arrow

बाँस्कोटा काण्डले नेकपाभित्रै भाँडभैलो, ओली–प्रचण्डबीच चर्काचर्की

नैतिक दवावमा ओली, के गर्लान् भोलि ?

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
ncp-sachibalaya3.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणलाई लिएर दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचाण्डबीचबीच चर्काचर्की नै परेको छ । 

ओलीका प्रियपात्र बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएपछि राजीनामा दिएर बसे पनि उनको बारेमा पार्टीले पनि अनुसन्धान गर्ने कि नगर्ने भन्नेमा ओली–प्रचण्डबीच चर्काचर्की परेको हो । 

शनिबार बाँस्कोटाको राजीनामा र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषयमा छलफल गर्न बसेको नेकपा सचिवालयको बैठकमा ओली–प्रचण्डबीच चर्काचर्की परेपछि बैठकले कुनै निष्कर्ष नै निकाल्न सकेन । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपराह्न बसेको बैठकमा बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि सिर्जित परिस्थितिबारे छलफल भएको थियो । 

सचिवालय बैठकमा ओलीले कमिसन र अनियमितताका विषयमा सम्बन्धित निकायलाई स्वतन्त्ररुपमा छानबिन गर्न दिने प्रतिबद्धता जनाएको नेताहरुले बताए पनि ओली यसको छानबिन नै नहोस् भन्नेमा रहेको प्रचण्डसंग बाझाबाझ गरेको स्थितिबाटै बुझ्न सकिन्छ । 

बाँस्कोटाको राजीनामासँगै जोडिएर आएका प्रश्नको निरुपण कसरी गर्ने भन्ने विषयमा छलफल भए पनि निश्कर्षमा नपुगेको भन्दै अधिकांश नेता कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए ।

यसबाटै स्पष्ट बुझिन्छ कि नेकपाभित्र भाँडभैलोले प्रवेश पाएको छ । 

२०७५ जेठ ३ मा पार्टी एकता भएदेखि नै हरेक दिनजसो असन्तुष्टि र भाँडभैलो चलिरहेको नेकपामा बाँस्कोटा काण्डले भने चर्कै रुप लिने स्पष्ट छ । 

ओलीले आफ्नै घरमा पालेर राखेका बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद बारेमा डेढ महिनादेखि नै जानकारी पाएर समेत कुनै कदम चालेका थिएनन् । 

उनले बाँस्कोटाको प्रकरण रोक्ने र बाँस्कोटालाई खेलमा लागेको आराप पनि नेकपाभित्रकै समूहले लगाएको छ । 

नैतिक दवावमा ओली, के गर्लान् भोलि ? 
अर्कातिर भ्रष्टाचारमा शून्य सहनशीलता भनी भाषण गरिरहने तर व्यवहारमा आफू नै विभिन्न काण्डमा सक्रिय भएको भनी पार्टीभित्र ओलीकै आलोचना भइरहेको छ । 

ओलीको आशिर्वाद बिना बाँस्कोटाले केही पनि काम गर्न नसक्ने दावी बाँस्कोटा निकटका नेता तथा साथीहरुले बताइरहेका छन् । 

प्रचण्डले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि छोड्न नहुने भन्दै बाँस्कोटालाई कडा कार्वाही गर्नुपर्ने बताइरहेका छन् । 

प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा सरकार छाड्नु पर्ने भन्दै नागरिक समाजले समेत भ्रष्टाचारीको पक्षपोषण नगर्न आग्रह गरिरहेका छन् । 

ओली भने भ्रष्टाचारमा संलग्नलाई बचाउन खोज्दा उनी नै यो खेलको मुख्य खेलाडी भएको आशंकासमेत उब्जिएको छ । 

अख्तियारले यो मुद्दामा चासो देखाएको छ । बाँस्कोटाले मन्त्रालयमा छाडेका कागजपत्र नियन्त्रणमा लिएको छ । 

तर तिनको सदूपयोग हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ । बालुवाटार जग्गा प्रकरण (ललिता निवास) मा ओलीकै निर्देशनमा नेकपाका नेताहरुले उन्मुक्ति पाएको सन्दर्भ ताजै छँदा कतै बाँस्कोटा काण्ड पनि कमजोर बनाइने त हैन भन्ने आशंका उत्ति नै छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोग भने प्रधानमन्त्रीकै मातहतमा रहेकाले बाँस्कोटाको बारेमा अनुसन्धान हुने सम्भावना कम छ ।

नेकपाको एक खेमाले त नेकपाका सबै नेताको सम्पत्ति शुद्धीकरणले छानबिन गर्नुपर्नेै मागसमेत आइरहेको छ ।  

ओलीले आजसम्म बाँस्कोटाको बचाउ गरे पनि भोलिका दिनमा के गर्लान् भन्ने अहम प्रश्न यतिबेला उब्जेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ