- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । धर्मशास्त्रहरूमा कथा आउँछ, एक भक्त थिए । खानमा उनको विशेष रुचि थियो। उनले आफ्नो गुरुलाई भने, महाराज! तपाईको आज्ञा भए म अलग्गै बसुँ?' किनकि उनी थौरै खानाले अगाउदैनन् थिए । यसकारण गुरुले भने, 'तिमि सेवा केहि नगर्नु बस खाइरहनु ।' पंक्तिमा बसेका मानिसहरू खाएर उठिसके, फेरि अर्को मानिसहरू पनि बसेर खाइसकेर गईसके, तर ती भक्तले खाई नै रहे।
एक दिन गुरुले भने, 'आज एकदशीको व्रत छ, यसकारण केहि खानेकुरा बन्ने छैन ।'
ती शिष्यले भन्छन्, 'महाराज! मेरो के होला? म त भोकले मर्नेछ ।
तब आचार्य भन्छन्, 'यदि तिमिलाई खानु छ भने यसो गर यहाँबाट खाने समानहरू लगेर नदीको किनारमा जाउँ अनि त्यहिं खाना पकाएर खानु। खानुभन्दा पहिले भगवानलाई भोग लगाउनु अनि मात्र खानु. तर यहाँ आश्रममा खाना बन्ने छैन ।'
ती भक्त खानेकुराको सबै समान लिएर नदीको किनारमा गए अनि खाना बनाएर उनले भगवानलाई भोग लगाउन भगवानलाई पुकारे। वहाँ नदीको किनारमा भगवान आफ्नो साथमा माता सीतालाई पनि लिएर आउनुभयो । भक्तले केहि आत्तिदै भने, 'प्रभु! मैले त तपाईलाई मात्र भोग लगाउन बोलाएको थिएँ, अब भोजन ग्रहण गर्नुहोस्। मैले तपाई र मेरो लागि मात्र खाना बनाएको थिएँ, तपाईले त माता सीतालाई पनि लिएर आउनुभएछ, अब मेरो लागि केहि खानेकुरा बाँकी छैन ।'
भगवान श्री राम र माता सीताले भन्नुभयो, 'भक्त! हामी दुवैले भोजन अवश्य ग्रहण गर्नेछौं, जो तिमीले बड़ो प्रेम-भावले बनाएका छौ ।' प्रभु राम र सीताले भोजन ग्रहण गर्नुभयो।
फेरि केहि दिनपछि अर्को एकादशी व्रत आयो। आचार्यले भने, तिमि खानेकुराको समान लगेर त्यहि नदीको किनारमा जाउ।'
शिष्य भन्छन्, 'मलाई पहिलेको भन्दा बेसी समान चाहिन्छ, किनभने भगवानले माता सीतालाई पनि साथमा लिएर आउँनु हुन्छ, मेरो लागि खानेकुरा केहि बाँच्दैन, म भोकै रहन्छु ।'
आचार्यले भन्छन्, 'जति समान चाहिन्छ लगेर जाउ।'
जब ती भक्तले एकादशीको दिन नदीको किनारमा खाना बनाएर भगवानलाई भोग लगाउनु पुकारे, प्रभु रामले माता सीता र भाई लक्ष्मणलाई पनि साथमा लिएर आउनुभयो। भक्तले भन्छन्, 'प्रभु! आज त तीनजना आउँनुभयो, जबकि मैले दुईजनाको लागि मात्र भोजन बनाएको थिएँ ।'
त्यो दिन पनि भक्त भोकै रहे । फेरि एक महिनापछि अर्को एकादशी आयो, भक्तले आचार्यलाई भन्छन्, 'मलाई दुई-तीनजनाको खाने समानले पुग्दैन, अझा बेसी चाहिन्छ ।'
आचार्यले भन्छन्, 'तिमि यत्रो खाने समान लगेर के गर्छौ? कहिं बजारमा बेच्दै त छैनौ ?' तब उनको गतिविधि आचार्यले लुकेर हेर्छन् । ती भक्त नदीको किनारमा गए, प्रेम-भावले खाना पकाए अनि भोग लगाउन प्रेमसंग भगवानलाई पुकारे-'प्रभु! आउनुहोस् भोग लगाउनुहोस् ।'
तब प्रभु राम माता सीता, भाई लक्ष्मण, भरत अनि हनुमानलाई साथमा लिएर आउनुभयो । त्यो देखेर सीधा-सरल उदय भक्त आत्तिए र भने, 'प्रभु! अब आफै पकाउनुहोस अनि आफै भोग लगाउनुहोस्, म यति धेरै मानिसलाई खानापकाउन सक्दिन ।'
आचार्य देख्छन् खाना पकाउन लक्ष्मण, भरत, हनुमान सबै लागेका छन् । आचार्य त्यहि समय भक्तको चरणमा पर्छन् र भन्छन्,'तिमिले आज मलाई प्रभु राम माता सीता, लक्ष्मण, भरत र हनुमानको साक्षात दर्शन गरायौ तिम्रो भक्ति भावना एकदमै श्रेष्ठ छ । तिम्रो पवित्र भावनाले प्रभु राम सबैलाई साथमा लिएर आउनुभयो र खाना पनि आफै बनाइरहनुभएको छ ।'
यसैकारण भनिन्छ -
भाव का भूखा हूँ मैं और भाव ही एक सार है।
भाव से मझको भजे तो भव से बेड़ा पार है।।
यदि यो भजनको महत्वलाई हामीले सम्झियौ भने, यसको गहिराईमा गयौं भने भजनको माध्यमले एउटा महत्त्वपूर्ण सन्देश पाउन सक्नेछौ । जब भगवानको मूर्तिको अगाडि भोग लगाउँदछौं, फल-प्रसाद राख्दछौं, श्रद्धाभावले जब हामी भगवानलाई अर्पण गर्दछौं, तब यो मान्यता छ कि भगवानले त्यो ग्रहण गर्नुहुन्छ, त्यसको लागि हाम्रो मनमा समर्पण भाव हुनपर्छ । जब भक्तले भावले परिपूर्ण भएर भगवानको भक्ति गर्छ, तब भगवानले हाम्रो पुकार सुन्नु हुनेछ । यदि हाम्रो भावना नै छैन भने, श्रेष्ठ कर्म त हामी गर्न नै सक्ने छैनौं ।
यहि कारण जब भगवान श्रीकृष्ण दुर्योधनको महलमा जानुहुन्छ, दुर्योधनले भगवानको सामु नानाप्रकारको मेवा- मिष्टान्न राखे, तर भगवानले केहि खानु भएन । भगवान श्रीकृष्ण विदुरको घरमा जानुभयो अनि विदरानीलाई भन्नुभयो, 'काकी! घरमा केहि खानेकुरा छ, मलाई एकदमै भोक लागेको छ ।' विदुरानी भन्छिन्, 'प्रभ! मेरोमा बस केहि केरा छन्', तर विदुरानी यति प्रेममग्न भइन् उनले केराको गुदी फ्याँकेर बोक्रा भगवानलाई खान दिन थालिन् । भगवान श्रीकृष्णले एकदम प्रेमसंग बोक्रा खाइरहनु भयो ।
त्यहि समय विदुरले आएर भन्छन्, पगली! भगवानलाई तैले बोक्रा खुवाइरहेकी छस्! जब विदुरले केराको गुदी भगवानलाई खान दिन थाले, तब भगवानले भन्नुभयो बस, अब मेरो पेट भरियो, म अघाएँ ।' भन्नुको अर्थ जब पवित्र भावना हुन्छ, तब भगवान पनि प्रेमको वशीभूत हुनुहुन्छ।