arrow

गोकुल बाँस्कोटाको घरमा बम विस्फोटबारे यसो भन्छन् डीएसपी गिरी

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
gokul-baskota-ghar3.jpg

काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन वाध्य भएका पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ । 

भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको निर्माणाधीन घरमा विष्फोट भएको हो । 

बिहान ८ बजेको बम विष्फोट भएको भक्तपुर प्रहरी प्रवक्ता दीपक गिरीले हाम्राकुरालाई बताए । 

उनका अनुसार बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किएको छ । झ्यालका सिसाहरु फुटेका छन् । 

त्यसैगरी संगै रहेका दुई वटा घरका शिशा पनि फुटेका छन् । एउटा मारुती भ्यानमा क्षति पुगेको छ । 

उनले बम विस्फोट कसले गराएको भन्ने पत्ता लागि नसकेको भन्दै अनुसन्धान सुरु भइसकेको बताए । 

अहिलेसम्म कोही पक्राउ गरिनसकेको पनि उनले बताए । 

बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन् । 

उनको पहिले एक तलाको घर थियो भने अहिले पुरानो घरमा तला थपिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ