- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। साउदी अरेबियाले हालसालै तेल मूल्यको युद्ध फेरी शुरू गरेको छ। जसले वैश्विक अर्थतन्त्रलाई असर पार्ने निश्चित छ। आजभन्दा ५० वर्ष अघी त्यहि सूत्रहरुले सोभियत संघको पतनको जग हालेको थियो। तेल सँधै र अहिलेसम्म पनि विशेषत साउदी अरेबिया, इराक र इरानमा सस्तो मुल्यमा उत्पादन हुँदै आएको छ। यिनै देशहरु नै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) का प्रवाभसाली सदस्य राष्ट्रहरु हुन्।
तसर्थ, ओपेकका केही सदस्य राष्ट्रहरूसँग विश्वव्यापी अर्थतन्त्रमा प्रभाव पार्न विश्व पेट्रोलियम पदार्थका मूल्यहरूमा कटौती गर्ने वा बढाउने विकल्प छ। साउदी अरेबियाले पेट्रोलियम उत्खननको विवादित नेताको रूपमा विगतमा यो विकल्प प्रयोग गरिसकेको छ। र कुनै समयमा त्यो नीतिले तत्काली सोभियत संघलाई तल ल्याउन मद्दत पनि गर्यो।
१९७३ को तेल संकट
१९७३ को तुलनामा गर्ने हो भने अहिलेको तेलमा भएको मुल्य गिरावट केहि पनि होइन। त्यस वर्ष अक्टोबर १७ मा इजिप्ट र सिरियाको जोडमा अरब पेट्रोलियम निर्यात देशहरूको संगठन (ओएपिईसी)का सदस्य राष्ट्रहरुले तेल रोक्काको घोषणा गरे। यो प्रतिबन्ध योम किप्पुर युद्धको समयमा इजरायललाई सहयोग पुर्याउने देशहरुमा लक्षित थियो। यस क्रममा क्यानडा, जापान, नेदरल्याण्ड, ब्रिटेन र संयुक्त राज्य अमेरिका पछि पोर्तुगल र दक्षिण अफ्रिकासम्मलाई प्रतिबन्ध लगाइएको थियो।
यो प्रतिबन्ध क्रमिक रुपमा मासिक उत्पादन कटौती गर्दै लाने थियो। जसले गर्दा डिसेम्बर १९७३ सम्ममा, ओएपिईसीको उत्पादन सेप्टेम्बर १९७३ को तुलनामा एक चौथाई कमि आइसकेको थियो। सन् १९७३ मा अमेरिकी तेल उत्पादन विश्वव्यापी उत्पादनको १६.५ प्रतिशत मात्र थियो, तर अमेरिका तेलको ठूलो आयातकर्ता थियो। यद्यपि ओएपिईसीले अमेरिका तथा अरु देशहरु महत्वपूर्ण ग्राहक हुँदाहुँदै उनीहरु लक्षित त्यो कठोर निर्णय लिएका थिए।
ओपेकको १९७३ को निर्णयले विश्वव्यापी मन्दी र आर्थिक संकट खडा गर्यो। सन् १९७४ मा प्रतिबन्धको अन्त्यसम्ममा, तेलको मूल्य ३ डलर ब्यारेलबाट १२ डलर प्रति ब्यारेल पुगेको थियो जसमा तेलको मूल्य करिव ४०० प्रतिशतसम्म बढेको थियो र अमेरिकामा यो अझ उच्च भयो। यो प्रतिबन्धले तेल संकट, वा 'आघात' निम्त्यायो, यसले विश्वव्यापी राजनीति र विश्वव्यापी अर्थतन्त्रमा धेरै छोटो समयमा दीर्घकालीन प्रभावहरू देखायो।
अरबी तेल उत्पादन गर्ने देशहरूले दुईवटा अवसरमा राजनीतिक घटनाहरूलाई प्रभाव पार्न तेललाई इन्धनको रूपमा प्रयोग गर्ने प्रयास गरेका थिए। पहिलो, १९५६ मा बेलायत, फ्रान्स र इजरायलले मिस्रमा आक्रमण गर्दा सुवेज संकट थियो। द्वन्द्वको क्रममा अरामीहरूले ट्रान्स अरबी पाइपलाइन र इराक–बानियास पाइपलाइन दुबैलाई तोडफोड गरे जसले पश्चिमी यूरोपमा तेलको आपूर्तिलाई अवरोध पुर्यायो।
दोस्रो उदाहरण हो जब १९६७ मा इजिप्ट बिरूद्ध इजरायलको युद्ध। इजरायलको बिरूद्धमा इजिप्टियन र सिरियाली दुश्मनीको बाबजुद यो प्रतिबन्ध केही महिना मात्र चल्यो। १९६७ को प्रतिबन्ध प्रभावकारी नभएको धेरै विद्वानहरूको ठम्याई थियो। त्यहि मुद्धालाई उठाएर इजिप्टी र सिरियालीले ओएपिईसीको सहारा लिएर १९७३ को प्रतिबन्ध लगाए जसले विश्व आर्थिक मंन्चको जग नै हल्लाईदियो।
ओएपिईसीको उक्त निर्णयले सबैभन्दा बढी फाइदा साउदी अरवलाई पु्ग्यो जसबाट साउदी शेखहरू समृद्ध भए र चाँडै धेरै धन कमाए। यो अवस्था सोभियत संघको लागि पनि अत्यधिक फाइदाजनक भयो जसले तेल र प्राकृतिक ग्यास निकास बढायो र द्रुत रूपमा विश्वको तेल र ग्याँस उत्पादकहरूमध्ये एक बन्यो। तेल र ग्यासको आय अब सोभियत संघको राष्ट्रिय आम्दानीको आधाभन्दा बढी भयो।
यसबीचमा, अमेरिकामा भने बेरोजगारी दर दोब्बर भयो र जीडीपीमा समेत ६ प्रतिशतले ओरालो लाग्यो। त्यस अवस्थामा अमेरिकाले साउदी अरेबियालाई अमेरिकी हितमा काम गर्न राजी गराएर प्रतिउत्तरको तयारी गरिरहेको थियो।
कसरी जित्यो अमेरिकाले शीत युद्ध ?
१९७३ को संकटले दीर्घकालीन परिणामहरू उत्पन्न गर्यो। जसमा जापानी अटोमोबाइल्स कम्पनीहरुले एक ट्यांकर भरी पेट्रोलमा दोब्बर माईल कुद्द सक्ने प्रकारका गाडीहरु उत्पादन गरेर मार्केट लीडर भन्न पुगे। जबकि अमेरिका र अन्य पश्चिमी देशहरूले नयाँ तेल भण्डारण सुधार गर्ने प्रविधिको खोजी गर्न थाले। यस बीच, सोभियत संघले अझै पनि तेल बेचेर ठूलो मुनाफा कमाइरहेको थियो। १९७९ मा, इरानमा इस्लामिक क्रान्तिले त्यहाँको तेल उत्पादनमा ठूलो कटौती गरेको थियो। यसले गर्दा विश्वव्यापी तेलको मूल्यमा थप वृद्धी भयो।
सेप्टेम्बर १९८० मा शुरू भएको इरान–इराक युद्धले अवस्थालाई झनै चर्कायो। तर १९८० को दशकको शुरूतिर, अमेरिका र उसका मित्र देशहरूको संयुक्त प्रयासले यसको तेलको भुक्तानी गरिसकेका थिए किनकि तेलको अत्यधिक उत्पादनका कारण मूल्यमा गिरावट हुन थालेको थियो।
सन् १९८१ मा, अमेरिकी प्रशासनले राज्यबाट नियन्त्रण गर्ने तेलको मुल्य तथा उत्पादन सम्बन्धीत नियमहरु खारेज गर्यो र त्यहि समयमा करमा पनि कम गर्यो जसले गर्दा १९८० पछि निरन्तर ओलारो लागेको तेलको मुल्य बढ्न भने सकेन। यस्तो अवस्थामा, सोभियत संघ लगायत सबै देशहरूले आणविक ऊर्जा साथै वैकल्पिक उर्जा स्रोतहरूमा काम गर्न थाले। त्यहि क्रममा सन् १९८६मा चेर्नोबिल दुर्घटना भएको थियो।
यो अझै विवादास्पद छ कि यो प्रकोपको कारण प्लान्टको उर्जा उत्पादन बढाउन सोभियत संघ प्रशासनको माग थियो, तर यो विपत्तिले युएसएसआरको अर्थव्यवस्था, अन्तर्राष्ट्रिय छवि, र उर्जा उद्योगलाई कडा प्रहार गर्यो।
१९८६ मा सोभियत संघमा भएको आणविक दुर्घटना पूर्व अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका तत्कालीन निर्देशक विलियम क्यासी साउदी अरेबियामा थिए । रोनाल्ड रेगनको राष्ट्रिय सुरक्षा सल्लाहकार रिचार्ड एलेनका अनुसार, त्यो समयमा क्यासीले भविष्यमा के गर्ने भन्ने विषयमा साउदी अरेबियाका राजा फाँदसंग गम्भिर छलफल भएको बताएका थिए।
पछिल्ला बर्षमा, साउदी सरकारले तेलको मूल्यलाई रोक्दै थियो। क्यासी फर्केपछि सेप्टेम्बर १९८५ मा साउदी अरेबियाले यसको उत्खनन द्रुत रूपमा बढाउन सुरू गर्यो। यद्यपि मूल्यहरू अझै कम थियो।
स्विफ्ट ड्रप
त्यस पश्चात चार महिनाको अवधिमा साउदी उत्खनन २० लाखबाट बढेर १० करोड ब्यारेल पुग्यो र ३२ डलर प्रति ब्यारेलको तेलको मुल्य १० डलर ब्यारेलमा झरेको थियो। तेलबाट अत्यधिक आम्दानी गर्दै आएको सोभियत संघको अर्थव्यवस्थाका यो सवैभन्दा ठूलो धक्का सावित भयो। यो देशका लागि अकल्पनीय झट्का थियो। १८८६ मा मात्र, युएसएसआरले २० बिलियन डलर भन्दा बढी गुमायो। त्यो लगभग देशको वार्षिक आम्दानीको ७.५ प्रतिशत थियो। र यो नै पहिलो बजेट घाटा थियो।
तर साउदी अरेबियाको अर्थव्यवस्थामा पनि उक्त कदमले ठूलो नोक्सानी झेल्नु पर्यो। किन तिनीहरूले त्यसो गरे त? रोनाल्ड रेगनका राष्ट्रिय सुरक्षा सल्लाहकार रिचार्ड एलेनका अनुसार, क्यासीले यस कदमको बदलामा साउदी शेखहरूलाई ब्यक्तिगत आर्थिक लोभको प्रस्ताव देखाए। १९८६ मा मात्र ८० प्रतिशत तेल एक्सोन, मोबिल, टेक्साको र शेभ्रन जस्ता सवै अमेरिकी कम्पनीहरू मार्फत साउदी तेल बेचिएको थियो, जुन एलेनको भनाईलाई पुष्टि गर्छ।
१९८५/१९८६ को तेल संकटपछि सोभियत संघ मन्दीमा डुब्यो। यो पहिले नै अस्वस्थकर, आदेश शैलीको सोवियत अर्थव्यवस्था टुक्राटुक्रा हुने अवस्थामा पुगिसकेको थियो। १९८६ मा, सोभियत संघका बाह्य ऋण करिब ३० बिलियन डलर थियो भने १९८९ सम्ममा ५० बिलियन डलर पुगिसकेको थियो।
साउदी अरेबियाको तेलको मूल्य बिस्तारै संन २००० को दशकको शुरुवाती दिनमा क्रमिक सुधार हुदै नाफा कमाउने अवस्थामा पुगे पनि साउदी सरकारले त्यति चासो नलिएको जस्तो देखिन्छ। किनकि उनीहरूले सम्भवतः १९७० को दशकबाट सुरक्षित सार्वभौम कोष जोगाएका थिए। उक्त कदमबाट अमेरिकाले अनुमानित रूपमा फाइदा उठायो जस कारण १९८६ मा, अमेरिकी ग्यास स्टेशनहरूले निःशुल्क पेट्रोल दिन सक्ने सम्म विज्ञापन गर्ने गरेका थिए।
तेल संकटले अमेरिकालाई सोभियत संघको बिरूद्ध शित युद्ध जित्न मद्दत पुर्यायो। आर्थिक मन्दीले मिखाइल गोर्बाचेभलाई अत्यन्तै अलोकप्रिय राजनीतिक निर्णयहरू गर्न उक्सायो। सरकारी प्रणालीलाई सुधार गर्ने प्रयास भनेर चिनिने पेरेस्ट्रोइका कोषको अभावका कारण धेरै हदसम्म निराश थियो। गोर्बाचेभको लोकतान्त्रिक बयानबाजी गरीव जनसंख्याको साथ राम्रो खेल्न सकेनन्।
सोभियत संघका जनताले सरकारलाई अदूरदर्शिता लागि जिम्मेवार ठहराए। त्यो बेला जहिले बोरिस येल्तसिन ठूलो स्वरमा सोभियत प्रणालीको कठोर आलोचना गरेर सरकारमा आएका थिए। १९८० दशकको अन्त्यसम्ममा सोभियत संघको विगठन यि नै घटनाले अपरिहार्य बनायो। रसिया बिओन्डबाट