arrow

अन्ततः खुल्यो ओली–राय गोप्य भेटको राज

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
oli-ray-new.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदूतसंग गरेको गोप्य भेटको राज अन्ततः खुलेको छ । ओलीले बत्तिसपुतलीस्थित होटल द्वारीकाज् मा रात्रीभोजसहित गरेको गोप्य भेटमा आफ्नो सरकारबारेको चर्चा, मधेस आन्दोलन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतबारे कुरा भएको खुलेको हो ।  अति गोप्य भनिएको रात्री भोजसहितको भेटमा ओली, एमाले नेता माधव कुमार नेपाल,  अर्थमन्त्री विष्णु पौडेल सहभागि भए । महासचिव ईश्वर पोखरेल समेत भेटघाटमा सरिक भएको बुझिएको छ । 
 
यस्तै, प्रधानमन्त्रीका निकटस्थ सल्लाहकार र भारतीय राजदूत रायसहित दूतावासका डीसीएम विनय कुमार सहभागि रहे । गाेप्य भेटमा ओलीले आफू नेतृत्वको सरकारलाई सहयोग गर्न राजदूत रायमार्फत भारतसँग आग्रह गरेका बुझिएको छ । भेटका क्रममा भारतीय राजदूत रायले आफूहरुले नेपालमा शान्ति र स्थायित्व चाहेको धारणा राखेपनि ओली सरकारबारे भने खुलेर कुरा गरेनन् । संविधान जारी भए देखि मौन रहेको भारत सरकारले ओली सरकारलाई सहयोग नगरेको चर्चाहरु भइरहेका छन् । 
 
प्रधानमन्त्रीले गुहार्दै रायलाई मधेसी मोर्चाकै माग अनुरुप संविधान संशोधन भइसकेको तर, अझैं उनीहरुले आन्दोलन गर्न नछाडेको भन्दै समस्या सिर्जना भएकाले यसबारे पहलको आग्रह गरे । 
 
भेटमा मे २१ गते हुने बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने नआउनेबारे समेत छलफल भएको बताइएको छ । केही दिन अघि विहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १५ मा हुने वुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भमणमा आउने नआउनेबारे छलफल भइरहेको बताएका थिए ।  
 
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणबारे कुराकानी भएको पनि स्रोतले सुनायो । राष्ट्रपति भण्डारी कुभ्म मेलामा सहभागि हुने भएकाले कतिपय भारतीयले राष्ट्रपतिको भारत भ्रमणलाई ‘कुम्भ डिप्लोम्यासी’को रुपमा हेरेका छन् । प्रधानमन्त्री ओली, एमाले नेता माधव कुमार नेपाल, महासचिव इश्वर पोखरेल, सचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायत सहभाथि भेट चलिरहेको समयमा हाम्राकुराले ओली निकठस्थ र सहयोगिहरुलाई सम्पर्क गर्दा भेटबारे अनविज्ञता जनाएका थिए । 
 
ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले टेलिफोन विच्छेद गरेका थिए । आइतबार मजदुर दिवस समेत थियो । रिमाल मजदुरहरुको हक हितका कुरा गर्ने जिफन्टका अध्यक्ष समेत हुन् । रिमाल नेतृत्वको जिफन्टको कार्यक्रममा दिउँसो ईश्वर समेत उपस्थित थिए । प्रधानमन्त्री लगायत एमाले नेताहरुले मजदुर दिवस राम्ररी मनाएका छन् । 
 

यो पनि पढ्नुस् : प्रम ओली, नेपाल र रणजीत रायबीच गोप्य भेट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ