arrow

जब पढेलेखेका विवेकानन्दले गरे अहंकार

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार
vivekananda_and_ramakrishna_paramahamsa.jpg

काठमाडौं। स्वामी विवेकानन्द (नरेन्द्र)ले जब आफ्नो जीवनमा अध्यात्मको शुरुआत गरे, त्यसभन्दा पहिले उनको मनमा मेरो प्रश्नको उत्तर कसैले  दिन सक्दैन भन्ने अहंकार थियो । 

स्वामी विवेकानन्दले रामकृष्ण परमहंसकोमा गएर उनलाई प्रश्न गर्दछन्,'के तपाईंले भगवान देख्नुभएको छ?' स्वामी रामकृष्ण परमहंसले तत्काल जवाफ दिदै भने, 'हो नरेन्द्र! मैले भगवानलाई देखेको छु, जसरी मैले तिमीलाई देखिरहेको छु, उस्तै गरेर मैले भगवानलाई देखेको छु ।'

 परमहंसको बोलीमा यति स्पष्टता थियो कि अवश्य उनले यस्तो आत्म-अनुभति गरेका छन् जसको मैले अहिलेसम्म आभास पनि गरेको छइन भन्ने नरेन्द्रको मनमा लाग्यो । नरेन्द्रको मनको अहंकार टूट्यो, तब गुरु रामकृष्ण परमहंसको शरण पर्छन्। फेरि गुरु महाराजजीबाट आत्मज्ञान र आशीर्वाद पाएर त्यही नरेन्द्र, नरेन्द्रदेखि स्वामी विवेकानन्द बने ।

 त्यसपछि गुरुको आज्ञा शिरोधार्य गरेर आत्मज्ञान प्रचार गर्न शिकागो, अमेरिका गए। वहाँ उनले आफ्नो प्रवचनमा सबैभन्दा पहिले दुई शब्द भने- “हे मेरा अमेरिकाका भाइ-बहिनी हो!' यो उनको आध्यात्मिक सोच थियो, जसले गुरुको आशीर्वादद्वारा धर्मसभामा बसेका हजारौं मानिसहरूको मन जिते।

स्वामी विवेकानन्दको बारेमा हामीलाई यति कुरा याद छ भने उनका गुरु रामकृष्ण परमहंसमा कति तेज थियो होला, कस्तो आध्यात्मिक शक्ति थियो होला, यो एक गहिरो तथा विचारणीय प्रश्न छ । 

स्वामी रामकृष्ण परमहंसले भनेका छन - एउटा सानो कमिला आफ्ना घरबाट चीनीको थुप्रोको छेउमा जान्छ, एक दाना चीनी मुखमा च्याप्छ र घरतिर फर्कन्छ । घरतिर फर्कदा उसले त्यो चीनीको थुप्रो फर्केर हेर्छ र मनमा भन्छ, अर्कोपटक आउँदा म यो सारा चीनी उठाएर लैजाने छु, यो सोच्दै खुशी मन भएर आउँदछ। उस्तै गरी मनुष्यले पनि यो जान्दैन कि उसको योग्यता र कार्यक्षमता के छ, उसको के-के इच्छाहरू छन्? दुबैलाई जान्न आध्यात्मिक जगतमा एकदमै जरुरी हुन्छ, जीवनमा तब सन्तोष मिल्छ । जसले यो जान्दछ उसको योग्यता, आफ्नो लक्ष्यलाई अवश्य प्राप्त गर्दछ ।' 

आफ्नो जीवनमा कुनै प्रकारको अहंकार आउन नदेऊ स्वामी रामकृष्ण परमहंसले  यही सम्झाउन चाहेका छन। जसै मनमा अहंकार आउँछ, त्यसले हाम्रो सारा भक्ति-भावलाई नष्ट गरिदिन्छ । यसकारण हामीले बडो सावधानीपूर्वक आफ्नो कदम बढाउनु छ। अहंकारले हाम्रो कार्यको भाव नै बदलाइदिन्छ, कार्यको मुख्य उद्देश्य नै बदलाइदिन्छ, त्यसको परिणाम नै बदलाइदिन्छ ।  जब तपाईंको सोंच, तपाईंको विचार पवित्र हुने छ अनि हरपल संघर्ष गर्नुहुने छ. तब तपाईको उच्च विचार, उच्च भाव आफै निखारिने  छ। यसकारण आफ्नो दिव्य स्वभावलाई आफूभित्र प्रकट गर्नुपर्नेछ।

वेदहरूमा सबैभन्दा पुरानो ज्ञान छ-'अहंब्रह्मास्मि' । जुन ब्रह्मको, परमपिता परमात्माको शक्ति छ त्यो मनराशि त्यो मनुष्यदेखि अलग छैन, जसले आफ्नो वास्तविक स्वरूपलाई,  दिव्य स्वरूपलाई जानेको हुन्छ, उसैले यो रहस्यको कुरालाई जान्दछ ।

 यही रहस्यलाई भगवान बुद्धले एकदमै सरल शब्दहरूमा सम्झाएर भनेका छन्-'जब यात्री आफ्नो लक्ष्यमा पुग्छ, तब उसलाई थाहा लाग्दछ कि उसको जीवनको शुरुआत उसै भित्रबाट भएको थियो अनि उसको जीवन-यात्रा पनि उसैको  भित्र गएर समाप्त हुन्छ ।' 

यसकारण महापुरुषहरुको वचनलाई गहिराईमा गएर सम्झनुपर्दछ, त्यसलाई आफ्नो जीवनमा उतार्न पर्दछ। यसरी जब हामी बिस्तार-बिस्तारै सत्यतिर बढ़दै जानेछौं, आफ्नो मनको पवित्रताको खोजी गर्दछौं, तब जुन लक्ष्य छ, जसलाई हामी प्राप्त गर्न चाहन्छौं, त्यो आफैंभित्र हामीलाई मिल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ