arrow

कृष्णको नाममा उद्धव आफैले लेखे चिठ्ठी, पत्याइनन् राधाले

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
shree-krishna.jpg

काठमाडौं ।  भगवान श्रीकृष्णको अनेक बाल लीलाहरू छन। भगवानले जब उद्धवलाई भेट्नुभयो, उद्धव ठूलो ज्ञानी थिए, धर्मशास्त्रहरू धेरै पढेको थिए । उनलाई भौतिक ज्ञान थियो, तर उनको मनमा साँचो भक्ति थिएन अनि भक्ति बिना उसको ज्ञान एकदमै रूखो थियो । भगवान कृष्णले उनलाई भन्नुभयो,'मैले आफ्नी आमालाई, पिताज्युलाई अनि गोपिनीहरूलाई फर्केर आउछु भनेको थिएँ, तर कामको व्यस्तताको कारण फर्कन सकिरहेको छुईन। उद्धवज्यु! तपाई गोपिनीहरूकोमा जानुहोस् अनि उनीहरु सबैलाई केहि ज्ञान-ध्यानको कुराहरू सम्झाएर आउनुहोस।'

उद्धवको मनमा ख्याल आयो, हुनसक्छ गोपिनीहरूले के समाचार ल्यायौ भनेर सोध्नेछन्, यसकारण म केहि लेखेर लैजाने छु । उनले कागतमा केहि लेखे। जब गाउँमा पसे सबैभन्दा पहिले उनको भेट राधासंग भयो।

राधाले सोचिन् ' भगवानको परम मित्र उद्धव केहि सन्देश लिएर आएका होलान् ।' उद्धवले त्यो चिट्ठी राधालाई दिए ।

चिट्ठी खोलेर पढ्न साथै राधाले भनिन्,'उद्धवज्यु! यो चिट्ठी कृष्णले लेखेको होईन।'
यो सुनेर उद्धव एकदम सकपकाए, मेरो त पोल खुल्यो। राधालाई कसरी यो चिट्ठी कृष्णले लेखेको होईन भनेर थाहा लाग्यो भनेर अचम्म पनि लाग्यो । तब उद्धवले सोध्छन्,'राधा  देवी! तपाईंले कसरी यो चिट्ठी कृष्णको होईन भनेर थाहा  पाउनुभयो?'

राधा भन्छिन्, 'किनभने कृष्णलाई चिट्ठी लेख्ने जरुरत पर्दैन।'

उद्धवले गोपिनीहरुको बीचमा बसेर उनीहरुलाई सम्झाउने प्रयास गर्छन् ।
भन्छन्, 'तिमीहरू त ब्रह्म हौ, विरक्त हौ ।'

जब उद्धवले गोपिनीहरूको जवाफ सुन्छन्, तब उनको अभिमान, अहंकार बिस्तार-बिस्तारै टूट्दै जान्छ । उनको सामुमा आउन थाल्छ कि मेरो भक्ति साँचो भक्ति होईन । जुन भक्ति राधा र अरु गोपिनीहरूमा थिए, त्यो भक्ति उद्धवमा थिदै-थिएन। गोपिनीहरूसंग भेट गरेर अनि कुरा गरेर उद्धवको जीवनमा ठूलो परिवर्तन आयो। यसैले राधाको जुन प्रेम थियो,  गोपिनीहरूको जुन प्रेम भगवान श्रीकृष्णप्रति थियो, त्यो निश्चित रूपले भौतिक स्तरदेखि धेरै उच्च थिए।

जसलाई राधा-कृष्ण सम्झन्थे, त्यो तदरुपताको, त्यो एकरूपताको लागि बद्धिको जरुरत पर्दैन, त्यसको लागि आत्माको भजन-ध्यानको जरुरत छ। जसको चर्चा स्वयं गीता कर्मयोग शास्त्रमा भगवान श्रीकृष्णले गर्नुभएको छ कि हे अर्जन! 'त्रैगुण्या विषया वेदा' । यो संसारको रचना तीन गुणले भएको छ-सत, रज र तम । विज्ञानले पनि यहि भन्छ कि मुख्य तीन तत्त्व छन, हरेक  कणमा इलेक्ट्रोन, न्यूट्रोन र प्रोटोन विद्यमान रहन्छन। न्यूक्लियस केन्द्रमा छ। त्यो केन्द्रभित्र न्युट्रोन र प्रोटोन छ अनि बाहिरबाट इलेक्ट्रोन परिक्रमा गरिरहन्छ। यहि तीन तत्व कम-बेसी हुँदा तपाईको सामु अनेक तत्त्वहरू (Periodic chart) देखा पर्दछन।

हाईड्रोजनभित्र एक इलेक्ट्रोन, एक प्रोटोन र एक न्यूट्रोन हुन्छ। यी तीनमध्ये जसभित्र न्यूट्रोन बढछ, त्यो अलग तत्त्वको रूपमा परिणत हुन्छ। हाईड्रोजनमा दुई तत्त्व न्यूट्रोन र प्रोटोन मिलायो भने त्यो लिथियम बन्छ। उस्तै प्रकार अनेक तत्त्वहरू हाम्रो सामु प्रकट हुन्छन् । आजकल त विज्ञानले धेरै कुराहरु गरिरहेको छ, तर यति भएर पनि हाम्रा ऋषिहरू भन्छन् मनुष्य अमर बन्न सकेन । उनीहरू प्रभुलाई प्रार्थना गर्दछन्-

असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय।
मृत्योर्मा अमृतं गमय।

हे प्रभु! हामीलाई असत्यबाट सत्यतिर लैजानुहोस्, अन्धकारबाट प्रकाशतिर लैजानुहोस् अनि मृत्युबाट अमरतातिर लैजानुहोस् । आज पनि मनुष्य अमर भएको छैन, यहि कारण महात्मा कबीरले भनेका छन्-

आए है सो जायेगे राजा रंक फकीर।
एक सिंहासन चढ चला एक बाँधा जाय जंजीर।।

भगवानको जुन अनुभव हाम्रा सन्तहरूले गरे, त्यो कुनै  बौद्धिक विषय थिएन कि धार्मिक पुस्तकहरू पढेर अनुभव भयो । सन्तहरूले ज्ञानको, अनुभवको कुरा सधै जनमानसको सामुन्ने राखे अनि भने-

कहा सुनी की है नहीं देखा देनी बात।
दुल्हा दुल्हन मिल गए फीकी पड़ी बरात।

यो कुनै भने-सुनेको कुरा होइन। जब मानिसलाई आत्मज्ञानको अनुभूति सद्गुरुको कृपाले हुन्छ, तब उसले भजन-सुमिरण गर्छ । जब तपाईंले कसैको धेरै चिन्तन गर्नु  हुनेछ, कसैको बारेमा बार-बार सोच्नु हुनेछ, तब बेसी सोच्नाले दिमागमा एक सम्बन्ध स्थापित हन्छ । तपाईको मनको जुन शक्ति छ, त्यो ध्यान-सुमिरण गर्नाले केन्द्रित हुन्छ । त्यसको हाम्रो जीवनमा ठूलो प्रभाव पर्छ । सूर्यको किरण धर्तीमा पर्छ । सूर्यको त्यो किरणलाई मेग्नीफाइंग ग्लासले, दूरबीनको शीशाले छ एउटा कागतमा केन्द्रित गर्नुहोस्, जसै सूर्यको किरण केन्द्रित हुन्छ, कागत जल्न थाल्छ, आगो लाग्छ । जसरी ऋषिहरूले सुक्खा काठ आपसमा रगडेर आगो निकाल्थे, उस्तै प्रकार जब हामी कुनै चीजलाई केन्द्रित (फोकस) गर्दछौं, तब त्यसमा शक्ति प्रकट हुन्छ । यसैकारण सन्तहरूले आफ्नो मनलाई प्रभुको साँचो नाममा केन्द्रित गर्नु, एकाग्न गर्नु भनेका छन् । तपाईंको मन यदि प्रभुको ध्यानमा केन्द्रित भयो भने, जसरी भक्त प्रह्लादको सामुन्ने भगवान नरसिंह प्रकट भए, उसरी नै तपाईंको सामुन्ने भगवान प्रकट हुनेछ। बस, मनलाई एकाग्र गर्नुपर्छ, एकाग्रतामा ठूलो शक्ति छ। हामीले ध्यानसंग पढ्यौं भने,  परीक्षामा राम्रो मार्क आउछ। हरेक काममा मन एकाग्र हुनु आवश्यक छ ।

यहि कारण महात्मा कबीरले भनेका छन्-

मन दिया तिन सब दिया, मन के लार सरीर।
अब देवन को कुछ नहीं, कह गए दास कबीर ।।

यदि हामीले नामको सुमिरणमा पूर्ण रूपले मनलाई समर्पित गयौं भने, हामी जन्म-मरणको बन्धनबाट छूटने छौं अनि प्रभुको परमधामको अधिकारी बन्नेछौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ