arrow

कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्दै, यस्तो छ भारतसहित दक्षिण एसियाको अवस्था

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको छ । सोमबार बिहानसम्म १२ लाख ७२ हजार ९५३ जना संक्रमित भइसकेका छन् । 

जसमा ६९ हजार ४२८ जनाको मृत्यु भएको छ । सक्रिय रहेका ९ लाख ४१ हजार १९४ संक्रमितमा ४५ हजार ५८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सडटइन्फाले जनाएको छ । 

अहिलेसम्म ३ लाख ३१ हजार ७५९ केस बन्द गरिएको छ । जसमा २ लाख ६२ हजार ३३१ जनालाई निको भएर घर फर्किसकेका छन् । 

तर ६९ हजार ४२८ जनाको ज्यान गइसकेको छ । केस बन्द गरिएकोबाट हेर्दा निको भएका ७९ प्रतिशत रहेका छन् भने मृतक २१ प्रतिशत रहेका छन् । 

२०८ देश तथा क्षेत्रका साथै २ वटा अन्तर्राष्ट्रिय वहाबमा प्रभावित कोरोनाले सबैभन्दा बढी असर अमेरिकामा पारेको छ । अमेरिकामा ३ लाख ३६ हजार ६७३ जना संत्रमित छन् भने ९ हजार ६१६ को ज्यान गएको छ । 

दोस्रो स्थानमा स्पेन रहेको छ । जहाँ १ लाख ३१ हजार ६४६ जना संक्रमित हुँदा १२ हजार ६४१ जनाको ज्यान गएको छ । 

इटालीमा १ लाख २८ हजार ९४८ जना संक्रमित हुँदा १५ हजार ८८७ जनाको ज्यान गएको छ । जर्मनीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ । १५ सय ८४ जनाको ज्यान गएको छ । 

फ्रान्समा ९२ हजार ८३९ जना संक्रमित भएकामा ८ हजार ७८ जनाको ज्यान गएको छ । 

कोरोनाको उद्गम राष्ट्र चीनमा भने संक्रमितको संख्या ८१ हजार ७०८ रहेको छ भने मृतक ३ हजार ३३१ रहेका छन् । चीनमा सबैभन्दा बढी ७७ हजार ७८ जना निको भएका छन् । 

इरानमा ५८ हजार २२६ जना संक्रमित हुँदा ३ हजार ६०३ जनाको ज्यान गएको छ । बेलायतमा ४७ हजार ८०६ जना संक्रमित हुँदा ४ हजार ९३४ जनाको ज्यान गएको छ । 

कस्तो छ दक्षिण एसियामा ?
दक्षिण एसियामा सबैभन्दा बढी असर भारतमा परेको छ । भारतमा ४ हजार २८८ जना संक्रमित भएका छन् भने ११७ जनाको ज्यान गएको छ । केही भारतीय संचारमाध्यमले मृतकको संख्या १२८ पुगिसकेको बताएका छन् । 

दोस्रो प्रभावित राष्ट्र पाकिस्तान बनेको छ । पाकिस्तानमा ३ हजार १५७ जना संक्रमित हुँदा ४७ जनाको ज्यान गएको छ । 

तेस्रो स्थानमा अफगानिस्तान रहेको छ । त्यहाँ ३४९ जना संक्रमित हुँदा ७ जनाको ज्यान गएको छ । श्रीलंकामा १७६ जना संक्रमित हुँदा ५ जनाको ज्यान गएको छ । 

बंगलादेशमा ८८ जनामात्र संक्रमित भए पनि मृत्यु भने ९ जनाको भएको छ । 

माल्दिभ्समा १९ जना संक्रमित छन् । नेपालमा ९ जना संक्रमित हुँदा भुटानमा संक्रमित संख्या ५ मात्रै रहेको छ । 

कोरोना भाइरसः कसरी देखियो चिडियाखानाको बाघमा कोरोना ? 

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना

मोदी आग्रहपछि भारतभर ९ बजे ९ मिनेटसम्म बालियो दीयो र मोमबत्ती, यसो भन्छ ऋग्वेद

अमेरिकामा एकै दिन ११ सय ६५ को कोरोनाबाट मृत्यु, यस्तो छ आँकडा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ