परमार्थका लागि बाधक क्रोध र घमण्ड

विष्णुप्रसाद तिमिल्सीना, प्रकाशित मिति : २०७७ बैशाख १० बुधबार

गौरीघाट । एक जिज्ञाशु युवक गुरुको खोजीमा थिए । उनले कुनै महात्माको बारेमा सुनेका थिए, जसले सबैको मनोभावना अनुसार आध्यात्मिक मार्गमा डोर्‍याउन सक्तथे । 

उनी ती महात्माको कुटीमा गए, चरणमा परे र आफ्नो जिज्ञाशा राखे । महात्माले पनि उनलाई, “बाबु, तिमी एकपटक नजिकैको नदीमा नुहाएर आऊ भनेर अर्‍हाए । जिज्ञाशु नुहाउन गए । 

उनी गएपछि महात्माले आश्रमको जमीन वरपर कूचो लगाउने एक स्त्रीलाई युवक नुहाएर आउंदा धूलो उड्ने गरेर बढार्नु, तर उसले तिमिलाई पिट्न सक्छ, बच्नु भने । उनी अनुभवि अनुयायी थिईन् र त्यसै गरिन् । धुलो उडेको देखेर जिज्ञाशु रिसाए र पिट्न झम्टे । त्यो देखेर महात्माले उनलाई तिमी एक वर्ष पछि आऊ भनेर अर्‍हाए । 

जिज्ञाशु एक वर्षपछि आए । महात्माले फेरिपनि नुहाउन पठाए र बढार्ने स्त्रीलाई धूलो उसको शरीरमा पर्ने गरेर बढार्नु, तर उसको झम्टाईबाट बच्नु भने । जिज्ञाशु नुहाएर आउंदा उनले त्यसै गरिन्, तर जिज्ञाशु पहिलेको भन्दा कम रिसाए । महात्माले फेरि पनि एक वर्ष पछि आउनु भने । 

एकवर्ष पछि जिज्ञाशु आए । महात्माले पुनः नुहाएर आऊ भने र बढार्ने स्त्रीलाई यस पटक नुहाएर आउंदा बढारेको पात पतिगंरको टोकरी उसको टाउकोबाटै खनाइ दिनु भनेर अर्‍हाए । जिज्ञाशु नुहाएर आएपछि उनले त्यसै गरिन् तर जिज्ञाशु उनको पाउमा परेर भने, “आमा, तिमीबाट मैले आफ्नो जीवन सुधार्ने मौका पाएं” भनेर पाउमा परे । 

महात्माले यो चर्तिकला देखिरहेका थिए । जिज्ञाशु महात्माको चरणमा परे र महात्माले उनलाई आफ्नो शिष्यको रुपमा स्वीकारे। (संकलित)

नयाँ