- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चैत पहिलो हप्ता थियो होला मलाइ अफिसबाट टेक्निकल सेमिनारका लागि धनगढिबाट काठमाडौ जान थियो बिहानको ९ बजेको पहिलो फ्लाइटबाट म काठमाडौ आइपुगे।
स्नातक तहसम्मको पढाइ मैले काठमाडौबाट पुरा गरेको थिएं थुप्रै साथीहरु यतै छन्। त्यसै कारणले उनिहरु सङ्ग भेट्घाट पनि होस भन्ने सुरले म ३-४ दिन अगाडीनै आएको थिए ।
काठमाडौ आउने बितिकै साथीहरुसङ्ग भेटघाट गरियो। धेरैपछि भेट भएको थियो। हाम्रो पुराना कुरादेखि लिएर भविष्यसम्मको कुराकानी गरियो । गणेश भख्खर पढाइ सकेर फ्रान्सबाट नेपाल फर्केको थियो उस्को उताको अनुभव सुनाउँदै थियो । गफगफकै तालमा साथीहरुले कोरोना को गफ गर्नेथाले। ‘ओई! चाइनामा त यो भाइरसले यतिको ज्यान लियो’ सफलले सुनाएको थियो ।
बुलेट बाइक भुटुटु बजाउँदै यतिकैमा अभिषेक आइपुग्यो ज्यान नि ‘हल्क’को जत्रो । उ आएपछि हात मिलाइयो कोरोना सम्बन्धी थप कुराकानी गर्न थालियो "एस्ता कोरोना सोरोना त हामि यत्तिकै पचाइदिन्छम् " भनी गफ दियो । खासै कोरोनाको बारेमा नबुजेको म हो त नि भन्दै कुरामा कुरा मिलाए ।
यतिकैमा श्याम भन्दै थियो चाइनाको उहान सहरबाट आएका विद्यार्थीहरुको परिक्षण नेगेटिभ आयो रे । यो कुरा सुन्दा नेपालमा त कोरोना नै आको छैन भन्ने अनुभुति भयो । यति भन्दै साथीहरुबाट बिदा भइयो मलाइ अफिसले होटलमा कोठा बुक गर्देको थियो म त्यता लागे।
बेलुका टिभीमा समाचर सुन्दै थिएं। कोरोना भाइरसले चाइनामा मात्र नभइ बिश्वको अरु देशमा नि महामारी फैलिई राखेको खबर सुन्न पाए । नेपाली खबर सुन्दै थिए नेपाल सरकारले पनि यस बाट बच्न भिड्भाड नगर्नु, कार्यक्रमहरु केही समयलाइ स्थगितगर्नु भनी बिज्ञप्ति निकालेको रहेछ।
म सहभागी हुन आएको कार्यक्रम पनि स्थगित गरियो । भोलि अब धनगडि फर्किन्छु भनेर सोचे यतिकै मा धनगडिबाट आमाको फोन आयो छोरा आउँदा असन बजारबाट यो-यो सामान लिएर आउनु भन्नू भयो ।
सामानको लिस्ट लामै थियो भोलि दिनभरी असन बजारबाट सामान किनि घर फर्किन्छु भनी सोच बनाए।
म सङ्ग क्यास (पैसा) धेरै थिएन। बिहान बैंक खुल्नसाथ बैंक छिरे भित्र छिर्नु भन्दा अगाडि गार्डले मलाइ मेरो हातमा स्यानिटाइजर लगाउन लगायो बैंक सुन्सान थियो। खासै मान्छे को भिड भाड थिएन। काउन्टरमा गएर चेक साट्न दिए खासै भिडभाड त छैन है भनेर क्यासियरलाई भने क्यासियर म तिर हेर्दै अं भनी मलाइ सोधीन "तपाईलाई कोरोना भाइरसदेखि डर लाग्दैन ?" मैले पनि अहिलेसम्म कोहीलाई लाएको छैन के को डराउनु भनेर उत्तर फर्काइदिए पैसा साटे र आफ्नो किनमेलतिर लागे ।
दिमागमा अनेक कुराहरु खेलिराथ्यो कोरोना सम्बन्धि । मुखमा मास्क र एउटा स्यानिटाइजर बोकि म असन बजारतिर लागे जहिले भिड्भाड हुने बजार अहिले खाली देखेर अचम्म लाग्यो आफुलाइ चाहिएको सामान किने र अनि होटेल फर्किएं।
बेलुका ६ बजेको थियो होला नेपालमा एक सन्क्रमित फेला पर्यो भनि नेपाल सरकारले देशव्यापी लकडाउनको घोषणा गर्यो जो जहाँ छ तेहि बस्नु भनी भनिएको रहेछ ।
होटेलमा कोठा लिएर बसेको मलाइ फसाद पर्यो सुरुको २-३ दिन त कतै नगइ होटेलमै बसे केही दिन पछि होटेलको साहुले बन्दोबस्त गर्नु होटेल बन्द गर्नु पर्यो भन्न थाले।
सुरज काठमाडौमा कोठा लिएर बस्थ्यो। मैले उस्लाई सम्झें र मेरो समस्या सुनाए उस्ले नि मेरो समस्या बुझेर मेरोमा सङ्गै बसम भनेर मलाई बोलायो । म बसेको होटेलबाट खासै टाढा थिएन उस्को कोठा बिहानैपख उस्कोमा पुगें ।
साथी आएको भनी उ रमायो टोलमा काटेको खसी ल्याइ पकाएर खाइयो । छिमेकी पनि कति रमाइला रैछन कहिले कोस्कोमा भोज कहिले कोस्कोमा दिन टार्नौ पर्यो, तास खेल्नै पर्यो, हातमा स्यानिटाइजर त लगाइ राखिएको थियो। ज्यान स्यानिटाइज गर्ने भन्दै रक्सी खाइयो ।
१०-१५ दिन यसै बित्यो घरमा अल्छी मानेर बसेको समिप दिउँसो पख साइकल चलाउदै हामीलाइ भेट्न आयो उ भन्दै थियो साइकल चलाउदा सरिरलाई धेरै फाइदा हुन्छ रे । घर बस्दा बस्दा प्रयुस पनि दिक्क भएछ उ पनि आयो। हामी केहीबेर सङ्गै बस्यौं। खाजा सुरजले बनाएको थियो खायौं र अनि छुट्टियौं।
दिन बित्दै थियो अलि पर बसेको अभिषेक नि एता उति डुलौं गोडा तन्काम गर्दै थियो। मैले पनि हुन्छ भने हामी यताउती डुलियो पनि। सफल मरिगए पनि घरबाट निस्किदैन थियो। हामी घर बसेर बोर हुदैनस भन्थ्यौं उ "जाबो २ महिना त भयो यतिकैमा बोर भइयो भने त घरमा ल्याप्टप र ईन्टरनेट भको त मतलबै भएन नि " भनेर हामिलाइ उत्तर फर्काउथ्यो । हामिले पनि उस्लाइ कर गरेनौं ।
दिन बित्दै थियो। मलाइ पवनले धनगढि बाट फोन गर्यो धनगढि आउन चाहानेले नाम टिपाउनु रे एता आएर चै १४ दिन क्वारेन्टाइनमा बस्नपर्ने रे । पवन मेरो साथी र मेरो वडा अध्यक्ष पनि थियो । म पनि कति यता बस्नु घरकाले नि फोन गरि मलाइ आउन भने । मैले पनि घर जाने निधो गरें र झोलामा अलिअलि बिस्कुट चाउचाउ हाली घर फर्किने यात्रामा निस्किए गाडी कोचाकोच थियो। धन्न मैले अगाडिको सिट पाएको थिएं ।
काठमाडौबाट सनिबार बिहान १० बजे हिडेको गाडीले आइतबार बिहानै ७ बजे धनगढि ल्याइ पुरायो । धनगडिको मोडसम्म छुट्टै रमाइलो थियो। गाडीबाट के ओर्लेको थिएं ‘हांच्छ्यु’ आयो मेरो साइडमा भएको मान्छे झस्कियो।
हामीलाइ अब १४ दिन बस्नको लागि एउटा स्कुललाई क्वरेन्टाइन बनाइएको रहेछ। टिनको पाताले छाएको उक्त स्कुल हाम्रो १४ दिनको लागि घर थियो । हाम्रो स्वास्थ ठिक बेठिक थाहा पाउनको लागि डाक्टर अक्षयलाई खटाइएको थियो ।
दिन बित्दै गयो मलाइ हल्का रुघा-खोकी लागेको थियो। म सकेसम्म कोसैले नदेख्ने गरि हाच्छ्युं गर्थे। डाक्टरले परिक्षण गरेर हामीलाई घर पठाउने भन्दै सङ्गै क्वारेन्टाइनमा बस्ने मित्र ले बताए ।
यत्रो दिनको काठमाडौ बसाइ र १४ दिनको क्वारेन्टाइन बसाइ सकाएर म घर जान पाउने आसाले मक्ख पर्दै थिए । सानो मा S.L.C को रिजल्ट कुरेको जसरी म मेरो P.C.R को रिजिल्ट कुरिराखेको थिए ।
डक्टरले एक एक गर्दै रिपोर्ट देखाउदै सबलाई घर फर्काउदै थिए । मेरो पालो अन्तिममा आयो डाक्टरले मलाइ तपाइँको कोरना पोजिटिभ छ भनेर भन्नुभयो । म झसङ्ग भएं। मेरो होसहवास उड्यो म माथी आकाश खसेको झैं भयो । म कोराना पोजिटिभ भएं ।
मलाइ अब कोरोना विशेष अस्पतालमा राखियो मेरो कन्ट्याकमा आएका सबैको टेस्टिङ्ग हुन थाल्यो। काठमाडबाट मलाइ बास दिएको सुरज को फोन आयो। उ सङ्गसङ्गै छिमिकी को कोरोनाको रिपोर्ट पनि पोजिटिभ आयो रे। अरु साथीहरुको रिपोर्ट आउन अझ बाँकी छ ।
अब तपाइहरु नै भन्नुस् मैले कोरना कता टिपे र कता सारें?
(यस कथाका पात्रहरु र घटना काल्पनिक हुन्। कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ )