arrow

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
gokul-baskota-ghar1.jpg

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन वाध्य भएका पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ । 

भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको घरमा विष्फोट भएको हो । 

बिहान ७.४८ बजे उनको घरमा बम बिष्फोट भएको बताइएको छ ।

भक्तपुर प्रहरीका अनुसार बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुका साथै झ्यालका सिसाहरु फुटेका छन् । 

बम विस्फोट कसले गराएको भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ।  

बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ