दासीको कुरा सुनेर राजाले छोडे राजपाट

प्रकाशित मिति : २०७७ बैशाख १५ सोमबार

काठमाडौं । राजा ईब्राहीम आफ्ना समयमा  निकै वैभवशाली राजा थिए । उनी सधै फूलको बिस्तरमा सुत्ने गर्थे । एक दासी सधै उनको लागि फूलले विस्तर सजाउथिइन् । एक दिन दासी जब फूलले विस्तर सजाइरहेकी  थिइन् ।

तब उनले सोचिन्, 'राजा फूलको बिस्तरमा सुत्छनुहुन्छ उहाँलाई कति आनन्द हुदो हो । यसको अनुभव म पनि गर्छु । केहि समय यो बिस्‍तरमा म पनि ढल्किएर हेर्छु कति आनन्द आउछ ।'

उनी त्यो पलंगमा सुतिन् । सारा दिन काम गरेर थाकेकी उनी विस्तारमा पल्टिएसँगै निदाइन् । जब राजा सुत्नको लागि आफ्नो शयन कक्षमा आए तब दासीलाई फूलको बिस्तारामा सुतिरहेको देखेर निकै रिसाए । उनी रिसले मुरमुरिदै भने, 'यो दासी कति उद्दंड छे । जो मेरो पलंगमा सुतिरहेकी छे । यसले निकै ठुलो गल्ती गरेकी छे । यसलाई सजाय दिन आवश्यक छ ।'
 
उनले चाबुक निकालेर दासी माथि प्रहार गर्न थाले ।

चाबुक बर्षाएसँगै पिडाले दासी कराउन थालिन् । चिच्याउ लागिन् । रुदा-रुदै अचानक उनमा एक विचार आयो । सो विचारले उनी खित्का छोडेर हाँस्न लग्छिन् । उनी हाँसेको देखेर राजालाई आश्चर्यचकित भए ।

राजाले चाबुक बर्षाउन छोडेर सोध्छन्, ' हे दासी ! जब म चाबुक हान्दै थिए त पहिले रुदै थिइस् पछि हाँस्न थालिस कुरो के हो ?'

दासी भन्छिन्, 'महराज ! यदि तपाई मेरो गल्तिलाई क्षमा गर्नुहुन्छ भने म बताउने हिम्मत गर्छु ।' राजाले उसलाई माफि दिए ।

तब दासीले भनिन्, 'महराज ! म तपाई सुत्नको लागि फूलको बिस्तर सजाइ रहेको थिए तब मैले सोचे की जब राजा यस विस्तरमा सुत्नुहुन्छ तब उहाँलाई कति सुख मिल्छ, उहाँ कति आनन्द प्राप्त गर्नुहुन्छ र त्यो सुखको अनुभव गर्नको लागि म जसै सुते मलाई निन्द्राले सतायो ।'

उनले भनिन्, 'जब अकस्मात ममाथि चाबुक बर्षियो तब म असहाय पिडा भएर रुन थाले तर केहि समयमा मभित्र एक विचार आयो । जब केहि समयको लागि यस फूलको बिस्तरमा सुत्नुको परिणाम यो छ । मैले चाबुक खानु परेको छ भने राजा जुन सधै यस बिस्तरमा सुत्छन् उनले पछि कति दण्ड भोग्नु पर्नेछ । उनको अन्त्यमा गएर के हालत हुनेछ  । यो विचार जब म भित्र आयो तब म आफ्नो पीडालाई भुलेर तपाई माथि आउने परिणामलाई सोचेर हाँस्न थाले ।'

यो सुनेर राजा निकै चिन्तित भए । आफ्नो भविष्य आफ्नो अन्तकाललाई लिएर  ।
उनले दासीलाई सोधे, 'के यस्तो कुने बाटो छ । जो म त्यो भयंकर परिणामबाट आफैलाई जोगाउन सकु ।'
दासी भन्छिन्, 'महराज ! यस समयका साचो सदगुरु सन्त कबीरदास हुनुहुन्छ । उहाँ भएको ठाँउमा तपाई गए त्यो आत्मज्ञान दिएर त्यो दु:खबाट मुक्त हुने उपाय बताउनुहुनेछ ।'दासीको कुरा सुनेर राजा ईब्राहीमले राजपाट छोडे । राजा ईब्राहीम सन्त कबीरदासको आश्रममा गएर सेवा गर्न थाले ।

सेवा गर्दा गर्दै बर्षो बितेपछि सन्त कबीरदासकी धर्मपत्नी माता लोईले भनिन् , 'ईब्राहीमले धेरै सेवा गरे । अब तपाई यीनलाई ज्ञान दिनुहोस ।' कबीरदास भन्छन्, 'उसलाई अझै सेवा गर्न देउ ।  यो घडा अझै कच्चा छ, ज्ञानअग्निमा राख्दै फुट्नेछ ।'
लोईले भनिन्, 'होइन महराज ! धेरै समय भयो विचराले सेवा गरेको अब ज्ञान दिनुहोस ।'
सन्त कबीरदासले भने, 'लोई  तिम्रो यस्तो इच्छा छ भने यीनको परिक्षा लिएर हेर , उतीर्ण भए ज्ञान दिनेछु ।'

अर्को दिन जसै राजा ईब्राहीम आश्रममा झाडु लगाएर विश्राम गर्न बसे तब माता लोईले उनी माथि हिलोको बाल्टिन खनाइदिइन्नु। हिलो ईब्राहीममाथि परेसँगै उनी क्रोधित भएर भन्न थाल्छन्, 'मेरो राज्यमा कोहि ममाथि हिलो हाल्थ्यो भने म त्यसलाई टुक्रा टुक्रा पारिदिन्थे ।'

माता लोई हास्दै गइन् । उनले कबीरदासलाई भनिन्, 'महाराज उनी भित्र अझै पनि राजा हुनुको अभिमान छ, उनलाई अझै केहि समय सेवा गर्न दिनुहोस ।'

जब ईब्राहीमले परीक्षा लिइएको र उनी फेल भएको थहा पाए तब उनी निराश  भएनन् उनी अझ उत्साहका साथ सेवा गर्न थाले । लामो समय बितेपछि माता लोईले कबीरदासलाई भनिन्,'महराज अब त ईब्राहीमले धेरै सेवा गरे । उलाई ज्ञान दिनुहोस ।
कबीरदासले भने, 'फेरी परिक्षा लिएर हेर ।'

एक दिन बिहान ईब्राहीमले आश्रमको सफाइ सकेर नुहाउन नदिमा गए । उनी नुहाएर आश्रम फर्किदै थिए तब माता लोईले माथिबाट एक बाल्टि फोहर उनी माथि खनाइन् ।

जसै राजा ईब्राहीममाथि फोहर पर्‍यो तब उनी माथि हेरेर भन्छन्, 'हे गुरुमाता तपाईले यस क्षुद्रको लागि, यस पापीको लागि यति कष्ट किन उठाउनुभयो, आफ्नो हातले यस्तो फोहर चीज किन उठाउनुभयो ? यदि तपाई आज्ञा दिनुहुन्थ्यो भने सबै फोहर म आफै आफ्नो टाउको माथि हाल्ने थिए ।'

तब लोईले कबीरदासलाई भनिन्, 'महराज ! अब ईब्राहीमभित्र अभिमान छैन । अब उनी ज्ञान लिनको लागि तयार छन् ।' सो परिक्षासँगै ईब्राहीमलाई कबीरदासले ज्ञान दिए । ज्ञान प्रप्त भएपछि ईब्राहीमले त्यो ईश्वरीय सत्तालाई आफ्नो हृदयमा दर्शन गरेर उनको मनुष्य जीवन सार्थक बनाए ।          

नयाँ