- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोरोना देश भित्र मात्र होईन विश्वव्यापी साझा समस्या वनेको छ। यो रोगको एक्लैले सामना गर्न सक्ने कसैको सामर्थ्य छैन। अन्तर्राष्ट्रिय स्तरमै आपसी सहयोग र सहकार्यमा अघि बड्नु आबश्यक छ। यो समस्या ओली सरकारको मात्र होईन न उसको बलबुताको विषय हो। यस्ता राष्ट्रिय विपत्तिहरुमा सरकार वा प्रतिपक्षमा को छ ? मतलव रहदैन। सत्ता पक्ष प्रतिपक्षलाई साथ लिएर अघि वढ्छ, प्रतिपक्ष सरकारलाई साथ दिन्छ।
यो विपत्तिलाई सामना गर्न नेपाली काँग्रेसले सरकारलाई बिनासर्त सहयोग गर्दै आएको हो। तर वर्तमान ओली सरकार कोरोनालाई धन आर्जन र आफ्नो गुमेको राजनीतिक साख प्राप्तिकालागि दुरुपयोग गरिरहेको छ। सरकार झन बडी स्वार्थी, विवेकहीन र गैरजिम्मेवार देखिएको छ। जनतासँग कपट गरि रहेको छ। कोरोना आतङ्कले श्रीजना गरेको त्रासमा बाँचेका नेपाली जनतालाई थप पिडा र कष्ट थप्ने काम गरेको छ। अपरिपक्व निर्णय, संकुचित मानसिकता र लुब्ध प्रवृत्तिले कोरोना नियन्त्रण होईन विस्तार हुने देखिन्छ। कोरोना नियन्त्रणको लागि उपचार र उद्वारमा संलग्न स्वास्थ्यकर्मी, सेना, प्रहरी, शसस्त्र प्रहरी स्वयंसेवकहरु र आम नागरिकहरुलाई उपचार समाग्री, उपकरण, थप सुविधा र अत्यावस्यक दैनिक उपभोग्य वस्तु उपलव्ध गराउन कञ्जुस्याई गरिरहेको छ।
चीनवाट आफ्ना नागरिक झिकाउने सरकारको काम राम्रो थियो। तर मजदुरी गरेर आफु र आफ्ना परिवार पाल्नकोलागी भारत तथा तेश्रो मुलुक गएका गरीब नेपाली जनताका छोराछोरी अझै विदेशमानै अड्किनु परेको छ। यो विषयमा सरकारले विभेद पनि गर्यो र उनिहरुको मातृभूमि फर्कन पाउने नैसर्गिक अधिकारमाथी उपेक्षा पनि गर्यो।
कोरोनाको कारण कृषक कृषि पेशा धान्न सक्ने अवस्थामा छैन। दुई जना बुढाबुढीलाई अर्को बाली सम्मकोलागी अड्कलेर राखेको अन्नपात घर फर्किएका परिवारका सरदर आठ दश जनाले खाँदा र खर्च धान्दा दुई महिनालाई पनि पुग्दैन। उद्योग धन्दा कलकारखाना, बन्दव्यापार सवै व्यवसाय ठप्प छ। ऋण व्याज किस्ता कसरी तिर्ने। यी सवै व्यवसाय संचालन गर्न अनुदान र कोरोना काल भरकोलागी व्याङ्कको व्याज मिनाहा गरेर टिकाउनु पर्ने हुन्छ। यसतर्फ सरकारको ध्यान जान जरुरी छ।
लाखौ नागरिककै पंतिमा रहेर मैले आशा राखेको थिएँ, केन्द्र र स्थानिय सरकार यो विपत्तिमा जनउत्तरदायि र ईमान्दार रहेर काम गर्नेछन् तर आज उनीहरूको ढंग र नियतले सवैलाई निरास बनाएको छ। यो गंभिर अवस्थामा म एक राजनीतिककर्मी भएको नाताले दोलखाली जनता र मुलुककाप्रति मेरा पनि केही जिम्मेवारी र उत्तरदायित्वहरु भएकोले मौन वस्नु मनासिब देखिन र म नेपाल सरकार र स्थानिय सरकारलाई केही सुझावहरु प्रस्तुत गरेको हु।
कमरेडहरु ! तपाईंहरू आफुले त कहिल्यै भोग्नु परेन र भएन पनि तर विभेद र भोको पेटको कथा सुनाएरै यहाँ सम्म आइपुग्नु भयो। कति भयानक र कहालिलाग्दो हुन्छ यसको परिणाम। विदेशमा र स्वदेशमा पनि तपाँईहरुको कारणले भोको पेट, अभाव र विभेदको पीडा खपेर वसेका नेपालीहरुको मन कति कुँडिएको होला दुखेको होला तपाईहरु महसुस गर्न सक्नु हुन्न। किनकि तपाईहरु केवल वाचक हो। दक्षिणा असुल्नु हुन्छ र झोली टिपेर टाप कस्नु हुन्छ। देश भित्र होस कि विदेशवाट आफ्ना नागरिकलाई घर फर्कने वातावरण समयमानै मिलाई सक्नुपर्ने थियो। आवत जावतमा अझै प्रतिबन्ध छ। तर आफ्ना कार्यकर्ता खटाएर साटकसुटुक मानिस ओसारपसारमा सकृय पनि तपाईहरुकै सरकार छ। के तपाईहरुका कार्यकर्ता र तपाईले खवर गरेका मानिसमात्र नेपाली नागरिक हुन ? वस जादै छ रे भन्ने सुनेर चडेर आउने सिमित मानिस वाहेक कसले सेवा पाएका छन ? तपाईकै कानुन मानेर काठमाण्डौंमा वा अन्यत्र कतै पीडा खपेर वसेका आम नागरिक प्रति तपाँईको कुनै जिम्मेवारी र जवाफदेहिता छैन ?
के यो निर्वाचन हो आफ्ना मतदाता ओसारपसार गर्ने ? कि यो समय हो अर्को निर्वाचनकोलागि गुन लगाउने ? धमिलो पानीमा माछा मारेर कतिञ्जेल राजनितीमा जीविका चलाउनु हुन्छ ? एक्काईसौं शताब्दीको चेतना हो कामरेड ! सवैले वुझेका छन्। यो वेला पक्षपात गरेर छुद्र व्यवहार देखाउने र मोलाकाज गर्ने समय होईन। त्यसैले नेपाल सरकारले तत्काल निर्णय गरेर स्वास्थ्य परिक्षण गराएर स्थानान्तरणको काम सुरु गरोस। जन्तीमा शंख र मलामीमा पंचेबाजा वजाउने काम छाड्नुस कामरेड।
( कोइराला नेपाली कांग्रेस दोलखाका निवर्तमान सभापति हुन्।)