arrow

रामकृष्णको मृत्युपछि विवेकानन्दले त्यागे एक विचार

सद्गुरुको चरणको महत्व

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७६ फागुन १८ आइतबार
vivekananda_and_ramakrishna_paramahamsa.jpg

काठमाडौं । रामकृष्ण परमहंसका प्रमुख शिष्यहरूमा स्वामी विवेकानन्द थिए । विवेकानन्द सवैमा समानता र गरीव गुरुवाहरुप्रति प्रेम, दया गर्थे । उनी आफ्ना अनुयायी (शिष्यहरू) संग वेदान्तका बारेमा चर्चा गर्थे। कहिले कहिले त उनी वगैंचामा कामगर्न आउने हरुसंग पनि मित्रतापूर्ण व्यवहार गर्थे।

एकपटक उनी विरामी परेका थिए । एकजना शिष्य उनको पादसेवन गर्दै थिए । शिष्यको मुख निन्याउरो थियो । उनको मनको भाव बुझेर स्वामीजीले भने “मानिसले शरीर धारणा गरेर आएपछि यसको विसर्जन हुनु स्वाभाविकै हो, यस्तो प्राकृतिक कुरामा पीरगरेर बस्नु काम छैन ।”

एकदिन एक शिष्यले उनलाई श्रीरामकृष्णदेवको भौतिक शरीर विसर्जन भएपछि उनको दर्शन पाउनुभएकोछ त भन्ने प्रश्न गरेछन् । उनले आफूले गरेको अनुभवको वृत्तान्त उनलाई यसप्रकारले सुनाएका थिए ।

श्रीरामकृष्णको भौतिक देह विसर्जन भएपछि उनी गाजीपुर नजिक पवहारी बाबाको आश्रमसंगै केहीदिन बस्न थालेका रहेछन् । उनी हठयोगी पवहारी बाबाको संपर्कमा गएछन्।

एकदिन “मैले यतिका दिनसम्म श्रीरामकृष्ण परमहंसको सेवा गरे तरपनि शरीरलाई दृढ बनाउन सकिन, त्यसैले बाबासंग शरीरलाई दृढ बनाउने बारेमा सिक्छु” भन्ने पक्का गरेछन् , त्यही राति उनले रामकृष्णको उदासी मुहार उनको अगाडि प्रकट भएछ । यस्तो दृश्य देखेपछि उनले त्यो विचार त्याग गरेछन् ।

केही दिनपछि उनको मनमा त्यो विचार पुनः जागृत भएछ । जुन दिन अठोट गर्थे, त्यही दिन पहिलेकै जस्तो दृश्य देखापर्न थाल्यो । यस्तो दृश्य २१ पटकसम्म देखा परेपछि उनले त्यो विचार त्याग गरे।  श्रोतः विवेकानन्द साहित्य

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ