arrow

यार्साले धानेको जीवन : विद्यार्थी हिंडेपछि ४० विद्यालयमा ताला, १२ हजार भर्ना हुन सकेनन्

भर्ना अभियना अस्तव्यस्त, जिल्ला शिक्षा अधिकारी हैरान

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
school-n-yarsa-sport.JPG.jpeg
बझाङ । यार्सा गुम्बा संकलन गर्न स्कुले बालबालिका समेत लेकतिर हिडेपछि जिल्लाका एक दर्जन गाविसका झण्डै ४० विद्यालयको भर्ना अभियान अस्तव्यस्त भएको छ । अभिभावकसंगै विद्यार्थी पनि लेकतिर हिँडेपछि सरकारको विद्यालय भर्ना अभियानमा असर पुगेको हो ।   
 
भर्ना अभियान सुरु भएको डेढ साता वितिसक्दा पनि विद्यालयमा विद्यार्थी भर्ना हुन सकिरहेका छैनन् । जिल्लाका झण्डै चालिस विद्यायका झण्डै १२ हजार विद्यार्थीहरुले भर्ना नगर्दा सरकारको विद्यार्थी भर्ना अभियान अवरुद्घ भएको छ ।  गाँउले सहित सवै स्कुले बालबालिका समेत यार्सा संकलन गर्न लेक तिर लागे विद्यालय विद्यार्थी भर्ना गर्न आउदैनन् आदाबगर मावि दौलिचौरका शिक्षक ऐन बहादुर बोहराले भने, ‘यो फाट्टफुट्ट रुपमा विद्यार्थी भर्ना गर्न आउने गरेको बढी जसो विद्यार्थी भर्ना नै नगरेरै  गएका छन् ।’ उनले भर्ना गरिसकेका केही विद्यार्थी लेकतिर जाने क्रम बढेको बताए । 
 
यार्सा संकलन हुने समयमा वैशाख देखि असारसम्म जिल्लाका ४० वटै विद्यालय पूर्ण रुपमा बन्द हुने गरेको छन् । प्रतिपरिवार ३–४ जना यार्सा टिप्ने भएपछि झण्डै १० देखि १५ लाख सम्म कमाउन सकिने भएकाले स्कुले बालबालिका सहित यार्सा टिप्न जाने गरेको स्थानीय अभिभावक पुस्कल बोहराले बताए । 
 
उनले एक दुई महिनाको कुरा हो असारको अन्तिम सातातिर विद्यार्थीहरु फर्किहाल्छन् र भर्ना गर्छन् । यसरी विद्यार्थी सहित यार्सा संकलनमा हिडेपछि ती क्षेत्रका विद्यालयमा पाठ्य पुस्तक समेत वितरण भएको छैन । स्थानीय पुस्तक विक्रेता चक्रबहादुर बोहराले भने,  ‘हामीले विध्यालयमा पुस्तक बुझाई सकेका छौं तर, विद्यार्थी सबै यार्सा गुम्बा टिप्न लेक गएकाले विद्यालय अघि बढ्न सकिरहेको छैनन् ।’ 
 
यार्सागुम्बाबाट मनग्य आम्दानी हुने छोटो समयमा प्रसस्त पैसा कमाई हुने भएकाले वर्षेनी जोखिम पूर्ण बाटो र हिमालको कठ्याग्रिदो चिसो मोलेरै भएपनि बालबालिका यूवा र ६० वर्ष उमेर भन्दा मुनिका सबै यार्सा टिप्न हिमाल जाने गरेका छन् । यार्सा संकलन गर्ने सिजनमा जिल्लाका झण्डै ४० वटा विद्यालय तीन महिना सम्म बन्द हुने गर्दछन् । विगतका वर्ष झै यस वर्ष भने झन् बढी बन्द हुन सक्ने संकेत देखिएको छ । भर्ना अभियान नै अस्तव्यस्त हुने गरेर यो वर्ष मात्र भएको स्थानीय अभिभावकहरु बताउँछन् । 
 
जिल्ला शिक्षा अधिकारी मदन थापाले भर्ना अभियानको अनुगमन गर्न दौलिचौर पुगेको बताउँदै यार्सा संकलन कार्यले विद्यालयमा समेत असर परेको सुनाए । उनले विद्यालयमा  फाट्टफुट्ट मात्र विद्यार्थीले भर्ना गरेको भेटियो के रहेछ भनि बुझ्न खोज्दा सबै विद्यार्थी  यार्सा टिप्न लेक तिर गएका रहेछन् । जिशिअ थापाले यसरी हेर्ने हो भने जिल्लाको उत्तरी क्षेत्रका सबै विद्यालयमा भर्ना अभियान अस्तव्यस्त भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ