arrow

सगरमाथामा फेरि खेलवाड, गुगल म्यापले देखायो चीनमा

सगरमाथा विवादमा तानिदा नेपालीहरु रुष्ट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३ शनिबार
everest-in-chain-at-google-.gif

काठमाडौ। केहि दिन अघी चिनियाँ सरकारी संचार माध्यमले सगरमाथामा चीनको अनधिकृत दावी गरेपनि जनस्तरबाट व्यापक दवाव सिर्जना भएपछि सच्याउन वाध्य भएको थियो। यहिबेला गुगल म्यापले फेरि सगरमाथाको विषयमा अनावश्यक विवाद सिर्जना गराएको छ। 

गुगल म्यापले सगरमाथालाई चीनतर्फ देखाइ दिएपछि अहिले यस्को नेपालका सामाजिक संजाल प्रयोगकर्ताहरुले विरोध गर्न थालेका छन्।  

सगरमाथाको पूर्व, पश्चिम र दक्षिण मोहोडा नेपालको भूभागमा पर्छ। उत्तरी मोहोडा भने नेपाल र चीनको सिमाको रुपमा रहँदै आएको छ। 

तर संसारभर विश्वसनिय मानिदै आएको गुगल म्यापले नेपालको भूभागभित्र पर्ने सगरमाथा (माउण्ट एभरेष्ट)लाई चीनतर्फ देखाइदिए पछि नेपाल भित्र र बाहिरका नेपालीहरु आक्रोश मिश्रीत आश्र्चर्यमा परेका छन्। 

सीमाको विषयमा अत्यन्तै संवेदनशील नेपालीहरुले यसलाई गम्भीरतापूर्वक लिदै यसलाई तत्काल गुगलले सच्याउनु पर्ने आवाज उठाएका छन्। 

यो म्याप यस्तो बेला सार्वजनिक भएको छ जतिबेला सगरमाथामा फाइऐ जी नेटवर्क पुर्‍याउन भन्दै चीनको एक कम्पनी फाइभजी टावर र स्टेशन बनाउन लागिपरेको छ। चीन यहि बेला सगरमाथामा आफ्नो दलबल सगरमाथाको उचाई नाप्न लागिपरेको छ। 

कोरोना महामारीका कारण नेपाल पुरै लकडाउनमा रहि पर्यटकीय गतिविधी शून्य प्राय रहेको बेला चीनले सगरमाथाको उत्तरी मोहोडामा नयाँ बाटो बनाइरहेको बेला गुगल म्यापमा सगरमाथा चीनतर्फ देखिएको हो।

यहि बेला नेपाल लिपुलेक लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समेट्दै भूगोल फिर्ता ल्याउने भनेर भारतसँग कुटनीतिक च्यानल मार्फत संवादमा छ। लिपुलेकमा भारतले बाटो बनाएको बिरोधमा देशमा समेत लकडाउनको अवज्ञा गर्दै नागरिकहरु सडकमा उत्रिएका छन्। 

यहि बेला सगरमाथा पनि चीनमा रहेको कुरा गुगल म्यापबाट सार्वजनिक भएबाट आम नेपाली थप आक्रोसित भएका छन्। 

दुई विशाल देशको बीचमा रहेका नेपाली आफ्नो भूभाग कुनै पनि स्वरुपमा कुनै पनि देशबाट मिचिएको कुरामा बिरोध जनाउँदै आएका छन्। देशकै गर्वको रुपमा रहेको संसारकै अग्लो हिमाल सगरमाथा आफनो देशको नक्साबाट चीनको नक्सामा परेको बिषय सबैको चासो बिषय भएको छ।     

केहि दिनदेखि यो विषय सामान्य हुँदै अहिले आएर यसको व्यापक चर्चा हुन थालेको छ। गुगगले आफूले राखेको नक्सा एक्युरेट राजनीतिक नक्सा नहुने भनेर प्रष्टिकरण दिएपनि कतिपय संवेदनशील विषयमा ध्यान पुर्‍याउनुपर्ने बताउँछन अधिवक्ता बाबुराम अर्याल। 
 
साइबर कानुनका विज्ञ समेत रहेका अर्याल गुगगले आफूले राखेको नक्सा एक्युरेट राजनीतिक नक्सा हैन भनेर शुरुमै प्रष्टिकरण दिएपनि राजनीतिक सीमामा चाहि संवेदनशील हुनुपर्ने बताउँछन्। कुनै टोलको बाटो वा वडाको सीमा जस्तो देशको सीमालाई सहज रुपमा सहज रुपमा नलिई संवेदनशिल हुनुपर्ने अर्यालले बताए। उनले भने, “यहाँ त नेपालकै पहिचानको रुपमा रहेको सगरमाथालाई चीनतर्फ देखाएपछि देशभित्रका नागरिकले चासो देखाउन स्वभाविक हो।” 

आफ्नो तर्फबाट भएका कमजोरीलाई गुगलले पटकपटक सच्याएको स्मरण गर्दै अर्यालले भने, “ यसमा गुगलको कमजोरीको सार्वजनिक रुपमा टीकाटिप्पणी भएपछि उसले सच्याउँछ भन्ने लाग्छ। होइन भने पनि गुगललाई यसबारेमा ध्यानाकर्षण गराएर सच्याउन दवाव दिन सकिन्छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ