ओलीको अहंले जनता संकटमा

निर्मला क्षेत्री, प्रकाशित मिति : २०७७ बैशाख १७ बुधबार
निर्मला क्षेत्री।

अहिले विश्व नै नोवेल कोरोना भाइरस महामारीबाट आक्रान्त भइरहेको अवस्थामा नेपाल पनि अछुतो छैन । सबैको ध्यान कोरोनामा नै केन्द्रित छ । यस्तो समयमा सचेत भई सतर्क रहनुको विकल्प छैन । सरकारले समयमा नै लकडाउन गरी मुलुकलाई ठूलो क्षति हुनबाट जोगाएको छ । नागरिकहरुको अभिभाकत्व निर्वाह गर्नु पनि राज्यको दायित्व हो । ओली नेतृत्वको सरकारले कोरोना भाइरस बिरुद्ध सबै शक्तिहरुलाई एक ठाउँ उभ्याउनु पर्ने समय हो । यस्तो बेलामा पनि हजारौ जनताको संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई सुदृढीकरण गर्नुको साटो यसलाई कमजोर र संविधानलाई असफल बनाउने बाटोतिर लाग्नु दुखद हो ।

कोरोना भाइरसले विश्वका सम्पन्न र शक्तिशाली मुलुक अमेरिका,चीन, रुस, बेलायत, भारत ,फ्रान्स लगाएतका देशहरुमा समेत आतंकित पारेको छ । तुलनात्मक रुपमा अमेरिका जस्तो मुलुकमा पनि संक्रमितको संख्या र मृत्युदर द्रुत गतिले बढ्दै गइरहेको छ ।

हामीले सचेत र सतर्कता अपनाउदा अपनाउदै पनि अहिलेसम्म नेपालमा सक्रमितको संख्या बढने क्रममा छ । विश्वको धेरै जनसंख्या भएको मुलुक मध्ये भारत हामीसँग जोडिएको छ । भारतमा पनि संक्रमण हुनेको संख्या र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । यसले गर्दा नेपाललाई पनि चुनौतिको बिषय बनेको छ । कोरोना भाइरसको महामारीले गर्दा लकडाउनको परिस्थिती सिर्जना भयो, यसले हाम्रो जीवनयापनमा ठूलो संकट ल्याएको छ । राज्यले खाध्यवस्तु र औषधी उपचार सहजै ढंगले जनतालाई उपलब्ध हुने वातावरण बनाउनु पर्छ । साथै यो संकटलाई पार गर्न सहयोगी हातहरुको समेत खाँचो छ ।

तीनै तहको सरकारले आ-आफ्नै ढंगले रोकथामको लागि पहल गरेता पनि एक आपसमा समन्वयकारी भूमिकामा अलि कमजोरी भएकाले जनताले सास्ती पाइरहेका छन्। कोरोना भाइरसको समयमा बाहिरी मुलुकबाट आएका नेपाली नागरिकहरु पहिचान गरी तिनीहरुलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्ने थियो, त्यसो त पहिल्यै कमजोरी भएकै हो । अहिले पनि मानिसहरु भित्रीने क्रम जारी छ ।

बिदेशबाट आउने जो कोहीलाई पनि क्वारेन्टीनमा राखेर मात्र घर जाने वातावरणलाई कडाइका साथ लागु गर्नुपर्ने ब्यवस्था मिलाएमा कोरोना भाइरसबाट बच्न सकिएला । सरकारले समयमा नै आपना नागरिकलाई उनीहरुको पायक पर्ने ठाउँमा राख्ने ब्यवस्था मिलाएको भए नेपाल भारत सिमानाहरुमा रहनु हुने र बिभिन्न ठाउँहरुमा अड्किएर रहने नागरिकहरुको यो बिजोग अवस्था आउने थिएन । सबैजसो पालिकाहरुमा वा अन्य ठाउँमा पनि क्वारेन्टाइनको प्रबन्ध त मिलाइएको छ । तर त्यहाँ बस्नेको संख्या भने सारै न्युन छ, वास्तविक परिस्थिती यस्तो छ ।

बिदेशमा रहनुहुने नागरिकहरुको पनि अवस्था दर्दानक बन्दै गइरहेकोछ । उनीहरुको समस्या समाधानको निम्ती सरकारले तत्काल बिशेष पहल गर्नुपर्ने आवश्यक देखिन्छ । सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि केही पहल गरिरहेकोछ तर यो नै पर्याप्त भने हैन । कोरोना बिरुद्धको लडाइमा होमिनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी लगायतलाई आवश्यक सामान उपलब्ध गराउनुको साथै उनीहरुको मनोवल उच्च बनाउन साथ र सहयोगको जरुरी छ ।  अहिलेको अवस्थामा सरकारले पनि जनतालाई विश्वास हुने बातावरण बनाउनु पर्छ । त्यसको लागी सरकारले गर्ने र गराउने कामहरु छिटो, छरितो र पारदर्शी हुनुपर्छ ।

प्रदेश ५ मा पनि ठूलासाना गरी धेरै नाका र खुला सिमाना भएको कारणले जनताहरु त्रासमा छन् । अहिलेसम्म कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नदेखिएता पनि रोकथामको लागी आवश्यक सामानको तैयारी र बच्ने उपाएहरु बारेमा सर्वसाधरणलाई समेत जानकारी गराउन जरुरी छ । नेपालको समग्र परिवेशलाइ हेर्दा तुलनात्मक प्रदेश ५ मा त्यस्तो जटिल परिस्थिती भने अहिलेसम्म देखिएको छैन ।

तैपनि समयमानै सचेत र सजग हुनु आवश्यक छ । प्रदेश सरकारले केही तैयारी गरिरहेको देखिन्छ, तर त्यतिले मात्र प्राप्त हुदैन । नेपाल भारत सीमा क्षेत्रलाई कडाई गरिएको भनिएता पनि सुरक्षाकर्मीको अभावले गर्दा भनिए अनुसारको पूर्ण रोकथाम अझै हुन सकिरहेको छैन । सिमानाबाट लुकिछोपी आउने क्रम जारी नै छ । नाकाबाट खाध्यबस्तु र तरकारीहरु खुलमखुल्ला आइरहेका छन् । तत्काल नियन्त्रण गर्नसके मात्र कोरोना भाइरसबाट जोगाउन सकिएला नत्र अवस्था भयावह देखिन्छ ।

क्वारेन्टाइन निर्माणमा मापदण्ड अनुसार नभएको र राहत खरीद र वितरणमा समेत पारदर्शिता नभएको गुनासाहरु छन । राहात हुने खानेको लागि भन्दा हुँदा खानेको लागि हो भन्ने कुरा भुल्नु भएन । बितरण प्रणालीलाइ अलि सहज बनाउनु परयो । राहात बितरणलाई राजनीतिकरण गरिनु भएन,खास पिडीतले पाउनु परयो । छिमेकी मुलुक भारत लगायत बिदेशबाट आएका नागरिकहरुको तथ्यांक संकलन गर्न ढिलाइले गर्दा जनमानसमा ठूलो त्रास पैदा गरेकोछ । अहिले ब्यत्तिगत र दलगत स्वार्थ भन्दा माथि उठि नेपालबाट कोरोना बिरुद्धको अभियानलाई सफल बनाउन समन्वय, सहकार्य ,एकता र सहयोगबाट मात्र सम्भव छ ।

सरकारले चाहेमा सन्चार माध्यमबाट आएको समाचारको भरमा मानिसलाई समाएर कार्वाही गरिन्छ । पिडीत स्वयमले मलाई अपहरण गरियो भन्दा समेत मुकदर्शक बन्ने यो सरकारबाट जनताले के अपेक्षा गर्ने ? सांसद डा सुरेन्द्र यादवको अपहरण काण्डमा आरोपित तीन जना व्यत्तिहरुलाई अहिलेसम्म समाएर कारवाही गर्नुको सट्टा मुद्धा समेत लिन नमान्नुले कानुनी राज्यको ठाडो उपहास भएको छ ।

कोरोना भाइरसको यो महामारीबाट जनताको संरक्षण कसरी गर्न सकिएला भन्ने तर्फ सरकारको ध्यान खासै देखिदैन । यस्तो अवस्थामा पनि मानवीय संवेदनशिलता भन्दा ब्यक्तिगत स्वार्थ र दलिय राजनीतिलाई बढि प्राथमिकता दिनु भनेको जनता प्रतिको विश्वासघात हो । ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी हुन सकेन । ओली नेतृत्वको सरकारले जनताको समस्या समाधान प्रति खासै ध्यान देखिदैन । हजारौ जनताको संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई सुदृढीकरण गर्नुको साटो शक्तिलाई दुरुपयोग गरी यो ब्यवस्थालाई कमजोर र संविधानलाई असफल बनाउने कोशिस भैरहेको देखिन्छ ।

ओली सरकारले आफ्नै पार्टी भित्रका नेताहरुको पनि कुरा नसुन्ने र कुनै छलफल नगरि निर्णयहरु गर्नाले पार्टी र सरकारको बदनामी भएको नेकपाका नेताहरुले सार्वजनिक रुपमा भनिरहेका छन्। महामारीको बेलामा सबै एकजुट हुन आव्हान गर्नु पर्ने सरकार आफै बिवाद झिकेर राजनीति गर्नमा ब्यस्त देखिन्छ । कोरोना भाइरसले संसारमा जात-धर्म-वर्ग नहेरी समान व्यवहार गरिरहेको हाम्रो सरकारले भुलेको जस्तो देखिन्छ। प्रधानमन्त्री ओलीको ध्यान विश्व माहामारी भन्दा राजनीतिक दाउपेचमा बढि रहेको प्रष्ट देखीन्छ। नेकपा र सरकारले आफ्ना समस्या चाँडो सुल्झाएर कोरोनासँग लड्न ध्यान पुर्‍याउन जरुरी देखिएको छ।

नयाँ