arrow

सबै कुरा जानिसके भन्ने शिष्यलाई गुरुले किन बजाए लौरो ?

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
guru_purnima_2019_1563189620.jpg

काठमाडौं । जापानमा एकजना प्रसिद्ध धार्मिक समाजसेवी गुरु थिए । एक व्यक्ति उनी भएको ठाँउमा आए र शरणागत हुने इच्छा व्यक्त गरे। ती व्यक्तिले भने, 'म संसारको खींचातानीबाट दुखी भएँ, अब म तपाईंको आश्रममा बसेर आश्रमवासी बनेर यहीं सेवा गर्न चाहन्छु ।' 

गुरु महाराजले उनलाई आश्रममा बस्ने स्वीकृति दिए। यसरी केही बर्ष  बित्यो । गुरु दरबारमा उनको मनमा कमाउने, खाने, बिजुली- पानीको केही चिन्ता थिएन। उनलाई गुरु दरबारमा बडो आराम मिल्न थाल्यो ।

दुई-तीन बर्षसम्म उनलाई राम्रो लाग्यो, जीवनमा कुनै उतार-चढ़ाव आएन । बिस्तार-बिस्तारै ती व्यक्तिको  मनमा अहंकार उत्पन्न हुन थाल्छ र उनी भन्छन्, गुरुले जुन करा सिकाउन सक्नु हुन्थ्यो, त्यो सबै त मैले सिके । 

मेरो जीवन पहिलेको भन्दा शान्त भयो, संसारको कुनै खींचातानी छैन । ती शिष्य अहंकारवश गएर गुरुको छेउमा बस्छन् र भन्छन्, गुरुमहाराज! मैले सबै कुरा जानिसके। गुरु त अन्तर्यामी हुन्छन्, यसको मनमा अहंकार आए जसलाई तोडनु छ, नत्र यसको सेवा-भक्ति कहिल्यै पूर्ण हुने छैन, यस्तो सोंचेर स्नेहपूर्वक भन्छन्न्, 'वत्स्! यदि तिमीले सबै कुरा जानिसक्यौ भने, आफ्नो अनुभव मलाई बताऊ ।' 

शिष्यले भन्छन्, 'महाराजजी! मेरो मन पहिले चञ्चल थियो । मलाई गरु आफ्नै दरबारमा सानो-सानो कुराहरुमा रिस उठथ्यो, अब मेरो मन एकदम शान्त भएको छ ।  मायाको उतार-चढाउ मनमा आउँदैन,  यस्तो लाग्छ कि मेरो अन्तर्जगत एकदमै खाली भयो।'

 जब महाराजजीले खाली हुनुको अर्थ सोधे तब  तब उनको विवेकले भन्छन्,' मलाई यस्तो लाग्दछ कि मनमा न केहि आउछ  न  त मनबाट केही बाहिर जान्छ, न रिस उठछ ।' 

शिष्यले जसै मनमा रिस उठदैन, न त मनमा कनै भाव भने तब ती गुरुले एउटा लौरोले उसको टाउकोमा बजाए ।  टाउको दुख्न साथै ती शिष्यले एकदमै रिसाएर   भन्छन्, महाराजजी! तपाईले यति जोडले मलाई हिर्काउन भो यो पनि सोच्नु भएन कि मेरो जीवन संकटमा पर्ने छ ।'

 तब गुरुले भने, वत्स! तिमीले अहिले भनिरहेका थियौ कि मेरो अन्तर्जगत बिल्कुल खाली भयो, मनमा न केही उँछ, न त केही बाहिर जान्छ । यदि तिम्रो मनमा केही छैन भने यो रिस कहाँबाट आए? 

 आदिगुरु शंकराचार्यले एकदमै सरल शब्दहरूमा  भने-'नित्य, अनित्य, विवेक, विचारा'। नित्य, अनित्य माने तपाईं कुनै पनि परिस्थितमा अर्थात् परिस्थिति चाहे अनुकूल  होस् वा प्रतिकूल, विवेक विचार द्वारा, कुनै हलचल नगरी  विचार गर्नहोस, यी सबै तपाईको जीवनमा कसरी भइरहेको  छ? जब तपाईले विचार गर्नुहुने छ, त्यो विचार गर्ने प्रक्रियालाई  हामी ध्यान भन्दछौं। तब उनले बिस्तार-बिस्तारै जीवनबाट सिक्दछ।

यसकारण हाम्रा महापुरुषहरू लोरोको चोटले  सम्झाउदछन कि तपाईको जून दिव्य स्वभाव छ, आध्यात्मिक स्वभाव छ, त्यो तब प्रकट हुन्छ, जब तपाईं आफ्नो मानवीय स्वभावदेखि अलग्गिएर पर हुनु हुने छ, त्यही पर हुनलाई त्याग भनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ