- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हुम्ला । हुम्लाका विभिन्न ठाउमा जिल्ला बाहिरबाट आएका व्यक्तिहरुको कोरोना भाइरसको आशंकामा र्यापिड डायग्नोस्टिक टेस्ट सुरु भएको छ । बुधबारसम्म जिल्लामा ६८ जनाको र्यापिड टेस्ट गरिएको छ ।
परिक्षण गरिएका ६८ जनाकै रिपोर्ट नेगेटिभ भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । बुधबारसम्म सिमकोटमा २९ जना, नाम्खामा २५ जना, ताजाकोटमा ८ जना र अदानचुलीमा ६ जना गरी ६८ जनाको द्रूतपरिक्षण गरेको प्रमुख सिंहले बताए ।
चैत २९ गतेबाट बिशेष गरि भारत लगायत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टिनमा बसेका व्यक्तिहरुको र्यापिड डायग्नोस्टिक टेस्ट सुरु गरि यदि पोजेटिभ रिपोर्ट आए सो व्यक्तिको घाँटी र नाकबाट स्वाब निकाली कर्णाली प्रदेशको सुर्खेत स्थित प्रदेश ल्यापमा पठाइने डाक्टर अमित बिष्टले बताए ।
चैत १० गतेदेखि हालसम्म हुम्लामा करीव ८ सय ८३ जना भित्रिएका सबै र्यापिड टेस्ट गरिने भएपनि अहिलेसम्म ६८ जनाको मात्र र्यापिट टेस्ट भएको छ । जिल्लाका ७ वटै गाउँपालिकामा भित्रिएका ब्यक्तिहरुको र्यापिड टेस्टका लागि स्वास्थ्य सेवा कार्यालयबाट स्वास्थ्यकर्मि खटाईएका छन् ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट दक्षिणतिर पर्ने ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुलि र चंखेलि गाउँपालिकामा जिल्ला बाहिरबाट, भारत लगाएत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टिनमा बसेका व्यक्तिहरुको र्यापिड डाँग्नोस्टिक टेस्ट गर्नका लागि स्वास्थ्य सेवा कार्यालयबाट ल्यापटेक्निसियन बलिराज भण्डारी, भक्ति फडेरार कार्यालय सहयोगि बिनोद रोकाया, उत्तरी नाम्खा गाउँपालिकाका लागि ल्यापटेक्निसियन गोबिन्द आचार्य र कार्यालय सहयोगि नन्द लामा र सिमकोट गाउपालिकामा रहेका ब्यक्तिहरुको टेस्टका लागि सिमकोट गाउपालिका स्वास्थ्य शाखालाई जिम्बा लगाएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
७ वटै पालिकामा अहिलेसम्म ७ जना महिला र ६१ जना पुरुष गरि ६८ जनाको मात्र कोरोना र्यापिड टेस्ट भएको छ ।
आरडिटी किटबाट रगतमा कोरोना संक्रमणको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । भने र्यापिड टेस्टका लागि गएका स्वास्थ्यकर्मीहरुले गाउँपालिकाहरुमा जिल्ला बाहिरबाट र भारत लगायत अन्य तेस्रो मुलुकबाट आएकाहरुलाई खोजी खोजी परीक्षण गरिहेका छन् ।