धन्ना जाटले लाठ्ठी देखाए, भगवानले गाई चराए

प्रकाशित मिति : २०७६ चैत १२ बुधबार

काठमाडौं । साँझको समय थियो । मन्दिरमा शंख, घण्टीहरू बजिरहेका थिए। पुजारीले आरती गरिरहेको थिए। आरतीको आवाज सुनेर धन्ना जाट पनि मन्दिरभित्र गए। उनको हातमा गाई  हाँक्ने लाठ्ठी थियो।

आरती सकेर पुजारीले चरणामृत र प्रसाद बाँडे। धन्नाले पनि खाए। मीठो लाग्यो । धन्नाले सालिगराम देख्नेर सोधे, पण्डितज्यू! यिनी को हुन्? पुजारीले भने, यिनी भगवान हन । धन्नाले सोधे, यिनले के गर्छन्? पुजारीले  भन्छन्, यिनले सबै काम गर्छन् अनि जे माग्यो त्याहि दिन्छन् ।

धन्नालाई गाईहरू चराउन हैरान हुन्थे। दिनभरी गाईहरुलाई यताबाट उता, उताबाट यता फर्काउदा र बटुल्दा थाकेर हैरान हुन्थे । उनले सोचे म पनि एउटा भगवान लगेर जाने छु, मेरो गाईहरू घेर्दै चराउनमा सहयोग गर्ने छ । उनले पण्डितलाई भने, मलाई पनि एउटा भगवान दिनुहोस्, लगेर म पनि उनको आरती, पूजा गर्ने छु ।

 पुजारीले सोचे, यसले सालिगरामको के पूजा गर्ने छ, जाट त ठहन्यो। धन्नालाई भने, यो त सानो भगवान हो, ठूलो भगवान मन्दिरको बाहिर छ। मन्दिरको बाहिर एउटा ठूलो ढुंगा थियो, त्यसलाई देखाएर भने, यसलाई लगेर जाऊ।

अब धन्ना त्यो ढुंगा लिएर आफ्नो घरमा पुगे। आफ्नी पत्नीलाई भने, मैले भगवान ल्याएको छु. अब भगवानले हाम्रो सबै काम गर्ने छन्। तिमीले छिट्टो रोटी बनाएर ल्याउ भगवानलाई भोग लगाउने छु । धन्नाकी पत्नी उनको बुद्धि देखेर हाँस्न थालिन, रोटी बनाएर ल्याइन्।

धन्नाले ढोका बन्द गरे रोटी ढुंगाको आगाडि राखे । पुजारीले जसो गरेका थिए उसै गरे । ढुंगालाई भने रोटी खाउ। जब कति गर्दा पनि रोटी खाएनन् तब गाई कुट्ने लाठ्ठी उठाएर भने पुजारीले दिएको चाहि खुब खाने  मैले दिएको नखाने! छिट्टो खाऊ, मलाई पनि भोक लागेको छ, नत्र दुई-चार लाठ्ठी लगाउने छु । मेरो त दिनभर यहि काम छ, गाईले भनेको मानेन भने चार लठ्ठी कसिदिन्छु । बस! त्यसको अक्कल ठेकानमा आउछ र सिधा हिड्न थाल्छ यसकारण छिटो रोटि खाउ नत्र तिमिलाई पनि त्यसै गर्नेछु ।
 
भगवानले ढुंगाबाट हात निकालेर रोटी उठाऊनु भयो। धन्नाले हात समातेर भने, यसरी होइन, बाहिर निस्केर रोटी खाउ । धन्नाको सरल तथा निश्चल भावलाई देखेर भगवान प्रकट भएर रोटी खान थाल्नुभयो । जब रोटी अलिकति रह्यो, तब धन्नाले भगवानको अगाडिबाट थाल उठाएर भन्छन्,पुजारीले त अरुलाई पनि बाँड्थे, तिमीले कम-से-कम मेरो लागि त राखिदेऊ । बस! त्यो दिनदेखि भगवान धन्नाको घरमा बस्न थाल्नु भयो । धन्नाले गाई चराउन, घाँस काटन लगाउथे । सबै काम भगवानले गोठालो भएर गरिहाल्नु हुन्थ्यो, धन्ना ठाँटसंग रुखको छाँयामा सुतिरहन्थे।

एक दिन संयोगले धन्ना त्यहि मन्दिरमा गए। पुजारीलाई प्रणाम गरे अनि धन्यवाद दिदै भने, 'पुजारीज्यू! तपाईंले त मेरो सारा दुःख दूर गरिदिनु भयो । अब त भगवानले मेरो सबै काम गरिदिन्छन्।' पुजारी ठट्टा सम्झेर हाँसे । भने, 'पागल भयौ के हो? भगवान त्यसै मिल्छ! यहाँ पूजा गर्दा-गर्दा म बूढ़ो भइसकें, आजसम्म मलाई भगवानको दर्शन मिलेको छैन, तिमीलाई त्यसै भगवानको दर्शन मिल्यो?'

पुजारीले उनको कुरामा विश्वास नगरेको देखेर धन्नाले भने, 'पण्डितज्यू, मैले झुटो कुरा भनेको होइन, भगवान सधै मसंगै बस्नु हुन्छ।' पूजारीले भन्छन्, 'ठिक छ! त्यसो हो भने मलाई पनि भगवानको दर्शन गराऊ।' तब धन्नाले भन्छन्, भोलि भगवानले तपाईलाई दर्शन दिन हुने छ।

पुजारीले भोलिपल्ट मन्दिरको खूब साफ-सफाई गरे, तर मनमा भगवानको दर्शन मिल्छ भनेर विश्वास थिएन । यता धन्नाले भगवानलाई भन्छन्, 'हे प्रभु! पुजारीलाई दर्शन दिनुहोस् ।' भगवानले भन्नुहुन्छ, 'हेर पुजारीको यस्तो कुनै कर्म छैन, जो कि उसलाई मेरो दर्शन मिलोस् ।' धन्नाले भन्छन्, 'प्रभु! चाहे जे होस्, पुजारीलाई अवश्य दर्शन दिनुहोस्, आखिर मलाई उनकै कारण तपाईंको दर्शन मिल्यो, उनी मेरो गुरु हुन्।' 

धन्नाले पजारीलाई भन्छन्, 'पिण्डतज्यू! तपाईका अगाडि भगवान उभिनुभएको छ दर्शन गर्नहोस।' तर भगवान प्रगट हुनसाथै पुजारीको आँखा बन्द भयो अनि बेहोस् भएर लडे। धन्नाले भन्छन्, 'भगवन! पण्डितलाई होसमा ल्याएर दर्शन दिनुहोस्।' तब भगवान भन्नुहुन्छ,' पुजारीको भाग्यमा मेरो दर्शन लेख्नेको छैन, यति दर्शन पनि तिमी मेरो भक्त भएको कारण मिल्यो।'

धन्नाले माला जपेनन्  मन्दिरमा  धुप-दीप बालेर पूजा गरेनन् उनको मनमा मात्र भाव र प्रेम थियो । उनलाई भगवानले खान्छन् भनेर पूर्ण विश्वास थियो। यति भएर पनि भगवानले धन्नालाई आत्मज्ञान प्राप्त गर्न गुरु रामानन्द स्वामीको शरणमा जाने आदेश दिनुभयो।

पूजा गर्ने पुजारीहरूलाई भगवानले खानुहुन्छ भनेर विश्वास थोरै हुन्छ । मानिसहरुलाई देखाउनको लागि मात्र भोग लगाउँछन्,  मनमा त भगवानले खाँदैन भनेर राम्ररी जान्दछन । यस्ता बाहिरी भक्ति गर्नेहरूको हालत तेलीको गोरुको जस्तै हुन्छ, जुन गोरुले दिनभरी कोलमा घुमेर सम्झन्छ म धेरै टाड़ो पुणे, तर बेलुकी कोलबाट खोल्दा जहाँको त्यहिं हुन्छ।

नयाँ