकारण दानमा दिइन्छ कि सायद स्वर्गमा त्यस आत्माले प्राप्त गरोस। किन ? किनभने उनिहरुले भड्किएको अतृप्त आत्माहरुलाई सन्तुष्ट गर्ने प्रयास गरेका हुन्। उनीहरूले आत्मालाई तृप्त गर्ने उपाय गर्छन् । हामी यो मान्छौ कि हामीले गरेको दान दिवंगत आत्माले स्वर्गमा प्राप्त गर्नेछन्।

यो मान्यता भारतबर्षमा मात्र नभइ विश्वभरका अन्य मुलुकमा पनि प्रचलित छ । मिश्रको पिरामिडमा जब त्यहाँको राजाको मृत्यु हुन्थ्यो केवल राजालाई मात्र गाडिदैनथ्यो। राजालाई साथमा रानी, मन्त्री, सेवकहरुको आवश्यकता पर्न सक्छ भनेर मरेका राजासँगै रानीहरू, मन्त्रीहरु र सेवकहरुलाई पनि जिउदै राजासँगै गाडिन्थ्यो । यो सोचेर कि राजालाई कुनै पनि समय उनिहरुको आवश्यकता पर्न सक्छ। उनीहरुलाई गाडिएका ठाउँभित्र खाने, पिउने सबै चीजहरु राखिन्थ्यो ।

चीनमा उत्खनन गर्दा त्यहाँका राजासँगै माटोका पुत्लाको पुरै सेना गाडिएको फेला पर्यो । यसै प्रकार हरेक मुलुकमा मृत आत्माका साथ उसका जरुरतको चिजहरु गाडिएको पाइन्छ ।

मध्य पूर्वी देशमा चिहान भित्र किताब, धार्मिक पुस्तक तथा अन्य धेरै चीजहरु गाडिएको पाइन्छ । हर देशमा यस प्रकारको परम्परा रहेको छ । यहाँसम्मकी हंगकंगमा यदि व्यक्ति मरे उसको साथ नक्कली नोट जलाउछन् ताकि स्वर्गमा उसलाई रुपैयाँको कमि नपरोस। कागजको कार जलाइन्छ, कागजको घर जलाउछन् सायद कार तथा घरको आवश्यकता नहोस भनेर ।  

भन्नुको अर्थ हामी यस प्रकार अनेकौं वस्तुहरुको दान गर्छौ त्यस दिवंगत आत्माको इच्छा तृप्त गर्नको लागि। अनेकौ उपाय गर्छौ कि त्यो आत्मा भूत प्रेत बनेर नभट्कियोस भनेर ।

सन्तहरु भन्छन् , ' मानिस जुन चितामा जलेर खरानी हुन्छ, यो शरीर जब अग्निमा प्रज्वलित हुन्छ, हड्डिहरु जलेर खरानी हुन्छ, छाला खरानी हुन्छ, केहि पनि साथमा जानेछैन । वास्तवमा हाम्रो आत्माको जुन साधना छ, त्यो प्रभुको त्यस सत्य नामको कमाइ हो त्यही हाम्रो साथ जानेछ बाकि सबै यहि पृथ्वीमा रहनेछ ।'

जब अकस्मात कसैको मृत्यु हुन्छ र जसले आफ्नो भोगलाई पूर्ण भोग्न पाएको हुदैन उसको स्मृति उसको यादगार बनि रहन्छ। र उ दोस्रो जन्ममा प्रविष्ट भएर आफ्नो पुर्वजन्मको केहि भोग स्मृतिको रुपमा भोग्छ। जसलाई मनोवैज्ञानिक भोग भनिन्छ र त्यो भोगलाई भोगेपछि जब उसको भोग समाप्त हुन्छ तब उ ठूलो भएर विस्तारै त्यसलाई विर्सदै जान्छ। जब सो आत्माले स्मृतिलाई साथमा लिएर जान्छ तब अघिल्लो जन्मको कुरा सबै याद आउछ ।

भगवान श्रीकृष्ण भन्नुहुन्छ-
    
नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो, न शोषयति मारुतः ॥      

त्यो शक्तिलाई न अस्त्र शस्त्रले काट्न सक्छ ।  न त्यसलाई आगोले जलाउन सक्छ । न त्यसलाई हावाले सुकाउन सक्छ न पानीले नै त्यसलाई गलाउन सक्छ । यो आत्मा सनातन हो । यस्तो एक अजर अमर र अविनाशी आत्मशक्ति हामी भित्र छ । जुन शरीर समाप्त भएपनि समाप्त हुदैन ।

मरेर फर्किएकाहरु के भन्छन् ?

कतिपय देशमा मृत्युपछि मानिस कहाँ जान्छ ? यस बिषयमा रिसर्च भएका छन् । त्यहाँ हजारौ यस्ता संस्मरण रेकर्ड गरिएको छ । जसमा बताइए कि हाम्रो मन निकै अशान्त थियो जसको कारण हामीले आत्महत्या गर्‍यौ र हाम्रो आत्मा शरीरबाट निस्कियो । आत्मा निस्किएपछि हामी एक यस्तो स्थानमा पुग्यौ कि जुन निकै डरलाग्दो थियो । त्यहाँ हामीले देख्यौं कि मानिसहरु ठूला यातना भोगि रहेका छन् । त्यो देखेर हामी डरायौ। तब एक झड्का लाग्यो, हाम्रो आत्मा अचानक हाम्रो शरीरमा प्रवेश गर्‍यो । हामी फेरी जिवित भयौ । त्यस समय हामीले यो महसुस गर्‍यौ कि हामीले आत्महत्याको जुन प्रयास गर्‍यौ त्यो ठिक थिएन, शरीरसँग अन्याय गर्यौ ।

यस्तै धेरै व्यक्तिहरुको संस्मरण नोट गरियो जो अचानक मरे र फेरी जीवित भए । यस्ता व्यक्तिहरुले भने कि जब हाम्रो मृत्यु भयो हामीले एक यस्तो सुरुङ देख्यौ जसमा रहेको प्रकाश देखेर हामी यती मोहित भयौ कि, हाम्रो यो प्रयास रह्यो कि त्यस प्रकाशमा हामी लिन हुन सकु। यसप्रकार जसले जीवन भित्र ईश्वर सम्बन्धी चर्चा सुने, राम्रो कर्म गरे ती ज्योति भित्र लिन हुन चाहन्थे र यसको विपरित जसले आफ्नो जीवनमा खराब कर्म गरे, जसले न आफ्नो भलाई गरे, न त अरुको भलाई गरे। जो आफ्नो जीवनको अन्त गर्न चाहे यस्ता मानिसको डरलाग्दो संस्मरण थिए यि ।

अर्का एक व्यक्तिको कथा यस्तो छ। जब उनि स्कीङका क्रममा बरफको माथि कुदिरहेका थिए। अचानक उनले संतुलन गुमाएर स्कींगको लठ्ठि छातीमा लाग्यो । डाक्टरहरुले उनलाई बाच्न नसक्ने बताए ।

ती व्यक्ति आफ्नो घटना सुनाउछन्,' त्यस स्थितिमा मेरो शरीर अस्पतालमा थियो र मेरो आत्मा अस्पतालको छतमाथिबाट हेरिरहेको थियो । म देखिरहेको थिए कि मेरो शरीर जमीनमा रहेको छ र डाक्टर मेरो शरीरमा जुटिरहेका थिए मलाई बचाउनको लागि परिश्रम गरिरहेका थिए किनभने त्यस समयसम्म मेरो मुटुले काम गरिरहेको थियो । अंतमा डाक्टरले  हार मानेर भन्छन् यी अब जीवित छैनन् त्यसपछि सबै जान थाले ।'

तब अचानक उसलाई धक्का लाग्छ र उनको आत्मा पुन: शरीरमा आउछ। शरीरमा तरंग उत्पन्न हुन्छ र मुटु पनि धड्किन थाल्छ ।

ती व्यक्ति भन्छन्,' त्यस समय मेरो अनुभव निकै विचित्रको थियो । मैले निकै अनौठो उपलब्धि प्राप्त गरे । अब म सोच्छु मैले संसारमा निकै चिज प्राप्त गरे, धन वैभव प्राप्त गरे तर पछिको कमाइको लागि केहि सोचिन । मृत्युपछि मैले के लिएर जाने, कहाँ जाने, यसको तर्फ त मैले ख्याल नै गरिन ।'

यसकारण हाम्रा सन्तहरुले भने, ' मानिस जुन चितामा जलेर खरानी हुन्छ त्यो तिमिसँग कसरी जान्छ ? यो शरीर जब अग्निमा प्रज्वलित हुन्छ, हड्डिहरु जलेर खरानी हुन्छ, छाला खरानी हुन्छ, केहि पनि साथमा जानेछैन ।'

सन्तहरु भन्छन्,' वास्तवमा हाम्रो आत्माको जुन साधना छ, त्यो प्रभुको त्यस सत्य नामको कमाइ हो त्यही हाम्रो साथ जानेछ बाकि सबै यहि पृथ्वीमा रहनेछ ।'

त्यसका लागि केहि सोच्नुभएको छ? सन्तहरुले त सम्झाए कि तिमी नाडीको कुरा गर्छौ यो तनको नाडी पनि हामीसँग जानेछैन । यसकारण भजनको कमाइ गर किनभने यो जुन सुमिरण छ, यो जुन भजन छ यहि हामीसँग जानेछ। यही त्यो अविनाशी बस्तु हो जसको मृत्युपछि समाप्ति हुदैन ।


समुन्द्रमा डुबेर मरेका सेठ जब १५ बर्षपछि फर्किए

आत्माको अस्तित्वसँग जोडिएको एक वास्तविक घटना यस्तो छ । कुनै परिवारमा एक छोराको जन्म भयो ।  जो बढ्दै जादा भन्न थाल्यो, 'आमा तपाईको घर त सानो छ । मेरो घर त यो भन्दा ठुलो थियो । तपाईसँग त मोटर गाडि पनि छैन । मसँग त चार गाडी थिए ।'

यस प्रकार उसले आमालाई सधै भन्ने गर्थे, 'तिमि मलाई जुन यो खाना खान दिन्छ्यौ यो त केहि पनि हैन म त निकै राम्रो खाना खान्थे । मेरा दुई श्रीमती थिए ।' यती सानो उमेरमै उनलाई यी सबै कुराको ज्ञान थियो । उनले श्रीमती र घर के हो बुझेका थिए ।

जब उनि अझ ठुलो हुदै गए तब उनले भन्न थाले  कि उनि सम्पन्न शहरको फलाना रोडमा बस्थ्यो र त्यहाँ उसको ठुलो कारोबार थियो । यो सुनेर उसको आमा बुवाले केहि मानिसहरुलाई बुझ्न पठाए कि यस्तो कुनै ठाँउ छ । जब खोज्न पठाएकाले थाहा पाए कि त्यस्तो सडक छ । सडकको छेउमा एक ठूलो बंगला छ जसमा एक सेठ थिए । उनको चार पाँच गाडी थिए । दुई श्रीमती थिए । केटाले भने,'दस पन्ध्र बर्ष अघि जब म समुन्द्रमा नुहाउन गएको थिए तब पानीको छालको कारण मेरो मृत्यु भयो ।'

अब हेर्नुहोस बच्चालाई यसको ज्ञान कसरी भयो जब त्यो घटना १०-१५ बर्ष पहिले घटेको थियो । यस्ता एक नभइ अनेकौ घटनाहरु घटेका छन् जसलाई वैज्ञानिकहरु सामु राखियो। सा-साना बच्चाहरु जब आफ्नो पुनर्जन्मको कुरा गर्छन् आफ्नो  अघिल्लो जन्मको घटनाहरुको कुरा गर्छन् तब वैज्ञानिकहरुले पनि मान्नु पर्यो कि आत्माको अस्तित्व छ ।

अब यो विचार गर्नुपर्ने कुरा छ कि सेठ जब अघिल्लो जन्ममा थिए उनको शरीरलाई चितामा राखेर जलाए होला उनको दाहसंस्कार गरिएको होला। जब उनको शरीर जलेर खरानी भयो तब त्यो खरानीलाई पानीले पखालियो त्यो पानीमा घुलमिल भयो। फेरी पनि एक यस्तो चीज रह्यो जसकारण सेठको स्मृति यादलाई कायम राख्यो र बच्चा भित्र प्रकट भएर त्यो स्मृति बोल्न थाल्यो कि यस्तो सेठ थिए । तब वैज्ञानिकहरुलाई मान्नु पर्‍यो कि एक यस्तो शक्ति छ जसलाई आगोले पनि समाप्त गर्न सक्दैन र पानीले पनि घोल्न सक्दैन ।  त्यस शक्तिको व्याख्या गर्दै भगवान श्रीकृष्ण भन्नुहुन्छ ।
    
नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो, न शोषयति मारुतः ॥    
 

त्यो शक्तिलाई न अस्त्र शस्त्रले काट्न सक्छ ।  न त्यसलाई आगोले जलाउन सक्छ । न त्यसलाई हावाले सुकाउन सक्छ न पानीले नै त्यसलाई गलाउन सक्छ । यो आत्मा सनातन हो । यस्तो एक अजर अमर र अविनाशी आत्मशक्ति हामी भित्र छ । जुन शरीर समाप्त भएपनि समाप्त हुदैन । जब सो आत्माले स्मृतिलाई साथमा लिएर जान्छ तब अघिल्लो जन्मको कुरा सबै याद आउछ ।

पुनर्जन्मको स्मृति बनिरहनुको पछाडि धेरै कारण छन् । जब अकस्मात कसैको मृत्यु हुन्छ र जसले आफ्नो भोगलाई पूर्ण भोग्न पाएको हुदैन उसको स्मृति उसको यादगार बनि रहन्छ। र उ दोस्रो जन्ममा प्रविष्ट भएर आफ्नो पुर्वजन्मको केहि भोग स्मृतिको रुपमा भोग्छ। जसलाई मनोवैज्ञानिक भोग भनिन्छ र त्यो भोगलाई भोगेपछि जब उसको  भोग समाप्त हुन्छ तब उ ठुलो भएर विस्तारै त्यसलाई विर्सदै जान्छ ।

यदि पुनर्जन्मको कुरा नबिर्सिए मनुष्य संसारमा जीवित रहन सक्दैन । यदि तपाईलाई सबै अघिल्लो जन्मको कुराको ज्ञान रहे तपाईलाई बाच्न मुस्किल हुनेछ । तब तपाई छिमेकीमा हेरेर भन्नु हुनेछ त्यो जन्ममा जब म कुकुर बनेको थिए तब मलाई यसले ढुंगाले हानेर खेदाउथ्यो । अझ अगाडि हेरेर त्यस जन्ममा जब म गाई बनेको थिए तब लठ्ठिले हानेर यसले मलाई कुट्थ्यो । फेरी पछाडि हेरे, ए यो पनि बसेको छ । जुन जन्ममा म गोरु बनेको थिए यसले मेरो छाला सियोले रोपेर प्वाल बनाउथ्यो ।

यस्तो स्मृति रहि रहे के हुनेछ ? कसैसँग पनि तपाईको प्रेममय सम्बन्ध रहने छैन ।  जब तपाई दायाँ बायाँ हेर्नुहुन्छ र ती व्यक्तिहरुलाई हेर्नेहुनेछ जसले तपाईलाई पिडित गरेका थिए तब यस संसार भित्र तपाईलाई असैह्य हुनेछ तपाईको मानसिक संतुलन बिग्रनेछ । यसकारण पूर्वजन्मको स्मृति समाप्त गर्नको लागि भगवानले तपाईलाई एक नयाँ मौका दिनुभयो। कि जे कुरा बिते त्यसलाई भुल र तिमिलाई नयाँ जीवन मिलेको छ यसलाई सम्हाल । यस जीवनमा यदि तिमिले भगवानको भक्ति गरे मुक्त हुनेछौ ।

नयाँ