arrow

जिउँदै घर पुग्ने सुत्केरीको आश

logo
माधव प्रसाद चम्लागाई, 
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
sketch-sutkeri-aama.jpg

झसङ्ग उठ्दा मध्य दिन भएछ 
सपनाबाट बिउझिँदा बिपना परेछ 
जिउमा सुतेकी शिशु सुम्सुमाएँ 
सिरानी छाम्दा ढुङ्गा समाएँ ।।

ओछ्यान छाम्दा पोका पतौरा भेटाएँ
न थियो ओढ्ने न त थियो बिछ्याउने
यात्री न परें पहाड तराई छिचोलें 
न खान पाएँ न सुत्न पाएँ ।।
तर पनि, 
पुग्नु छ मैले बाबुआमा भेट्न
लकडाउनले मलाई कहाँ सक्छ छेक्न
चोरबाटो खोज्छु पुलिसै देख्छु
शिशु च्यापेर कुलेलम ठोक्छु ।।

दशौं दिन भो सयौं जँघार तरेँ
पहाडै नाघें तराईलाई छिचोलें
हिड्नु छ कति भोको पेटमा 
भोक भोकै सक्छु श्रमिक हुँ म ।।

न त बालेँ चुलो न त भेटेँ ओछ्यान
सर्वहारा शासकको कल्पनामा हराएँ 
सातु चपाएँ बाटो ओछ्याए 
चिल्ला सडकमा नै मस्त निदाएँ ।।

न त पर्यो साँझ न त बिहानी 
मध्यरात पनि जंगलमै बिताएँ 
च्यार च्यार गर्दा लाम्टा चुसाएँ 
पन्ध्र दिने नानीलाई काखमा निदाएँ ।।

न त थियो शक्ति न त सातु 
चारकोशे झाडी कसरी म काटूँ
सन्त्रास छाएको यो मेरो जीवन
समालौं अब कसरी यो मन ।।

सपनामा म घर पुगेथेँ 
मोही ढिडो खुब खाएथेँ
अस्ताउन आँटेकी हे मेरी आमा 
तिम्रो काख छोड्ने छैन अब म ।।

बिडम्बना,
शहरमा महामारीले भोकमरी बढायो
जन्मस्थान सम्झिँदा धरधरी रुवायो 
घर त पुग्न देउ सर्वमारा शासक
जिउँदै घर पुग्ने सुत्केरीको आश ।।

कोरोनाले मलाई बिल्लीबाठ बनायो 
जीवनसाथीसँगै हुँदा नि रुवायो 
आड र भरोसा तिम्रै छ अब 
बोक यो नासो पुग्नु छ घर ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ