arrow

सगरमाथामा आफ्नो दावी ठोक्न थाल्यो चीन  

चीनका सरकारी संचार माध्यमहरुको सगरमाथामा एकपछि अर्को दावी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
chinese-media-everest-claim.gif

काठमाडौं। उत्तरको छिमेकी चीनले सगरमाथामा आफ्नो दावी गर्दै फेरि एकपटक विवाद निकालेको छ। स्वामित्वको विषयलाई लिएर चीनले गरेको दावाले विवाद उठ्न सक्ने देखिएको हो। 

एकपछि अर्को चिनियाँ सरकारी संचार माध्यमहरु सगरमाथालाई आफ्नो भएको दावी गर्न थालेपछि चीनको भूमिकालाई लिएर नेपालमा शंकासँगै आक्रोस देखिन थालेको छ। 

चीनको सरकारी संचार माध्यम पिपल्स डेलीले केहि हप्ता अघी गरेको सगरमाथा सम्वन्धी दावालाई अर्को चिनायाँ सरकारी संचार माध्यम सीजीटीएनले दोहोर्‍याएको छ। पिपुल्स डेलीले भन्दा अझ प्रष्ट रुपमा सीजीटीएनले सगरमाथालाई आफ्नो भनेको हो। 

केहि हप्ता अघी पिपल्स डेलीले सगरमाथालाई चीनको भनी एक समाचार सामग्री टवीट गरेको थियो। सगरमाथाको उत्तरी मोहोडातर्फ फाइभ जी टावर राख्दै गरेको तस्विर र भिडियो सहित ट्वीट गरेको पिपल्स डेलीले सगरमाथालाई चीनको स्वशासित क्षेत्र तिव्वतको रहेको भनि उल्लेख गरेको थियो।

सीजीटीएनले भने अझ प्रष्ट रुपमा संसारकै अग्लो चुचुरोलाई चीनको स्वशासित क्षेत्रमा पर्ने उल्लेख गरेको छ। उसले भनेको छ, ‘चीनको स्वशासित क्षेत्र तिव्वतमा पर्ने संसारकै अग्लो चुचुरो झ्यामोलुङमा अर्थात माउण्ट एभरेष्टको आकाशमा देखिएको सुन्दर दृश्य।‘ सगरमाथालाई तिव्वती भाषामा झ्यामोलुङमा भनिन्छ।

सगरमाथाको आकाशमा देखिएको घामको सुन्दर वर्णन गरेपनि त्यस वर्णनमा सगरमाथाको बारेमा गरिएको प्रसङगमा चीनले सगरमाथालाई आफ्नो स्वशासित क्षेत्र तिब्बतमा रहेको बताएको हो।  

तत्कालिन प्रधानमन्त्री विपी कोइरालाकै पालामा चीनसँगको सीमा विवाद सुल्झाएर सगरमाथा नेपालतर्फ रहेकोमा सहमति भइसकेको हो । सो सहमतिमा सगरमाथाको पूर्व, पश्चिम र दक्षिण मोहोडा नेपालको हुने र उत्तरी मोहोडालाई नेपाल चीनको सीमाको रुपमा मानिएको थियो। तर अहिले चीनले पुरै सगरमाथालाई आफ्नो मान्न थालेको उसको गतिविधीले देखाएको छन्। चीनले यसअघी  सगरमाथाको विवाद सुल्झिएसँगै संसारकै अग्लो हिमाल नेपालमा रहेको आधिकारीक रुपमा स्विकार्दै आएको थियो। 

तर चीनको सरकारी संचार माध्यमहरु एक पछि अर्को सगरमाथालाई चीनको स्वसासित क्षेत्र तिव्वतको भएको दावी गरेर सगरमाथाको विषयलाई फेरि विवादमा तान्न उद्यत देखिएका छन्।  

सगरमाथा नाप्ने चीनको काम नापी विभागलाई जानकारी छैन
चीन पनि संसारकै अग्लो ठाउँ सगरमाथामा कहिले फाइभ जी पुर्‍याउने नाममा टावर राख्न लागिपरेको छ भने कहिले नेपाललाई जानकारी नै नदिए सगरमाथाको उचाई नाप्न उद्यत देखिएको छ। 

मे महिनाको ३ तारिक चिनियाँ सरकारको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेको समाचारअनुसार, परम्परागत र आधुनिक दुवै विधि र प्रविधि प्रयोग गरी चीनले सगरमाथाको उचाइ नाप्ने प्रयास शुरु गरेको उल्लेख छ। यसका लागि ६ वटा विन्दु तयार गरेको र ती विन्दुबाट ट्रिगोनोमेट्रीको प्रयोग गरी नाप गर्ने तथा जीएमएसएस स्याटलाइट सर्भे, स्नो डेफ्ट राडार र स्याटेलाइट रिमोट सेन्सिंग प्रविधिबाट नाप गरी सगरमाथाको उचाइ नापिने जानकारी पनि सिन्ह्वाको समाचारले दिएको छ। 

सो समाचारअनुसार, यसअघि पनि केही पटक चीनले सगरमाथाको नाप गरिसकेको र सन् १९७५ गरेको सर्बेमा सगरमाथाको उचाइ ८८८४.१३ मिटर र सन् २००५ मा गरेको सर्बेमा ८८४४.४३ मिटर उचाइ पत्ता लागेको उल्लेख छ।

तर सगरमाथाको उचाई नाप्ने यस कार्यमा चीनले नेपाल सरकारसँग औपचारिक रुपमा कुनै प्रस्ताव नगरेको परराष्ट्रका अधिकारीहरु बताउँछन्। उचाई नाप्न एरउटा मोहोडाबाट मात्र नभई चारैतिरबाट नाप्नु पर्ने हुन्छ। तर तीनतीको मोहोडा भएको नेपाललाई थाहा नै नदिइ सगरमाथाको उचाई नाप्न खोज्नु हेपाईको पराकाष्ठा भएको एक पूर्व कुटनीतिज्ञ बताउँछन्।  
 
चिनियाँ राष्ट्रपति सी जिनपिंगको नेपाल भ्रमणका बेला जारी संयुक्त बक्तब्यमा नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने कुरा उल्लेख भएको कुरा स्मरण गराउँदै उनले भने त्यतिखेर एउटा कुरा भन्ने अहिले यो के गरेको ? 

नेपाललाई थाहै नदिई नेपाली भूमि प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न पाइन्छ भन्ने पटक्कै नभएको नापी विभागका अधिकारीहरु बताउँछन्। उनले भने, 'नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक हुन्छ।'

नापी विभागका प्रवक्ता दामोदर ढकालले चीनले सगरमाथाको उचाइ नाप्ने विषयमा विभागलाई कुनै जानकारी नभएको बताए। नेपालले सगरमाथाको उचाई नाप्नु अघी भने चीन सहित विभिन्न देशका प्रतिनिधीहरुलाई बोलाएर एक अन्तराष्ट्रिय गोष्ठी समेत गरेको ढकालले बताए। 

ढकालले भने, ‘नेपालले सगरमाथाको उचाई नाप्नु अघी २०१७ डिसेम्वर १० र ११ मा अन्तराष्ट्रिय गोष्ठी गरेर सगरमाथाको मापनको विधी तयार गरेको थियो। सो गोष्ठीमा चीन, भारत, बंगलादेश न्यूजिल्याण्ड, फ्रान्स र अमेरिकाका प्रतिनिधीलाई बोलाएर सुझाव समेत लिइएको थियो।‘   

सगरमाथाको उचाइ नाप्न विभिन्न देशहरुले नेपाललाई आग्रह गरे पनि नेपालले आफै नाप्ने भन्दै काम शुरु गरेको थियो। 

सगरमाथामा फाइभ जी स्टेशन र टावर
संसारभर माउण्ट एभरेष्ट भनेर चिनिने संसारकै अग्लो ८,८४८ मिटर अग्लो सगरमाथामा चीनले फाइभ जीको वेस स्टेशनहरु बनाइरहेको छ। 

पिपल्स डेलीका अनुसार फाइभ जी वेस स्टेशनहरु सगरमाथाको उत्तरी मोहोडाको ५३ सय मिटरको वेस क्याम्पमा रहने छन्। त्यसैगरि ५८ सय मिटर र ६५ सय मिटरमा समेत टावर सहितका फाइभ जी बेस स्टेशन रहने छन्। 

सगरमाथामा पनि फाइभ जी स्टेशन राख्ने कार्यको वातावरणवादीहरुले विरोध गरेका छन्। सेटलाइट कनेक्सनबाट सम्पर्क हुने ठाउँमा फाइभ जीको स्टेशन र टावर बनाएर वातावरण विनाशमा लागेको चीनमाथि आरोप पनि लागेको छ। अब सगरमाथामा पनि इलेक्ट्रोम्याग्नेटीक रेडियसन पुग्ने चिन्ता समेत कतिपयले व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ