arrow

भगवानसँग जोडिने 'पासवर्ड' के हो ?

सकरात्मक विचार राख्नाले जीवन आनन्दमय

logo
ज्ञान,
प्रकाशित २०७६ फागुन २० मंगलबार
gpd-siva.jpg

काठमाडौं ।  भगवान श्रीकृष्ण कर्मयोगशास्त्र गीतामा भन्नुहुन्छ हे अर्जुन म तिमिलाई आत्माको क्रियात्मक ज्ञान दिने छु । आत्मज्ञानको उपदेश दिने छु । राजविद्याको उपदेश दिने छु  यस्तो ज्ञानको उपदेश दिनेछु जसले तिमिलाई मोक्ष गति दिने छ । किनकि तिमिले कसैको अवगुण देख्दैनौ यसकारण म  तिमीलाई योग्य पात्र जानेर यो आत्मज्ञानको उपदेश दिने छु। 

गायत्री मन्त्रमा सबैभन्दा पहिले 'ॐ' शब्द आउँछ । उस्तै धेरै धर्मको मुल मन्त्रमा सबैभन्दा पहिले ॐ आउँदछ। बौद्ध धर्मको मन्त्रलाको मुल मन्त्र छ, “ॐ मणिपद्मे हूँ" सबैभन्दा पहिले ॐ भने जुन अति पवित्र शब्द हो । शास्त्रहरू भन्छन- अकार, उकार, मकार, हिरण्यगर्भ. विराट. तेजस. यो अ उ  र म शब्द जोड़ेर अति पवित्र शब्छ बन्छ-ॐ। यो वाचन शब्द मुखले बोलिने शब्द हो अनि जुन अजपा नाम गायत्री छ, जुन बोलिमा आउँदैन, त्यसैले वास्तवमा जीवनको कल्याण गर्दछ। ॐ शब्दावलीभित्र आउँछ, अक्षरी विद्या-अन्तर्गत अति पवित्र मानिएको छ अनि त्यहि ॐ शब्दबाट प्रत्येक मन्त्रको प्रारम्भ गरिएको छ। बौद्ध धर्म मान्नेले भन्छन, “ॐ मणिपद्मे हूँ" उनीहरुले पहिले ॐ भनेर मणिको उल्लेख्न गरे। मणि माने चम्कने, प्रकाश दिने वस्तु अनि पडा माने सहस्त्रदल कमल। उस्तै प्रकार जुन गायत्री मन्त्र छ, त्यसमा पनि यहि भनिएको छ- “ॐ भूर्भवः स्वः। तत्सवितुर्वरेण्यं भर्गो दविस्य धीमहि। धियो यो नः प्रचोदयात्।"

यसमा पनि भगवानको पवित्र नामको वाचक शब्द उच्चारण  गर्दै हामी भन्छौं कि हे प्रकाश स्वरूप परमात्मा! म तिम्रो ध्यान गर्छु । यसमा पनि प्रकाशको उल्लेख छ। उस्तै जैनीहरूमा पनि ॐ शब्द भनेर मन्त्र आउँछ, सिखहरुको मूल मन्त्रलाई राम्ररी पढ़ेर हेयौं भने त्यसमा पनि यहि भनेको छ कि-ओंकार । त्यसमा पनि ॐ शब्द आउँदछ।

एक ओंकार सतिनाम् करता पुरख्नु निरभऊ
निरवैरु अकाल मूरति अजूनी सैभं गुरु प्रसादि।

यसरी भारतीय शास्त्रहरुमा ॐ व्यापक रहेको छ । हाम्रा ऋषिहरूले भनेका छन् कि जुन ज्योति स्वरूप परमात्मा छन्, उनको हामीले ध्यान गर्नु पर्छ अर्थात् त्यस परमात्मामा आफ्ना मनलाई लगाएर एकाग्र गर्नु पर्छ । हाम्रो मन संसारमा निरन्तर घुमिरहेको छ। संसारमा भटकिरहनुको कारण यो मनले मानिसलाई अशान्त, बेचैन पार्छ, दुःखी बनाउँछ; किनभने यो मन प्रभको ज्ञान-भक्तिमा चाँडो एकाग्र हुँदैन । ज्ञान बिना यो भटकिरहन्छ, यसकारण भनेको छ-
सबद बिना सरति आंधरी कहो कहाँ को जाव।
दार न पावे सबद का फिर-फिर भटका खाए।

यो मन निरन्तर संसारमा 'भटकिरहन्छ, जसलाई रोक्नका लागि सदगुरु द्वारा प्रदत्त आत्मज्ञान छ। जसरी मदमस्त हात्तीलाई रोक्न, नियन्त्रण गर्नुका लागि माहुतेकोमा फलामको अंकुशे हुन्छ।

आज सबै मानिसहरूसग माबाइल फोन छ, तर नेटवर्क हुनुपर्छ । जसरी नेटवर्कले कनेक्ट राख्छ, जोडेर राख्छ। उस्तै प्रकारले प्रभुको ज्ञानको पनि नेटवर्क हुनुपर्छ । जसरी वाई-फाई त सबैतिर छ, तर बिना पासवर्ड तपाई त्योसंग कनेक्ट हुन सक्नु हुन्न । वाई-फाईसंग कनेट हनको लागि तपाईंलाई पासवर्ड चाहिन्छ । उस्तै, जो प्रभु सर्वव्यापक छ, उनको साँचो नाम नै त्यो पासवर्ड हो जुन सर्वत्र ओतप्रोत छ। त्यससित तपाई कनेक्ट हुन सक्नु हुन्छ, सम्बन्ध स्थापित गर्नु सक्न हुन्छ । रामायणमा यहि भनेको छ कि-
 भगति हीन गन सब ऐसे। लवन बिना बहु बिंजन जैसे।।
भगति हीन नर सोहे कैसे। बिन जल बारिद बरसै जैसे।।

ठीक उस्तै प्रकारले प्रभुको व्यापक नामबाट सारा संसार  प्रकट भएको छ । यसैकारण भनेको छ यदि पूर्णबाट कहि  निकाल्यो वा घटायो भने पूर्ण नै बाँच्छ अनि पूर्णमा केहि जोड्यो भने पनि पूर्णको पूर्ण नै रहन्छ।

चार वेद मध्ये ऋग्वेद प्रधान हो । जसमा हाम्रो सन्तहरुले 'शब्द ब्रह्मा' अर्थात प्रभुको त्यो सत्य अविनाशी नामको चर्चा गरेका छन् । त्यसको स्तुति गाएका छन् जो सबैको घटमा विद्यमान छ । 'शब्द ब्रह्म' पछि 'ज्योति' को भगवानको प्रकाश स्वरुपको वर्णन आउछ । यजुर्वेद भित्र जुन गायत्री मन्त्रको हामी उच्चारण गर्छौ त्यसमा पनि हामी भगवानलाई 'ज्योति' स्वरुप नै बताउछौ । सूर्यको ज्योति जब प्रकट हुन्छ तब सबै प्राणी जाग्छन् । यसै प्रकार अध्यात्मिक जागृतिको अर्थ आफु भित्र, त्रिकुटी महलमा इश्वरको ज्योतिको दर्शन गर्नु हो ।

यसका साथै  नादलाई प्रकट गर्छौ । जसको वर्णन विस्तृत रुपमा साम वेदमा पाइन्छ । ईश्वरमा तद्रुप भएपछि एक साधक आफु भित्र नादलाई सुन्छ । त्यसको श्रवण गर्छ । हाम्रो आन्तरिक मन मन्दिरमा ईश्वरको यस्तो दरबार रहेको छ जहाँ बाजा-मृदंग-ढोल, झांझ आदि निरन्तर बजिरहेको छ । जसलाई सुनेर मन यती मस्त हुन्छ कि मनले आफ्नो विषयरुपी विषलाई छोडदछ ।

त्यसपछि 'अमृत' को 'दिव्य रस' को पान गर्छ जसको महिमा अथर्व वेदमा गरिएको छ । जो साधक ईश्वरमा तद्रुप हुन्छ । उ आफ्नो हृदयरुपी मन्दिर भित्र त्यो अमृतको पान गर्छ । यी चार चीजहरु गरेपछि व्यक्ति जन्म मरणको चक्रबाट मुक्त भएर ईश्वरको परमपद प्राप्त गर्छ ।

पुराणमा कथाहरूका माध्यमले त्यस परम प्रभुको चर्चा गरिएको छ । यो सनातन तत्त्वको भाव हाम्रा ऋषिहरूले व्यक्त गरेका छन् अनि बताएका छन् कि श्रुति र स्मृतिको पहिले धेरै महत्व रहेका थिए । श्रुति अर्थात् सुन्नु अनि स्मृति अर्थात् याद गर्नु यानी की सुनेर याद राख्नु। आजकल त पुस्तकहरू छन्, फोटोग्राफी छ, तर पहिलेको जमानामा अध्यात्मको, ज्ञानको कराहरूलाई सुनेर याद राख्थे। श्रुति र स्मृतिलाई माध्यम बनाए, ऋषिहरूका अनुभवहरूलाई मानिसहरूले सुने अनि त्यसलाई याद गरे । सुनेका सबै कुराहरू मानिसहरूले दिमागमा याद राख्थे। तपाईले कति यस्ता वेदपाठीहरू पाउनु हुने छ जसको दिमागमा सम्पूर्ण वेदहरू अंकित छन्, अथात् सारा वेदहरू उनीहरुलाई कण्ठस्थ याद छ ।  

गुरु नानकदेवले भनेका छन-'आप जपे औरों को जपावे । नानक निश्चय मुक्ति पावे।' यसमा कुनै शंका छैन कि यदि भगवानको भजन गरे मानव जीवन कल्याण हुनेछ, गुरु नानकदेवका अनुसार निश्चय मुक्ति पाउनुहुने छ । यो रहस्यलाई जानेर हामीले जीवनमा धारण गर्नु छ ।

शास्त्रहरूमा चार प्रकारको प्रकाश बताएको छ । घामको प्रकाश (Sun light), चन्द्रमाको प्रकाश (Moon light), अग्निको प्रकाश (Fire light) अनि दिव्य प्रकाश (Divine light) जसलाई स्वयं प्रकाश, नूरे इलाही पनि भनेको छ । पहिलो तीन प्रकाशलाई  कुकुर, गधा आदि सबै पशु-पक्षीहरूले देख्छन, तर दिव्य प्रकाशलाई केवल मात्र मनुष्यले देख्न सक्छ। यहि मनुष्य र  पशु-पक्षी आदिमा अन्तर छ। जुन मनुष्यले आफूभित्रको प्रकाशलाई देखेको छैन, त्यो मनुष्य र पशुमा कुनै अन्तर छैन। यसकारण मनुष्यले गुरुको शरणमा गएर त्यो दिव्य प्रकाशको  समयमा यहिं छोडेर जान पर्दा पछुतो गर्न नपरोस्, ज्ञान प्राप्त गर्नपर्छ । गुरु उही हुन्छ जसले दिव्य नेत्रको ज्ञान गराएर दिव्य प्रकाशलाई देखाउँछ।

बलिहारी गुरु आप की देवाड़ी सतबार।
जिन मानुष से देवता कियो करत न लागि बार।।

गुरुको अर्थ हो 'गु' माने अन्धकार, 'रु' माने प्रकाश अर्थात् जसले अज्ञानको अन्धकार हटाएर ज्ञानको प्रकाश गरिदिन्छ । बाहिरको प्रकाशले बाहिरको अन्धकारलाई अनि भित्रको प्रकाशले भित्रको अन्धकारलाई दूर गर्छ। जसलाई नरे इलाही, डिवाइन लाईट, दिव्य प्रकाश या  भर्गो ज्योति भनिन्छ, जबसम्म त्यो आफ्नो आँखाले देखाउँदैन, तबसम्म उसलाई गुरु मान्नु हुँदैन । जसरी भगवान कृष्णले अर्जुनलाई दिव्य-नेत्रको ज्ञान दिएर विश्व-व्यापक प्रकाश देखाउनु भएको थियो, उस्तै प्रकाश देखाउनेलाई नै गुरु भनेको छ।

कबीरदासजी त्यहि विद्यालाई जान्ने इशारा गरेका छन्। रामायणमा तुलसीदासजीले भनेका छन्-
राम भगति चिंतामणि सुन्दर।
बसइ गुरुड़ जाके उर अंतर।।
परम प्रकास रूप दिन राती।
नहिं कछु चहिअ दिया घृत बाती।।

प्रभु श्रीरामको भक्ति सुन्दर चिन्तामणि हो । यस्तो भक्ति जसको हृदयमा हुन्छ, त्यो परम प्रकाशित रहन्छ, त्यो प्रकाशको लागि दियो, घिउ र सलेदोको जरुरत पर्दैन । तपाईले बौद्धिक मन्त्रको अध्ययन गर्नभयो भने वहाँ उल्लेख आउँदछ 'उ मणि पद्मे हूं।' बाईबलमा पनि डिवाईन लाईटको उल्लेख आउँदछ। त्यहि परम प्रकाशको अनुभव गर्नको निम्ति सबै धर्मले, सबै सन्त-महापुरुषहरूले भनेका छन् । पहिले उनीहरुले त्यसको अनुभव गरे, तब अरुलाई पनि जान्न भनेका छन् ।

 कर्मयोग शास्त्र गीतामा भगवान कृष्णले त्यो परम प्रकाशको बारेमा सम्झाउँदै भन्नुभएको छ-
 न तद्भासयते सूर्यो न शशांको न पावकः।।
 यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम् ।।१५/६ ।।

प्रभु परमात्माको यस्तो अविनाशी धाम छ जहाँ पुगेपछि जीव फेरि जन्म-मरणको चक्रमा फर्केर आउँदैन, फेरि बार- बार जन्म लिएर संसारमा आउँदैन । आज हरेक चीजको पुन प्रयोग गर्न मिल्ने (रिसाइकलिंग) भइरहेको छ । प्लास्टिक, कागत, फलाम, अगेनिक चीजहरूको पुन: उत्पादन भइरहेका छन् ।

भगवान श्रीकृष्णले पनि आफ्नो यहि स्वरूपलाई जान्नु भन्नु भएको छ, जसलाई जानेर जीव पापहरूको सबै बन्धनबाट मक्त हुन्छ।  हे अर्जुन! यदि तिमी पापीभन्दा महापापी हौ भने पनि यो ज्ञान रूपी नौका द्वारा निःसन्देह सबै पापहरूबाट तरेर जानेछौ। यो परम ज्ञानद्वारा पाप यस्तरी दूर हुन्छ, जसरी घाम झुल्कन साथै अन्धकार स्वयं नष्ट हुन्छ। यो उत्तम ज्ञान पाएर साधन गर्नाले मनुष्यको हृदयको सबै विकारहरू स्वयं दूर हुन्छन्। जसरी प्रज्ज्वलित अग्निले काठहरूको ढेरलाई भस्म पार्छ, उस्तै ज्ञान रूपी अग्निमा कर्महरूका सबै पाप रूपी बीजहरू जलेर भस्म हुन्छ । जसरी बीजलाई भूट्यो भने त्यसमा उम्रने शक्ति रहँदैन, उस्तै ज्ञानाग्निमा कर्मरूपी बीज जलेपछि त्यसमा फल दिने सामर्थ्य रहँदैन । वास्तवमा हृदयलाई पवित्र पार्ने ज्ञान समान जप, तप, तीर्थ, व्रत आदि कुनै पनि अर्को साधन छैन।

भगवान कृष्ण भन्नुहुन्छ, 'यो ज्ञानलाई शुद्ध अन्त:करण भएको मनुष्यले मात्र आफ्नो हृदयमा अनुभव गर्दछ, यो ज्ञान इन्द्रियहरूको विषय होइन । इन्द्रियहरूद्वारा जानिने कुरालाई ज्ञान भन्नु ठूलो भूल हो। जुन मनुष्य परमात्माको ज्ञान प्राप्त गरेर भजन-साधनमा लाग्छ, उसले इन्द्रिय र मनलाई वशमा गरेर परमशान्ति प्राप्त गर्दछ। तर जसको ज्ञानमा श्रद्धा हुँदैन या जसको मनमा संशय हुन्छ, त्यस्ता संयशयुक्त अज्ञानी मनुष्य जन्म-मरणको चक्रमा घुमिरहन्छ, उसलाई न यो लोकमा सुख मिल्छ न त परलोकमा सुख मिल्छ । उसको लोक-परलोक दुवै भ्रष्ट हुन्छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ