- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक सूफी सन्त थिए। एक दिन सूफी सन्तसंग भेट गर्न एक फकीर आए। फकीरले देखे सूफी सन्त एउटा राम्रो तम्बूमा मखमलको गद्दीमा बसेका छन् । त्यो तम्बूको खुट्टीहरू सूनका थिए। फकीरले सूफी सन्तको नजिक गएर भन्छन्, 'महाराज! मैले त तपाईंको प्रशंसामा धेरै कुरा सुनेको थिएँ । तपाईं ब्रह्मनिष्ठ हुनुहन्छ. त्यागी, सादा जीवन मन पराउने सन्त हुनुहुन्छ, तर तपाईंको यो शाही ठाँट देखेर मलाई धेरै दु:ख लाग्यो । मलाई पटक यहि सम्झाउनु हुन्छ कि निरन्तर भजन-समिरण गर। यस्तो आशा थिएन।'
फकीरको कुरा सनेर ती सूफी सन्त तत्काल आफ्नो मखमली गद्दी छोडेर उठे अनि भने, 'फकीर! मेरो यो ठाँ बाँट केवल देखावटी मात्र हो, मलाई यसमा कुनै चीजमा आसक्ति छैन । म अहिले सबै छोडेर तपाईसंग हिडन तयार छु ।'
सूफी सन्त आफ्नो गद्दी, ठाँटबाँट, धन-सम्पत्ति सबै छोडेर तम्बूबाट बाहिर निस्कए अनि त्यो फकीरको साथमा गए । केहि पर पुगेपछि सूफी सन्तले देखे कि त्यो फकीर केहि निराश छन् । तब सन्तले सोध्छन्, 'हे फकीर! तिमी केहि निराश देखिन्छौ, के को चिन्ता छ तिमीलाई?'
फकीरले भन्छन्, महाराज! 'मेरो भीख माग्ने एउटा कटोरा थियो, त्यो तपाईको तम्बमा नै छोडिए छ, यहि मेरो चिन्ताको कारण हो।'
सूफी सन्तले मुस्कुराएर भन्छन्, हे बाबा! तिम्रो सस्तो धातुको भिक्षा पात्रले अहिलेसम्म तिम्रो पीछा छोडेको छैन । मेरो मखमली गद्दी र सुनको खुट्टीहरू त मेरो छातीमा टाँसीएका छैनन् । त्यसलाई त्याग्नुमा मलाई केहि कठिनाई भएन, तर तिम्रो मन अहिले पनि त्यो तुच्छ भिक्षा पात्रमा अड्किएको छ।'
यो सुनेर फकीर लज्जित भए अनि उसलाई आफ्नो भूल महसूस भयो, उसले सूफी सन्तलाई प्रणाम गरे अनि फेरि उनलाई तम्बूमा पुर्याएर आए।
भनाइको अर्थ जड पदार्थहरूसंगको आसक्ति नै दु:खको कारण हो। जीवले चैतन्य भएर पनि जड पदार्थहरुलाई आफ्नो मान्छ । मेरो घर, मेरो जमीन, मेरो गाडी आदिमा मेरो-मेरो गरिरहन्छ।
गरुड पुराणमा भगवान विष्णुले गरुडलाई भन्नुहुन्छ, 'हे गुरुड! संसारमा दुईटै कुरा छ-मम अनि न मम । अर्थात् मम माने मेरो. न मम माने मेरो होइन । मेरोको भाव रहनाले नै जीव संसारमा फँस्छ । मेरो होइनको भाव राख्नाले जीव संसारको सबै बन्धनबाट मुक्त हुन्छ । मेरो बाटै ममता उत्पन्न हुन्छ अनि ममताको विकराल रुप मोह हुन्छ। मोह नै सबै दु:खको जड हो। सन्त तुलसीदासले भनेका छन्-मोह सबै ब्याधीको मूल हो, जसबाट अनेक दु:खहरू उब्जन्छन् ।