वैज्ञानिक प्रयोगशाला र पुजारी मन्दिरमा के खोज्छन् ?

सत्य के हो ?

आत्मज्ञान प्रकाशित मिति : २०७६ फाल्गुण १ बिहिबार

काठमाडौं ।  एक वैज्ञानिकलाई जति प्रेम आफ्नो प्रयोगशालासँग हुन्छ त्यतिनै प्रेम एक पुजारीलाई भगवानको मन्दिरसँग हुन्छ। पुजारी पनि मन्दिरमा भगवानको अघि आरती गर्छ, भोग लगाउछ, उपासना गर्छ। उसको लक्ष्य भगवानको दर्शन गरु भन्ने हुन्छ। जो सृष्टिकर्ता हुनुहुन्छ, जो परम सत्य छ त्यसलाई जानुँ भन्ने नै हुन्छ। एक वैज्ञानिक पनि आफ्नो प्रयोगशालामा यही चाहन्छ कि म त्यस पूर्ण सत्य (absolute truth) लाई जानु , सत्यको खोज गरु भन्ने नै हुन्छ।

त्यसो भए सत्य के हो ? यो निकै बहुत ऐतिहासिक वाक्य हो। आज पनि यही मूल प्रश्न हुनुपर्छ कि सत्य के हो ? यही सबैभन्दा ठूलो प्रश्न हो संसारमा। हाम्रो ऋषि-मुनिहरुको पनि सधै यही प्रार्थना रह्यो कि:
असतोमा सद्गमय!
तमसोमा ज्योतिर्गमय !!
मृत्योर्माऽमृतं गमय !!!

उनिहरुले भने हे भगवान ! हामीलाई असत्यबाट सत्यतर्फ लिएर जानुहोस, अध्यारोबाट ज्योतिको तर्फ लिएर जानुहोस, मृत्युबाट अमृततर्फ लिएर जानुहोस । अब हामीले यो सोच्नुपर्नेछ कि त्यो असत्य के हो जुन असत्यमा अल्झिएका व्यक्तिले प्रार्थना गरे । हे प्रभु ! हे जगदीश्वर !! मलाई असत्यबाट सत्यतर्फ लिएर जानुहोस । हामी त्यस असत्यको वास्तविकतालाई बुझ्न सकिरहेका छैनौ र उल्टै त्यसै असत्यलाई आज सत्य मान्न थालेका छौ। यही हाम्रो सम्पूर्ण मानवताको दर्भाग्य हो । जस्तो एक व्यक्ति पीतललाई सुन मान्छ वा सुनलाई पीतल सम्झन्छ। तर दुवै अवस्थाहरुमा नै उ गलत हुन्छ र मुर्ख कहलिनेछ । यसै प्रकार सत्यलाई असत्य सम्झिनु र असत्यलाई सत्य मान्नु, यो सबैभन्दा ठूलो मुर्खता हो । तर आजकल त जुन सत्यलाई असत्य मान्छन् र असत्य तथा मिथ्यालाई सत्य मान्छन् उनै विद्वान कहलिन्छन् ।

असत्यले सत्यको कपडा लगाएको
आजको स्थिति ठ्याकै एक द्रष्टान्त आउछ कि एक समय भगवान विष्णुको दर्शन गर्न सत्य र असत्य दुवै निस्किए । दर्शन गर्नुभन्दा पहिले उनीहरु स्नान गर्न गए। जबसम्म मानिस स्नान गरेर शुद्ध हुदैन तब भगवान् विष्णुको दर्शनको सौभाग्य वा उनको फल प्राप्त कसरी हुन्थ्यो ? तब सत्य र असत्यले नजिकैको जलाशयमा पुगी आफ्नो कपडा खोले र स्नान गरे।

असत्यले चाडै स्नान गर्‍यो । स्नान गरेर उ पोखरीबाट बाहिर निस्कियो र सत्यको कपडा लगाएर हिड्यो । सत्य जब स्नान सकेर बाहिर निस्कियो तब देख्यो आफ्नो कपडाहरु त्यहा छैनन, केवल असत्यको कपडा बाकी छ। अब बिना कपडा भगवान विष्णुको दरबारमा कसरी जानु । तब बाध्यताले उ असत्यको कपडा लगाएर त्यहाँ पुग्यो । भन्नुको मतलब, त्यस समयदेखी जुन असत्य छ त्यसले सत्यको कपडा लगाएको छ र जुन सत्य छ, उसले असत्यको कपडा धारण गरेको छ ।

अंधविश्वास
उदाहरणको लागि, यदि कुनै व्यक्तिले भनोस कि तपाईको शहरमा यस्तो सर्प निस्किएको छ जसको मुख मानिसको छ, पुच्छर सर्पको छ तथा उ साक्षात् भगवान विष्णुको अवतार हो तब यो सुनेर हजारौ मानिसहरु त्यहाँ पुग्नेछन्। दर्शन गरेर कोहि यो सोच्नेछैनन् कि यस्तो कसरी हुन सक्छ र फेरी मानवलाई सम्झाउनको लागि, मानवलाई मार्गदर्शन गर्नको लागि यदि भगवान आउनु भए पनि मनुष्य रूपमा नै आउनुहुनेछ, पशु-प्राणीको रूपमा किन आउनुहुनेछ ? तर वास्तविक असत्यले सत्यरूपी कपडा धारण गरेको छ, हामी सबै यही सोच्छौ कि जे हामी सुनिरहेका छौ, यो सत्य हो , ठीक हो।

यस विपरीत यदि कसैले हामीलाई शास्त्रहरुको गूढ रहस्यहरुलाई सम्झाए र यो भने कि, यस जीवनमा परमपिता परमात्माको साक्षात्कार गर्न सकिन्छ, त्यसको अनुभव हुनसक्छ तब मानिसले भन्नेछन् यो त असम्भव हो, यो बिल्कुल झूठ कुरा हो, यस्तो कसरी हुन सक्छ, कसले गरेको छ आजसम्म?

हामी यो विचार गर्दैनौ कि यदि कसैले भगवानको अनभव नगरेको भए पहिले पहिले भगवान छन् भन्ने कसरी बने र दोस्रो हाम्रा ऋषि-मुनिहरुले बिना अनुभूति कसरी लेखे हाम्रो धर्मशास्त्रहरुमा कि परमात्माको अनुभव गर्न सकिन्छ ? अनुभव गरेर नै उनिहरुले भने होलान। तर हामी सन्तहरुको सत्य कुरालाई मान्न तयार छैनौ र असत्यलाई तुरुन्त मान्छौ । जसकारण  हाम्रो समाजमा अन्धविश्वाश बोलबाला भएको छ ।

चन्दामामा
जसै यो बीसौ शताब्दीमा, पंक्षीहरुलाई उड्दै गरेको देखर मानवको मनमा पनि उड्ने इच्छा भयो र वायुयानको निर्माण गरेर उ आकाशमा उड्न थाल्यो। टाढाबाट चन्द्रमालाई देखेर जिज्ञासा भयो कि त्यहाँ के छ? सोचे कि शायद त्यहाँ हीरा, सुन, प्लेटिनम छ। यदि यो चीजहरु उपलब्ध भए हामी धनी हुनेछौ । यस आकांक्षाले करोडौं, अरबौं रुपैया खर्च गरेर व्यक्ति एस्ट्रोनटलाई चन्द्रमामा पठायो । कति मानिसहरुको यो मान्यता थियो कि चन्द्रमामा एक बुढी धागो कातेर बसेकी छन् , कसैले भन्थ्यो चन्द्रमामा गाई बसेको छ, कसैको चन्द्रमामा  एक देव (चन्दामामा) बसेका छन् भन्ने धारणा थियो , केही चीनका मानिसहरुको यो मान्थे कि त्यहाँ माछा मार्ने एक बूढा बसेका छन् ।  तर जब चन्द्रयात्री त्यहाँ पुगे, यी सबै पौराणिक कथाको अन्त्य भयो, यी सबै कल्पनाहरूको अन्त्य भयो न त्यहाँ धागो कात्ने बुढी छन्, न चन्द्रमामा कसैको मामा लाग्छ; त्यहाँ केवल एक मरुस्थल छ, निर्जन स्थान हो। यस प्रकार, व्यर्थको कुरालाई मानेर हामी अन्धविश्वासमा डुबी रहेका छौ ।

दुई गुणा गर्दिने साधु
आज हाम्रो समाजमा अन्धविश्वास बढ्दै गएको छ यसको दोषी पशु होइन मानव नै हो। एक सोनार थिए, जो सन्त-महात्माहरुको कडा विरोध गर्थे। उनले आफ्नो कथा भन्छन् मेरो जीवनमा एक साधु आए, मलाई भने -छोरा। म सय रुपैयालाई दुई सय रुपैयाँ बनाउछु, अर्थात दुई गुणा बनाउछु। मैले त्यस साधुलाई दस रुपैयाको नोट दिए, उसले केहि गरेर दसलाई बीस बनाए; उसलाई फेरी एक सयको नोट दिए तब दुई सयको बनाएर दिए । सोनारले भने मलाई लाग्यो यो साधु त चमत्कारी हुन्। साधुले भने छोरा, त केहि अन्य कुनै कुरा दुई गुणा बनाउन चाहन्छस भने बनाइ हाल, फेरी म त बद्रीनाथ जादैछु। ती सोनार, आफ्नो श्रीमतीको सम्पूर्ण गहना, जवाहरात जब बटुलेर लिएर आए र भने महाराज, यसलाई दुई गुणा बनाइदिनुहोस तब साधुले भने ठिक छ भाई ! एक कोठामा मलाई बसाइ दे र ढोका बन्द गरिदे।  हामी त्यहाँ तपस्या गरेर यसलाई दुई गुणा बनाउनेछु। साधुलाई गहनासहित कोठामा बसाए, बिहानै कोठा खोल्दा साधु गायब थिए, सम्पूर्ण गहना लिएर हिडे झ्यालबाट, रातमै भागे र यस कारण ती व्यक्ति साधु-महात्माहरुको निकै विरोध गर्थे ।

पानीबाट चल्ने कार
एक साधु महाराज थिए, एक कार भित्र बसे र कार हिड्यो, उनिसँग एक सेठ र अन्य केहि व्यक्ति बसेका थिए । जब ड्राइभर कार लिएर अघि बढे, कार चल्न सुरु गर्यो तब साधुले ड्राइभरसँग सोधे के तिम्रो कारमा पेट्रोल छ? उनले भने - छ महाराज , तपाईलाई तपाईको स्थानसम्‍म पुर्‍याइ दिन्छु । जब कार अघि बड्यो तब आधि बाटोमा रोकियो । साधु महाराज भन्छन् - के भयो ? ड्राइभर भन्छन् -महाराज, पेट्रोल सकियो । साधु महाराज भन्न थाले हेर, कस्तो दुष्ट ड्राइभर हो , हामीले यसभन्दा पहिलेनै सोधेका थियौ कि पेट्रोल भर तर यसले  भरेन । खैर अब बीच बाटोमा कुनै पेट्रोलपम्प थिएन, पेट्रोल कहाँबाट आउथ्यो । साधु महाराज भन्छन् -अरे ड्राइभर ! यहाँ कहि पेट्रोलको स्टेशन छ? ड्राइभर भन्छन्  -महाराज, यहाँ कहाँ हुनु , तपाई पर्खनुहोस, म कुनै ट्रक रोक्छु त्यसमा बसेर शहर जान्छु र एक ड्रम पेट्रोल दिएर आउछु । एक दुई घण्टा तपाईहरुले पर्खनुपर्ने हुन्छ । साधु महाराज भन्न थाले म आफ्नो दुई घण्टा समय बरबाद गर्न सक्दिन; जाउ आफ्नो टिन उठाउ र कुनै कुवाबाट पानी भरेर ल्याउ; आज कार पानीबाट चल्नेछ । साधुको कुरा सुनेर सेठलाई ठुलो आश्चर्य लाग्यो कि कार पानीबाट कसरी चल्छ । खैर, ति ड्राइभर टिनको भाडो लिएर कुवामा जान्छन्, त्यसमा पानी भरेर ल्याउछन् र कारमा हाल्छन् । त्यसपछि जब कारलाई स्टार्ट गर्न थाले तब कार चल्यो ।

अब, सेठ जीमाथि यो कुराले ठुलो असर पर्‍यो उनले सोचे हेर कति पहुच भएको साधु महाराज हुन् जो यीनीले भन्नाले मात्र पानीबाट कार चल्न थाल्यो । त्यस दिनबाट ती सेठ ती  साधु महाराजका ठूलो भक्त बने, उनको खूब सेवा गर्न थाले, यो सोचेर कि यदि साधु महाराज ममाथि  प्रसन्न भए शायद माटोलाई सुन बनाइदिनेछन्।

त्यस कारमा जुन एक व्यक्ति बसेका थिए, उसले सोचे भाई, यो त निकै आश्चर्य हो; यदि यस्तो साधु महाराज दुई चार जना मिले त हाम्रो देशको सबै तेलको समस्या हल हुनेछ । जुन आज १००-११२ रुपैया लीटर पेट्रोल किनिरहेका छन् , फेरी २० रुपैया प्रति लीटर किन्नेछन् , सम्पूर्ण कोशी, गंगालाई पेट्रोल बनाउनेछन्, हिन्द महासागरलाई पेट्रोल बनाउनेछन् । संयोगवश ती व्यक्ति एक दिन बजार जादै थिए तब उसले अगाडिबाट तीनै ड्राइभर आइरहेको देखे । उनि ड्राइभर भएको ठाँउमा गए र सोधे -ड्राइभर साहब, ती साधु महाराज त निकै चमत्कारी थिए; उनले पानीलाई पेट्रोल बनाइदिए, कस्तो करिश्मा थियो त्यो ! ड्राइभर भन्छन् भाई, त्यो कुनै करिश्मा-वरिश्मा थिएन ; त्यस टिनको डब्बामा पहिलेबाटै पेट्रोल थियो। साधु महाराजले मलाई केहि ज्यादा पैसा दिन्छन् यस कामको लागि जसकारण म उनले भने अनुसार गर्छु।

 त्यस टिनमा पहिलेबाट नै पेट्रोल थियो, उनले भने र मैले कारमा हाले । कारकुनै पानीबाट थोडि चल्छ , त्यो  एक दिखावाटी थियो । वास्तवमा यस प्रकारका पाखंड को चमक-दमक केहि समय को लागि हुन्छ र व्यक्ति त्यसमा रीझ छ , तर यस्तो अन्धी भक्तिबाट कुनै लाभ हुदैन ।

टासिने हड्डी
एक विद्वान व्यक्ति एक ठाँउ गइरहेको थिए सडकमा उनले देखे एक अग्लो व्यक्ति जादु गरिरहेका थिए । हातमा हड्डी समातेका थिए, हड्डीमा कुनै मन्त्र फुकिरहेका थिए । मन्त्र फुकेपछि उनले त्यस हड्डीबाट एक चक्र खिचे र भने कुनै व्यक्ति अफ्नो हातलाई यस चक्रमा राख ।

एक व्यक्‍ति त्यहाँ तमाशा हेरिरहेको भिडबाट निस्किएर आफ्नो हात त्यस चक्रको बिचमा राखे तब उसको हात टासियो । ती व्यक्ति रुँदै कराउन थाले । अब बिरालोको घाँटीमा घण्टि कसले बाध्ने-जब एक व्यक्तिको दुर्दशा भएपछि, तब अर्को को टसाउन जानु ? त्यस चमत्कारीले निकै उत्तेजित गरे, प्रेरित गरे तब अर्को एक व्यक्ति सो भिइबाट निस्किए । उनले हात राखे तब उनको पनि त्यही दशा भयो । अब, जब दुवैको यस्तो दशा भएपछि अरुले जान आँट गरेनन् ।

सबैले भने भाई, निकै चमत्कारी पुरुष रहेछन्; अब कोही खुट्टा छुन थाले । कोहि दक्षिणा दिन थाले र आशीर्वाद लिए, तथा कोहि त्यो हड्डीलाई आफ्नो सिरमा लगाउन थाले । ती जो विद्वान सज्जन थिए ती यस चमत्कारलाई देखेर निकै प्रभावित भए, भने कमाल हो। दुई व्यक्तिहरुलाई तड्पिदै गरेको देखेर हिम्मत उनको पनि भएन कि गएर त्यस चक्रमा हात राखु ।

खैर, जब सबै मानिस गए, तब पुगे ती बाबा भएको ठाँउमा भने -महाराज मलाई आफ्नो चेला बनाउनुहोस, जे दक्षिणा भन्नुहुन्छ त्यो दिन्छु, यो कला मलाई सिकाइदिनुहोस । आज हरेक मानिसको टासिने सबैमा रोग नै छ, कोहि मायामा टासिएका छन् कोहि धनमा, यो माया सबैको पीठमा टासिएको छ फेरी यो कला सिकेर के लाभ ?

तर ती विद्वानको बुद्धिले विचार गरेन । भने - महाराज ! म तपाईलाई गुरु बनाउन चाहन्छु । यो सोचेनन् कि म मुखले के बोल्दै छु । गुरुको अर्थ हुन्छ, मायामा टासिएकाहरुलाई छुटाउनेवाला, अन्धकारबाट निकाल्नेवाला । तर त्यहाँ त कसलाई गुरु बनाइरहेको थियो । मायाबाट त छुट्न पर्छ तर यहाँ त उल्टो भैरह्यो ।

त्यस विद्वानले पटक पटक भनेपछि, जादूगरले सोचे यी पढेलेखेका व्यक्ति त मेरो पछि लागे, अब के गरु ? तब उनले त्यस व्यक्तिलाई एक कुनामा लगेर भने -बाबूजी, कसैलाई नभन्नु, मेरो रोजी-रोटीको सवाल छ; कुरा यो हो कि जुन दुई व्यक्ति छन् जो भिडको बीचबाट आएका थिए, उनिहरु मेरा नै चेला थिए; मैले त नाटक रचेको थिए, बाँकी यसमा टासिने क्षमता कसरी हुनसक्छ, यो त साधारण हड्डी हो । तब त्यस व्यक्तिको भ्रम दूर भयो ।

शंकर भगवान सर्परुपमा प्रकट्य
देहरादनमा एकपटक एक व्यक्तिले भने, देहरादूनमा त चमत्कार भएको छ । एक सर्प निस्किएको छ जसको मुख मानिसको र पुच्छर सर्पको छ, बिल्कुल शिव भगवानको गलाबाट उत्रिएर आएको छ । एक भान्छामा दस भान्से भए दसपटक अवश्य नुन हाल्छन् । त्यस्तै एक कुरालाई दश व्यक्तिले सुनाए एक व्यक्तिले केहि न केहि बढाएर नै भन्नेछन् । त्यसर्थ हजारौ मानिसहरु सर्पको दर्शनको लागि जान थाले । कोहि दूध लिएर, कोहि फूल लिएर, कोहि केहि लिएर सो रुख भएको ठाँउमा गएर शंकर भगवानको जयजयकार भन्न थाले । सर्पको दर्शन गर्न त्यहाँ मेला जस्तै लागेको थियो । यातायात विभागले त्यहाँ बसहरु थपेको थियो, डाक्टर त्यहाँ क्याम्प लगाएर बसे, सम्पूर्ण बजार नै त्यहाँ लाग्यो । मेलामा सहभागी कुनै बुद्धिमान व्यक्तिले यो सोचेनन् कि आखिर माम्ला के हो ?

यदि सर्प नै हो भने तब पूजा शंकर भगवानको गर्नुपर्ने यो सर्प को किन ? घरमा पाहुना आउँदा तपाई पाहुनाको खातिरदारी गर्नुहुन्छ वा उनको बाहनको ? तर जब व्यक्ति अन्धविश्वासमा उल्झन्छन‍ तव उनिहरु भित्र सोच्ने र विचार गर्ने बुद्धि बिल्कुल हुँदैन । सबैले भने मुख मानिसको र पुच्छर सर्पको छ र निकै चमत्कारी छ; जो देख्न गए, उनिहरुले पनि यसैको पुष्टि गरे कि हो, मैले कालो कालो देखे। हो मैले मुख देखे, कसैले भनेछन् कि मैले टाउको देखे, हेरेर मानिसहरु संतुष्ट पनि भइरहेका छन्, यहाँ शिवजी भगवान प्रकट हुनुभयो । यस प्रकारको मान्यता, यस प्रकारको कुरा हाम्रो समाजमा आजकल निकै प्रचलित छ । त्यहाँ यस्तो प्रकट भयो, उता यस्तो प्रकट भयो, साक्षात भगवान नै सर्पको रूपमा प्रकट हुनुभयो, मान्नुभए फाइदा हुन्छ नत्र नोक्सान हुन्‍छ । यस प्रकारको अनर्गल मान्यताहरुमा आफ्नो अमुल्य जीवनलाई हामी व्यतीत गर्छौ र सत्य, जुन निरन्तर रहनेवाला चीज हो, त्यसबाट वंचित हुन्छौ । त्यस असत्यको पछि आफ्नो समयलाई बर्बाद गर्छौ । जुन केहि समयको लागि सत्य- जस्तो लाग्छ ।

चार दिनपछि त्यहाँ पुलिसले एक सपेरेलाई समाते, उसको पिटाई गरे तब उनले भने हजुर मलाई माफ गर्नुहोस मसँग एक अन्धो सर्प थियो; मैले त्यसलाई नचाउन पनि सक्थे; मैले सर्पलाई बिलमा हाले, माथिबाट फूल राखे र भने यो त शंकर भगवानको सर्प हो । दोस्रोले भन्यो - हो हजुर सर्प त मैले पनि देखे र त्यसको मुख पनि मानिसको जस्तो थियो । हुँदा हुँदै त्यो चर्चा सारा देहरादून शहर र गाँउमा यसरी फैलियो त्यहाँ कति मानिसहरु दूध लिएर पुगे, जसको कुनै हिसाब छैन र न कुनै लाभ, सबै व्यर्थ मै गए । फेरी, त्यस सपेरेले सर्पलाई समातेर लिएर गए, तब मानिसहरुले आरामको सास लिए ।

अन्धो भक्तिबाट उद्दार हुनेछैन
काठमाडौं। विचार गर्नुपर्ने कुरा अन्धो भक्ति हामी गरिरहन्छौ भने हाम्रो भविष्य के होला । यदि तपाईलाई न्यायकर्ता, धर्मराज बनाइए के तपाईको मनले धर्मान्ध व्यक्तिलाई इनाम दिनुपर्छ भन्नेछ? तपाई भन्नुहुनेछ कि अरे बुद्धु, भगवानले बुद्घी पनि दिनुभयो, विचार गर्ने शक्ति पनि दिनुभयो, जनावरबाट तलाई मानिस पनि बनाउनुभयो, जंगलबाट शहर पठाउनुभयो तेरो यती विकास गर्नुभयो तर फेरी पनि तैले विचार गरिनस् ।  जंगलका जंगल नै कायम गरिस, जनावरहरु जस्तै अन्धो भक्ति गरिस जनावरबाट जनावर नै बनि रहिस। यसकारण त जनावरहरुको योनिमा जानेछस्।

भक्ति विचार गरेर हुन्छ, आँखा चिम्लेर हुदैन । आँखा चिम्लेर गरिने अन्धो भक्ति  हुन्छ र आँखा खोलेर, हेरेर कदम चलाउनु सही भक्ति हो। हाम्रा जति पनि महापुरुषहरु आए उनिहरुले सधै नेत्र खोलेर अघि बढ्न भने तर हामी यस्तो अभागी छौ कि बुद्घीबाट विचार गर्दैनौ र आँखा बन्द गरेर अघि बढ्न चाहन्छौ र सोच्छौ कि सबै पुरा हुनेछ । यस्तो अन्धो भक्तिबाट हाम्रो कल्याण कदापि हुनेछैन । सत्य के हो त्यसलाई जान्ने र बुझ्ने कोशिश गर्नुपर्नेछ । असत्यलाई तुरुन्तै मान्ने हाम्रो बानीले हाम्रो उद्धार हुनै छैन ।

पाँच पाउण्ड एकमा
आजकल यस्तै स्थिति भएको छ कि मानिसलाई भगवानलाई जान, आत्मालाई जान, केवल मान्ने मात्र नगर भनिए उनिहरुले भन्नेछन् कुरा त राम्रो हो तर अहिले समय भएको छैन, पछि जान्नेछौ । अन्यले भन्नेछन् यो त भन्ने कुरा हो, यति सजिलैसँग भगवानलाई कसरी जान्न सकिन्छ, यति सहज तरीकाले आत्मज्ञान कसरी प्राप्त हुनसक्छ, यति सस्तो आत्मज्ञान कहाँ छ । यस कलियगमा कसले दिन सक्छ ? सबै ढोग हो । पाखण्ड हो।

यस्तै इङ्ल्याण्डको राजधानी लण्डनमा एक व्यक्तिले एक प्रयोग गरे। उनले एक बोर्डमा लेखे 'पाँच पाउण्डको नोट म एक पाउण्डमा दिन्छु' र उनि आफ्नो पिठ्यूमा टासेर लण्डनको सडकमा घुमिरहे । तर कोहि पनि एक पाउण्डको सट्टा पाँच पाउण्ड लिन आएनन् । मानिसहरुले भने,'अरे यो त कुनै पागल हुनुपर्छ : कसैले भने अरे, यो नक्कली नोट दिन्छ, असली नोट कसले दिन्छ । भन्नुको मतलब उसको कुरामा कसैले विश्वास गरेनन् ।

यस्तै हामी पनि सत्यलाई स्वीकार गर्न हिचकिचाउछौ, हामीलाई  विश्वास नै हुदैन कि हामी भित्र जो ईश्वरीय शक्ति छ, हामीलाई त्यो ज्ञान मिल्न सक्छ, त्यसको साक्षात अनुभव प्राप्त गर्न सकिन्छ । किनकि आज हामी सत्यलाई स्वीकार गर्नको लागि अकमकाउछौ । तर हाम्रो  ऋषि-मुनिहरुले हाम्रा पूर्वजहरुले यस्तो गरेनन् । उनिहरुले त्यस परमपिता परमात्माको खोज गरे र आफ्नो जीवनमा त्यस चिजलाई जाने कि वास्तव मा 'सत्य' के हो (what is truth)?

नयाँ