- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हाम्रो संस्कृतिमा कति राम्रो उदाहरणहरू मिल्छन् । रामले पिताको वचन पूरा गर्न चौध वर्ष वनमा बस्न स्वीकार गर्नुभयो, यद्यपि पिताले आफ्नो मुखले वनमा जाने आज्ञा दिएका थिएनन्, तथापि माता कैकेयीको इशारा मात्रले वनवास जानुभयो । सीतालाई वनवास मिलेको थिएन, तर समस्त राज सुखहरूलाई ठोक्कर मारेर वनमा पतिको साथ जानुभयो। लक्ष्मणले पनि राज सुखहरूलाई त्यागेर दाजुको सेवा गर्नु राम्रो ठाने।
उता भरतले राज्य पाएर पनि आफैं-आफलाई नीच, अधम, पिताको हत्यारा सम्झिए। जब भरत रामलाई फर्काएर ल्याउन चित्रकूट गए, तब दाजुको चरणमा शिर राखेर भन्छन्,'भ्राता! म तपाईंको बदलामा चौध वर्ष जंगलमा बस्ने छु, तपाई गएर अयोध्यामा राज्य गर्नुहोस् ।' तर भगवान राम भरतलाई सम्झाउँदै भन्नुहुन्छ, 'भाइ, यसरी त हामी दुवैले पिताको आज्ञाको उलंघन गर्नेछौं, किनभने तिमीलाई राज्य गर्ने अनि मलाई वनमा जाने आज्ञा भएको छ। यसकारण हामीले पिताको आज्ञाको पालन गर्नुमा नै हाम्रो भलाई छ।' दुवै भाइले राज्यको अलिकति पनि लोभ गरेनन् ।
आज संसारमा यस्ता मानिसहरू पनि छन् जसले धन-मान र राज्यको लोभले भाइको हत्या गर्दछन्, बाबुको मार्छन्, परिवारलाई समाप्त पार्छन् । आखिरीमा भरतले रामको खराउ शिरमा राखेर ल्याउँछन् अनि सिंहाशनमा खराउ राख्नेर रामको तर्फबाट राज्यको काम सम्हाल्छन्।
चौध वर्ष समाप्त भयो, आखिरी दिन रहेको थियो। भरत अयोध्यामा बसेर सोचिरहे, 'प्रभु राम आउँनुमा केवल एक दिन मात्र रह्यो, के कारण प्रभु अहिलेसम्म आउनु भएन? कहिं प्रभले मलाई कप्टी ठानेर बिर्सनु त भएन!
अहह धन्य लक्ष्मण बड़ भागी, राम पदारविन्दु अनुरागी।
कपटी कटिल मोहि प्रभु चिहा, ताते नाथ संग नहीं लींहा।।
अहो लक्ष्मण कति भाग्यमानी जो हर समय प्रभुको साथमा बस्छन् अनि मलाई कप्टी, कुटिल सम्झेर नै प्रभुले साथमा लैजानु भएन । यदि प्रभुले मेरो कामहरुको बारेमा सोच्नुभयो भने करोडौं कल्पहरूमा पनि मेरो कल्याण हुन सक्दैन, तर प्रभुले आफ्नो भक्तहरूको अवगुणहरूलाई हेर्नु हँदैन, भगवान त दीनबन्धु हुनुहुन्छ । उहाँको अति कोमल मृदु स्वभाव छ। मेरो हृदयमा यो दृढ़ अनि पूर्ण विश्वास छ कि भगवानले चाँडै दर्शन दिनु हुनेछ ।आखिरी दिन बितेर पनि प्रभु राम आउनु भएन अनि फेरि पनि मेरो शरीरमा प्राण रह्यो भने म जस्तो अधम र नीच संसारमा अर्को कोहि हुनेछैन।'
भरत भगवानको विरह रूपी सागरमा डुबेर आँखाबाट आँसु खसालिरहेका थिए। अचानक हनुमानले आएर अमृतमय वाणीमा भन्छन्, 'जसको विरहमा दिन-रात सोच्छौ, दिन-रात जसको गुण गाउँछौ, उनी प्रभु सीता र लक्ष्मणको साथ आइरहनु भएको छ।'
हनुमानलाई देखेर भरतले भन्छन्, 'हे। तात! तपाई को हनहन्छ जसले यस्तो प्रिय र परम सुख दिने खबर सुनाउन भयो?' हनुमानले भन्छन्, 'म बाँदर जातिको हुँ, मेरो नाम हनुमान हो अनि प्रभुको सानो सेवक हुँ।' प्रभुको सेवक जानेर भरतले हनुमानलाई अंकमाल गर्छन् अनि भन्छन्, 'हे भाइ! तपाईसंग भेट भएपछि मेरो सबै दुःख दूर भयो मानौ मलाई आज प्रभु रामकै दर्शन भयो।
कपि तब दरस सकल दुख बीते।
मिले आजु मोहि राम पिरीते।।
हनुमान भरतलाई भेटेर समाचार सुनाउन प्रभु राम भएकोमा जान्छन्, अनि फेरि अध्योध्यावासी सबै नर-नारी रामको दर्शन गर्न अगाडि आए। भगवान राम आउनुभयो अनि प्रथम गुरुका चरणमा प्रणाम गर्नुभयो। गुरु वशिष्ठले सोधे, 'भन राम! कुशल-मंगलै छ होइन?' भगवान हुनको नाताले रामले यो भन्नु भएन कि, 'हजुर, महाराज! कुशलै छु अपितु यसो भने-
भटि कुशल बूझी मुनिराया।
हमरे कुशल तुम्हरिहि दाया।।
हे गुरु महाराज! मेरो कुशलता त तपाईंकै दयामा छ। जसमाथि तपाईंको कृपा र दया हुन्छ ऊ हर समय, सबै ठाउँ कुशल नै रहन्छ । यो थियो हाम्रो संस्कृति, गुरु परम्परा जसको कारण संसारमा भारत उन्नत र महान कहलाइन्थ्यो। क्रमश...
धर्मले सबै प्राणीमाथि दया र प्रेम गर्न सिकाउँछ (भाग-२)
बुल्लेशाह फकीर थिए। उनको जन्म मुसलमानको घरमा भएको थियो । तर मुसलमान भएर पनि न त रोजा (व्रत) राख्थे, न नमाज पढ़थे, न कहिले मस्जिद नै जान्थे। हज गर्न कहिले मक्का पनि गएनन्, तर उनी खुदाको (ईश्वरको) साँचो भक्त थिए।
फकीर भएर पनि साँचो शान्ति पाएका थिए। मुसलमानहरुले उनलाई काफिर (नास्तिक) भनेर बोलाउँथे। तर मानिसहरुले उनलाई काफिर भनेर बोलाउँदा उनले आफ्नो मनमा भन्थे-'बोल्ने! मानिसहरुले तँलाई काफिर भन्दा तैंले अँ म काफिर हुँ भनिदे, तेरो के जान्छ ।'
कबीरदासले हिन्दु, मुसलमानहरुलाई भगवानको भक्तिको एउटै मार्ग बताए, एउटै उपदेश दिए, एउटै ज्योति या नूरको ज्ञान सबैको हृदयमा गराए। भगवानको सत्य नामको ज्ञान सबैलाई उनीहरूको हृदयमा नै गराए । तर यसका पनि जातिको अभिमानी हिन्दू र मुसलमान उनको विरोधि नै रहे । कबीरदासले पनि मानिसहरूको यस्तो व्यवहार देखेर आफ्नो मनलाई यसरी सम्झाए-
कबीरा तेरी झोपडी, गलकट्टों के पास।
जो करेगा सो भरेगा, तू क्यों भया उदास ।।
यी मानिसहरूले आफ्नो आत्मा रूपी गाईको गला काटिरहेका छन् । आत्मादेखि विमुख भएर अग्नि, जल, वायु, पृथ्वी र पुस्तकहरूको पूजा गर्नमा लागेका छन्, भने त्यसैमा लागिरहन देऊ। जब विचार नै गर्दैनन, साँचो र झुटोलाई सम्झने कोशिश नै गर्दैनन्, भने आफ्नो कर्मको दण्ड उनीहरू आफैले भोग्ने छन् ।
एकपटक ब्राह्मण पण्डित र मौलवीहरू मिलेर एकसाथ कबीरदासजीकोमा गए अनि कबीरदासजीलाई सोधे, 'तिमी हिन्दु हौ या मुसलमान, बताऊ?' कबीर साहबले भने-
हिन्दू कहो तो हूँ नहीं, मुसलमान भी नाहीं।
पाँच तत्व का पुतला, गैबी खेले माहीं।।
मुसलमानहरूले मस्जिद बनाए अनि त्यसमा खुदालाई बन्द गरे । हिन्दूहरूले मन्दिर बनाए अनि त्यसमा भगवानलाई कैद गरेर राखे। ईसाईहरुले ईसामसीहलाई गिरजाघरमा बन्द गरे। सम्झ के भगवान कैद गर्ने चीज हो? जो सबैको हो, ऊ त सबैको नै रहने छ । यदि खुदा मुसलमानहरुको मात्र भए उनले हिन्दूहरूलाई कदापि जन्म दिने थिएनन् ।
यदि टुप्पी, तिलक या जनैवाला भगवान हिन्दू भएको भए ईसाई र मुसलमानलाई कहिल्यै जन्म दिने थिएनन् । जसले जगतको मालिकलाई हिन्दू या मुसलमान सम्झन्छन्, उनीहरू संकुचित, एकदमै सानो विचारका हुन् । जसले भगवानलाई मन्दिरमा अनि खुदालाई मस्जिदमा बन्द गरेर लाखौं निरापराध मनुष्यको गला कटाईरहेका छन्, के यस्ता मानिसहरूदेखि भगवान खुशी हुन सक्छ? जब संसारी पिता नै दुई छोरा आपसमा लडदा खुशी हुँदैन भने जो जगतको परमपिता हुन, उनी हामी आपसमा लडदा कसरी खुशी हुने छन् ? सबै प्राणीसंग प्रेम गर्नाले नै भगवान खुशी हुन्छ।
मुसलमानहरूमा औरंगजेब नामको ठूलो अन्यायी बादशाह थिए जसले आफ्नो धर्म बढाउन जबर्जस्ती लाखौं हिन्दहरूलाई मुसलमान बनाए अनि धेरै नीच काम पनि गरे। उसले आफ्नो दाजु-भाइहरुलाई मारे अनि पिता औरंगजेबलाई जेलमा हालेर बन्दी बनाए। लाखौं निर्दोषहरूलाई मार्न लगाएर राज्य हत्याए । यहाँसम्म कि आफ्नो पितालाई जेलमा पानी बिना तडपाएर मरे ।
जेलमा पितालाई जुन एउटा घडा दिएको थियो, एक दिन त्यो जेठको गर्मीमा फूट्यो। पिताले धेरै बिन्ती गरे, तर औरंगजेबले अर्को घडा दिएनन्। मर्ने बेलामा पिता शाहजहाँले भने, यो मुसलमानी धर्मभन्दा त हिन्दुहरुको धर्म लाख गुना राम्रो हो, जसले मरेपछि मुर्दालाई पनि पानी दिन्छ अनि यो पनि एउटा छोरा छ जसले जिउँदो बाउलाई पानी न दिएर प्यासले मारिरहेको छ । आखिर शाहजहाँले पानी बिना प्यासले तडपिएर नै प्राण त्यागे, तर पानी पाएनन्। कुनै पनि धर्मले यस्तो सिकाउँदैन। धर्मले त सबै प्राणीहरूमाथि दया र प्रेम गर्न सिकाउँछ।
धर्मले सबै प्राणीमाथि दया र प्रेम गर्न सिकाउँछ (भाग-१)
रुखका जराहरू तल भूइँभित्र अनि हाँगाहरू बाहिर माथि हुन्छन्, तर संसार रूपी वृक्षको जरा माथि अनि हाँगाहरू तलतिर फैलिएका हुन्छन् । जरा यानी जडतिर जानाले सुख- शान्ति तथा मोक्ष मिल्छ । काम, क्रोध, लोभ, मोह, अहंकार रूपी चौरासीमा फस्नाले कष्ट अथवा चौरासी लाख योनि मिल्छ । संसारमा दुई चीज छन्, एउटा चञ्चल, असत्य र जड, जसलाई अपरा प्रकृति भनिन्छ अनि अर्को सत्य, निश्चल, चेतन वस्तु छ। करोडौं मनुष्यमा विरलै मनुष्यले निश्चल तथा सत्यलाई जान्ने मन गर्दछन् ।
विरलैले मात्र सबै कुरामा सत्यको सम्बन्ध रहेको जान्दछन | सत्यको बारेमा व्याख्यान दिने अनेक मनुष्य पनि चञ्चल अनि अनित्य जड मायातिर नै दौडिरहेका छन । चञ्चल मायामा नै जन्म हुन्छ, यसैमा शरीर बढछ, यसै अनित्यलाई पाउनको लागि चञ्चल रहन्छ अनि अन्त्यमा त्यसैमा शरीर पनि छोडछ। सारा संसारका प्राणी चञ्चलतातिर दौड लगाइरहेका छन् अनि त्यहि चेष्टामा मर्दै गइरहेका छन्, तर पनि छाँयाको पछाडि छाँयालाई समात्न दौडेको जस्तो दौडिरहेका छन्, जुन छाँया कसैको पकडमा आउँदैन।
शरीर जड अनि आत्मा चेतन छ। संसार सपनाको चीज जस्तो बदलिरहन्छ, तर आजका समस्त संसारले आत्मालाई भूलेर जड मायालाई चाहन्छन्, तर जड पदार्थहरुमा चेतनको आनन्द कहाँ मिल्न सक्छ? आज सबैले आत्मालाई भूलेर शरीरलाई सजाउँनमा लागेर आफ्नो आयु व्यर्थ गुमाइरहेका छन् । भ्रमवश मानिसहरु अनित्य संसारलाई नित्य सम्झन्छन् अनि जुन आत्मा नित्य छ, यसको अस्तित्वमा सबैलाई सन्देह हुन गएको छ। जसले आत्मालाई जान्न चाहन्छन् या साधन गर्दछन्, उनीहरूले पनि जड पदार्थहरूकै मात्र पूजन-ध्यान गरिरहेका छन् । तर जडद्वारा चेतनको ज्ञान कसरी हुन सक्नेछ ।
आजको युग मायावाद (materialism) हो। आजको युगलाई कलियुग भनिन्छ। चारैतिर कलहको, झगडाको राज छ। दूध, घिउ, खान-पान सबै मेशिनहरूद्वारा बन्न थालेका छन्। यहाँसम्म कि मेशिनद्वारा सन्तान पनि उत्पादन गरिन थालिएको छ। सबैले मेशिनहरूद्वारा सुख-शान्ति पाउन चाहन्छन् । यस्ता मानिसहरूको दृष्टिमा ईश्वर नामको कुनै चीज छैन । राम्रो अग्ला-अग्ला भवनहरु, टेबल, कुर्सी, सोफा, टिभी, सिनेमा, क्लब नै मानिसहरुको लागि सबै कुरा भएका छन्, तर जसले पनि यी चीजहरूमा शान्ति सम्झन्छन्, यो उनीहरुको भूल हो; किनभने मेशिनको या विज्ञानको विकासद्वारा उच्च शिखरमा पुगेर पनि शान्ति नपाएर मानिसहरू रोई-कराई गरिरहेका छन । भोका-प्यासा, रोगी दरिद्रहरू त रोईरहेका छन् नै, तर धनीमानी तथा अरुलाई शान्ति दिनेहरू पनि स्वयं अशान्त र दुःखी भएर दिन-रात यता-उता दीडिरहेका छन् । पञ्चशील सिद्धान्त शान्ति ल्याउन बनाएका थिए, तर त्यसबाट पनि संसारमा शान्ति आएन ।
उसो त संसारका सबै मानिस अनि सबै देशले आफ्नो वातावरणको अनुसार अनेक कुराहरूमा उन्नति र शान्ति सम्झन्छन। जुन देशमा अन्नको कमी छ, त्यो देशले सम्झन्छ, अन्न धेरै उब्जाउनाले देशको जनता सुखी हुने छन् । जसकोमा मेशिनरी र हतियारहरू छैन, उनीहरू मेशिन र हतियारहरू पायो भने शान्ति मिल्छ भनेर सम्झन्छन् । तर यो कसैले सोच्दैन कि शान्ति र सुख सारा संसारको लागि एउटै छ। जसरी मिश्री र गुड सबैलाई मीठो अनि नीम सबैलाई तीतो लाग्छ, उस्तै शान्ति पनि सबैको लागि एकै छ। भोगीले भोगहरूलाई शान्ति सम्झन्छ, तर योगीको लागि भोग रोग समान हुन्छ । फेरि भोग सबैलाई शान्ति दिने कहाँ भयो? यसमा पनि मिश्री भन्दैमा मुख मीठो अनि नीम भन्दैमा मुख तीतो हुँदैन, उस्तै गरी शान्ति-शान्ति भन्दैमा या शान्ति सम्मेलनमा भाषण दिदैमा मात्र संसारमा कहिल्यै शान्ति हुन सक्दैन।
हजारौं मानिसहरुले बिहान-बेलुकी संन्ध्या-पाठमा शान्ति पाठ पनि गर्दछन्, तर के यसरी शान्ति पाठ गर्दैमा कसैलाई शान्ति भएको पनि छ? सबैको अन्तरात्मा अशान्त छ । संसार बमहरुको मारले अशान्त छ। वृक्षहरु अशान्त छन्, पानीमा मिसाइलरूको परीक्षण हुन्छ, यसकारण पानीका जल-जन्तुहरू दुःखी र अशान्त छन् । भन्नुको तात्पर्य अग्नि, वायु, जल, पृथ्वी, आकाश सबै देवता अशान्त छन्, तब के पाठ गर्दैमा सबैमा शान्ति आउने छ? आखिर शान्ति कहाँ छ! कस्तो छ!! कसरी मिल्छ!!!
अध्यात्मले नै संसारलाई शान्ति दिन सक्छ । अनेक महापुरुषले यहि कुरा बुझाउदै आएका छन् । पश्चिमका मानिसहरूले बेसीभन्दा बेसी यहाँका मानिसहरुलाई एटम बम बनाउन सिकाउने छन् । जब यहाँका मानिसहरूले पनि बमगोला बनाउन सिक्ने छन्, तब उनीहरुले पनि छिमेकी देशहरूमाथि बम फ्याँकेर उनीहरूलाई मार्ने छन, तर हाम्रो संस्कृति छिमेकीलाई सुख पुयाउने संस्कृति हो । कसैलाई दुख दिनु हाम्रो सिद्धान्त होइन । हाम्रो संस्कृतिले भातृ-प्रेम सिकाउँछ: तर सवाल यो छ कि संसारमा भातृ-प्रेम कसरी हुने छ? ।
सन्त-महात्मा या सज्जन व्यक्तिहरू यहि भन्छन् कि समस्त मानव जाति एउटै परमपिता परमात्माका सन्तान हुन, यसकारण हामी सबै भाइ-भाइ हौं । तर मानिसहरू अनेक जाति र धर्ममा बाँडिएका छन् अनि यो अनेक धर्म नै संसारमा लडाई र विरोधको कारण बनेको छ, यद्यपि हामी देख्छौं कि स्त्री- पुरुष, बच्चा-बूढ़ा, हिन्दू-मुसलमान, गोरो-कालो सबैको आँखाले देख्ने, कानले सन्ने, नाकले सुघ्ने, जिब्रोले चाख्ने र बोल्ने काम नै गर्छ। प्राकतिक या ईश्वरीय नियम सबैको लागि एक छ। ईश्वर पनि सबैको लागि एक छ। अग्नि, वायु, जल, पृथ्वी, सूर्य, चन्द्रमा पनि सबैको लागि एक छन्, तर धर्मलाई मात्र मनुष्यले किन अनेक सम्झेका छन्।
आजकल त मनुष्यका गुरुहरू नै विचित्र-विचित्रका छन् । कसैले दाह्री पालेर बढ़ाएको छ, कसैले जट्टा पालेको छ, कसैले केश सबै खौरेर लामो टुप्पी राख्नेको छ, बस, यसैलाई धर्म सम्झेर बसेका छन् । असली चीजलाई भूलेर अनि झुटो कुराहरूमा लागेर मानिसले नै मानिसको गला काट्न थाले। जबसम्म जीवले आफूसंग रहने परमेश्वरलाई जानेर उसको भजन-सुमिरण गर्ने छैन केवल शरीरमा आसक्त भएर इन्द्रिहरुलाई सुख पुर्याउन साधनहरू गरिरहने छ, तबसम्म न उसलाई सुख-शान्ति मिल्ने छ न त साँचो धर्मको ज्ञान नै हुने छ। जब भगवानको कृपाले मिलेको मनुष्य शरीरभित्रको आत्मालाई चिन्छ जुन सर्वत्र सबैभिन्न एक समान छ, तब तत्काल मोह- माया सबै प्रकारको भ्रमहरूबाट छुट्छ अनि उसले संसारमा कसैलाई पनि दोषी या शत्रु देख्दैन, सबैलाई आफ्नै आत्मा सम्झेर माया गर्दछ।