महात्मा र भीष्म पितामहले स्विकारेको सत्यः दुर्योधनको अन्न खाँदा भ्रष्ट

अन्नको बुद्धिमा प्रभाव

विष्णुप्रसाद तिमिल्सीना, प्रकाशित मिति : २०७६ चैत ६ बिहिबार
तस्विर : दिलसेदेशी

काठमाडौं । प्राचीन कालमा राजा शिवीको दरवारमा एक परमहंश महात्मा बसेका थिए । राजा पनि महात्मालाई निकै मान गर्दथे । सत्संगमा दिन वितिरहेको थियो । एकदिन राजाको सेवामा लागेका ब्राम्हणले आफ्नो छोरीको गहना बनाउन कुनै सुनारलाई सुन दिए ।

सुनारले गहना तयार गरे तर नम्बरी सुनको बदलामा सुनको जलपमात्र लगाएर पित्तलको गहना दिए। सुनारले राजाकहाँ उजुर गरे । गलत कार्यको फलस्वरुप राजाले सुनारको सबै सम्पत्ति जफत गरिदिए ।

एकदिन राजा र महात्मा देवस्थल गएका थिए । संयोगवश त्यहां उनीहरुले त्यही सुनारको धनबाट बनेको खाना खाए । महात्माको मनमा त्यो अन्नको प्रभाव तुरुन्तै परिहाल्यो र उनले राजाको छोरीको गहना चोरेर दरवारबाट निस्किए । तीन दिनसम्म उनी दरवारमा पनि गएनन् ।

तीन दिन पछि त्यो अन्नको प्रभाव हट्न गयो र उनलाई पश्चात्ताप भयो । उनी राजाकहां गए र आफ्नो दुवै हात काट्न अनुरोध गरे । राजाले कारण सोधे, उनले सबै बताए ।

राजा स्पष्ट हुन सकेनन् र पण्डितहरुको राय लिए । पण्डितहरुले खुव बिचार गरे र त्यही अन्नको प्रभावले महात्माको मनमा विकार आएको निष्कर्षमा पुगे ।
 
जसरी भिष्मपितामहको बुद्धीलाई दुर्योधनको कुअन्नले प्रभाव पार्‍यो ती महात्मालाई पनि कुअन्नको प्रभाव पर्‍यो।

भीष्म पितामह अर्जुनको बाणको शैय्यामा पल्टेर मृत्यु पर्खदै थिए । मृत्युको अन्तिम समयमा रहेका भीष्म पितामहले कुरुक्षेत्र मैदानमा ज्ञान, विज्ञान, राजनीति र दर्शन आदिबारे उपदेश दिइरहेका थिए । त्यो सुनेर द्रौपदी खित्का छोडेर हाँस्दै थिइन् ।

सो चाल पाएका भीष्मले द्रौपदीलाई भने, द्रौपदी मलाई थाहाँ छ तिमी किन हास्दैछौं । जुनबेला युधिष्ठिरले तिमिलाई जुवामा थापेका थिए । यो सरासर नीतिविपरीत र अन्याय थियो । तिमिलाई जुवामा थाप्नु किमार्थ न्यायसंगत थिएन । त्यसबेला मैले केहि बोल्न सकिन । द्रौपदी, त्योबेला म दुर्योधनको अन्नको प्रभावमा थिए । त्यसकारण मेरो बुद्धी भ्रष्ट भएको थियो । किनकि भ्रष्ट मान्छेको अन्न खाँदा असल मान्छे पनि भ्रष्ट हुन्छ ।

दुर्योधनको अन्नकै कारण मेरो बुद्धी पनि भ्रष्ट भएको थियो । आज अर्जुनको वाणले दुर्योधनको अन्नबाट बनेको रगतका मेरो शरीरबाट बगिसकेको छ । अब मेरो शरीरमा दुर्योधनको अन्नको प्रभाव छैन ।

नयाँ