arrow

मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ मध्ये ३ लाई कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

logo
रासस,
प्रकाशित २०७६ चैत ३० आइतबार
corona-release-ministry-health-birjung.jpg

पर्सा। पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन भारतीय नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयले अपडेट गरेको सूचनाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९ गते पुनःपरीक्षण गरिएकामा तीन जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो।

वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषलाई कोभिड–१९ को शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो। उनीहरुसमेत ‘थ्रोट स्वाब’ किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो।

उक्त परीक्षणमा २१ जनामध्ये शङ्कास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनःएकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। कोभिड–१९ सङ्क्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी  ‘कन्ट्र्याक ट्र्यासिङ’  भइरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ