arrow

देश धान्नेको विदेशमा विचल्ली, परिवारमा भोकमरी, अब त केही गर सरकार

सरकार अब जनताको घरदैलोमा पुगोस्

logo
अभिषेक पौडेल,
प्रकाशित २०७७ जेठ ५ सोमबार
abhisek-article.jpg

चिनको वुहान शहरबाट देखापरेको विश्व महामारी कोभिड–१९ (कोरोना भाइरस)ले विश्व मानव जगत अनि विज्ञानलाई नै चुनौती दिदै आइरहेको छ । उक्त भाइरसले पछिल्ला दिनहरूमा सशंकित पार्दै विश्व मानव जगत अनि ठूला ठूला विज्ञान संस्थालाई थप चुनौती दिंदै आफ्नो उग्ररुप देखाइरहेको छ । सम्पुर्ण मानव जगत नै उक्त भाइरस कहिले निर्मूल होला ? के कस्तो क्षति पुर्याउला ? रोकथामका निम्ति कुनै खोप तथा औषधि बन्ला या नबन्ला ? जस्ता प्रश्नहरूको उत्तर खोज्न लागिपरिरहेका छन् र कोहि निम्नलिखित प्रश्नहरूको उत्तरको प्रतिक्षामा छन् ।

अहिले विश्व समुदाय नै कोरोनाबाट शतर्कता अपनाउने भन्दै लकडाउन अर्थात् बन्दाबन्दीको अवस्थामा रहेको छ । पुरै विश्व नै ठप्प छ । छक्क छ । पछिल्ला दिनहरूमा उक्त भाइरस सशंकित र मर्माहत पार्दै आइरहेको छ । लकडाउन अर्थात् बन्दाबन्दी पनि निश्चित मितिपछि किस्ताबन्दीको ढाँचामा सरिरहेको छ । अर्थात् लकडाउन बढाउँदै लगेको अवस्था छ । विश्व आकाशमा उड्ने विशाल जेट विमान, जहाज, प्लेन अनि राजमार्गमा गुड्ने सबै प्रकारका यन्त्र अहिले अस्तब्यस्त छन् । पेट्रोल, मट्टितेल, डिजेलका खानी तथा उत्पादित स्रोतमा अकल्पनीय खालको गिरावट आइरहेको  छ । द्रूत गतिमा आफ्नो प्रस्तुतिलाई सक्रिय रुपमा अगाडि बढाउदै उक्त भाइरसले मानव जगतलाई अर्कै खालको सन्त्रास फैलाएको छ ।

अहिलेको अवस्थामा आइपुग्दा कोरोनाका कारण संक्रमित अनि मृत्यु हुनेको संख्या तिव्र गतिमा बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभरी नै संक्रमित हुनेको संख्या, मृत्यु हुनेको संख्या र निको भइ घर फर्किनेको संख्या क्रमशः ४७ लाख २० हजार एक सय ९६, तीन लाख १३ हजार दुई सय २० र १८ लाख १२ हजार छ सय ७४ रहेको छ । यो तथ्यांकलाई हेर्दा उक्त भाइरसले ठूलो मानवीय क्षति गराएको र त्राही त्राहीको अवस्था पारेको  छ । ठूलो मात्रामा पृथ्वीबाट वायुमण्डलमा उडेर जाने धुलो, औद्योगिक भवनबाट निक्लिने धुवाँ र सवारी साधनबाट निक्लिने धुवाँ एकदम न्युन रहेको हुँदा पारिस्थितिक प्रणालीमा भने असर नपुगेको मौसमविदहरूले जानकारी गराएका छन् ।

देशमा रहेको बेरोजगारी अनि घरायसी ब्यवहारका कारण नेपालबाट बर्षेनी बाहिरिने नेपाली श्रमिकको संख्या उस्तै निकै नै छ । करिब ४० लाख नेपाली श्रमिकहरू अहिले विदेशी भूमिमा रहेका छन् । उमेर पुग्दा बित्तिकै नागरिकता बनाउन प्रशासन धाउने र पासपोर्ट या राहदानी बनाउन राजधानी दौडिएर प्लेन चार्टर्ड गरि बिदेश जाने नेपाली?को अवस्था अहिले दयनीय छ । त्रिभुवन विमानस्थलबाट प्लेन चढि गलामा खादा भिराई, अभिरको रातो टीका लगाएर बिदाइ गर्न गएका परिवार आफन्त र इष्टमित्रबाट अनि साथिभाइबाट छुट्टिदै गर्दा वा बिदाइ हुँदै गर्दा उनीहरूको आँखामा देखिने दृश्य कहालीलाग्दो अनि भक्कानिने खालको हुन्छ । केही गरौंला, कमाउँला, प्रगति गरौंला भनी विदेश हानिएका सबै नेपाली नागरिक अहिले आँशुको तलाउमा डुबेका छन् । काम गरौं सबै उद्योग, कलकारखाना बन्द छन्, घर फर्किउँ साथमा पैसा छैन । अनि सबै हवाई उडानमा प्रतिबन्ध लगाइएको छ । बाहिर निक्लौं कोरोनाको सन्त्रास फैलिरहेकाले मरिन्छ कि भन्ने डर छ । यो भन्दा दुःखद् अनि कहालीलाग्दो के नै हुन सक्छ र रु

यता स्वदेशमा गएकाहरूका परिवारहरू पैसाको आश गरि बसेका छन् । छोराको यति छोरीको यति अनि घरायसी व्यबहारमा यति खर्च लाग्यो भनी बिल बनाएका छन् । प्रदेशमा रहेका आफन्तलाई बिल पठाएका छ्न् । प्रदेशमा कमाउन भनी गएको अनि कहिले पैसा पठाउला भनी दिन गन्ने अनि उनीहरूको आशमा बाँचिरहेका स्वदेशी आफन्तहरू बिदेशबाट पैसा नआउँदा अनि आफ्नो आम्दानी नहुँदा भोकमरीको चपेटामा परिरहेका छन् । अवस्था दयनीय छ । कहालीलाग्दो छ । अकल्पनीय छ ।

घर व्यवहार चलाउन नसक्ने अवस्था भएपछि आत्महत्याको प्रयास गरि देह त्याग्नेहरूको संख्या पनि त्यस्तै मात्रामा रहेको छ । विदेशमा बिचल्लीको रुपमा परिरहेका र गुज्रिरहेका आफ्ना नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन अथवा जुन देशमा छन् त्यही देशमा गाँस बाँस अनि कपासको ब्यवस्था गर्न सरकारले विदेशस्थित दूतावास अनि सम्बन्धित निकायसँग कुटनैतिक पहल गरि तदारुकताका साथ अगाडि बढ्नुपर्ने, नेपालमै रहेका उक्त श्रमिकका आफन्त अनि उक्त महामारीको चपेटामा परि भोकमरीको अवस्थामा पुगेकाहरूको मौलिक तथ्यांक निकाली राहत उपलब्ध गराउन समेत सक्रियताका साथ अगाडि बढ्नुपर्ने देखिन्छ । जसका लागि सरकार अब जनताको घरदैलोमा पुगोस् ।

अन्त्यमा कोरोनाबाट आफू पनि बचौं, अरुलाइ पनि बचाऔं । नडराऔं, धैर्यता अपनाऔं । सामाजिक दुरी कायम गरौं, अनावश्यक रूपमा घर बाहिर नजाऔं । साबुन पानीले मिचीमिची कम्तिमा २० सेकेन्ड हात धोऔं, माक्स लगाऔं हेन्ड ग्लव्स प्रयोग गरौं । धन्यवाद ।

(लेखक पौडेल पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिए दोश्रो वर्षमा पत्राकारिता विषयमा अध्ययनरत विद्यार्थी हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ