राष्ट्रबादी नामका कस्मेटिक सामान

दिपक पुन मगर प्रकाशित मिति : २०७७ जेठ १५ बिहिबार
दीपक पुन मगर

जब कोरोना भाइरसको उदगम बिन्दु चीनको वुहान प्रान्तमा व्यापक फैलिदै थियो। युरोपेली मुलुकहरु र अमेरिकामा समेत संक्रमित हुँदै वृद्धि मृत्यु दर बढ्न थाल्यो। छिमेकी मुलुक भारतमा पनि संक्रमित देखिदै व्यापक फैलिन थाल्यो। जुन रोग महामारीकै रुपमा बिश्वका धेरै देशहरूमा फैलियो। बिश्व स्वास्थ्य संगठनले स्वास्थ्यका दृस्टिकोणले संकटकालको घोषणा गर्यो। हाम्रो मुलुकलाई उच्च जोखिमको सूचीमा राखेर सचेत गरायो। तर ठिक त्यस बेला पर्यटन मन्त्री योगेश भट्टराई नेपाल सुरक्षित भएकोले भ्रमणमा आउन अपिल गर्दै भ्रमण बर्षको प्रचारमा निस्किए। नेपालीलाई यो भाइरसले छुनै नसक्ने यान्त्रिक तर्क र विश्लेषण समेत गर्न हौसिए। प्रधानमन्त्री केपी ओली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनको समूहले समेत यसको सामान्य रुपमा टिप्पणी गर्दै आम नागरिकहरुलाई भ्रमित तुल्याइरहे। उनीहरुको तर्क यहाँ सम्म पुग्यो कि अरु देशका नागरिक भन्दा हाम्रो देशका नागरिक बलिया छन, हाम्रो वातावरणले नै भाइरसलाई पराजित गर्छ भन्ने कुतर्क आफ्ना षंयन्त्र मार्फत जनतहसम्म सम्प्रेषण गरिरहे। यो महामारीको जोखिम र संक्रमित हुनबाट जोगिन जनचेतनामूलक कार्यक्रम सहित रोकथामका कुनै गतिविधि गर्न सरकार तल्लीन देखिएन। अझै गौरवका साथ नेपालमा आउनै नसक्ने पुष्टि भएको यसले नेपालीले जितेको रुपमा प्रचारलाई निरंतरता दिए।

वुहानबाट ल्याईएका केहि नेपालीहरुलाई समेत यो भाइरसले छुन नसकेको कारणले अरु देशमा रहेका नेपालीहरुमा पनि केही नहुने तर्क गर्दै बिदेशबाट आउनेहरूको कुनै चेकजाँच र बिना परिक्षण आवतजावत खुल्ला राख्यो। यसरी महामारीको निमन्त्रणा गर्न सरकारले अभियान चलाएपछि क्रमशः संक्रमित देखिन थाले। यो लामो सिलसिलामा पनि न परिक्षणको वन्दोवस्त गरियो न अति आवश्यक औषधि लगायत स्वास्थ्य सामाग्री ब्यबस्था गर्यो न त कुनै रणनीतिक कार्ययोजना बनाउने इच्छाशक्ति देखायो। केवल मौकामा फाईदा उठाउने र व्यापक लुटतन्त्र मच्चाउने तानाबाना बुन्नमै सिमित भयो। यस सन्दर्भमा सरकारको लापरबाही र नागरिकप्रतिको गैरजिम्मेवारिका कारण मुलुककै भबिष्य असुरक्षित अनिश्चितता एबम अन्यौलतातर्फ जाने त होईन भन्ने चिन्ता आम नेपालीमा उत्पन्न भैइरहेको छ।

अत सरकारको असफलता र यसबाट मुक्ति पाउनु र भाइरसमुक्त देश बनाउनु हामी समस्त नेपालीहरुको प्रमुख कार्यभार हो। यो अभिभाराबाट पन्छिन कुनै नागरिकलाई छुट छैन। चाहे सत्ताधारी पार्टी या प्रतिपक्षी या कुनै दवाब समुह हुन सबैले भाइरस र स्वेच्छाचारी ओली समूहलाई बिदाई गर्दै बर्ष २०२० भब्य रुपमा सफलता तुल्याउन सक्नुपर्छ। अन्यथा मुलुकको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र जनजीवन ध्वस्त हुनेमा कुनै शंका छैन।

राष्ट्रबादी नामका कस्मेटिक सामान

नेपालको कम्युनिस्ट आन्दोलनको आँखी झ्यालबाट ओलीको योगदानलाई नियाल्दा जेल जीवन बाहेक उनले अरु के योगदान गरे भनेर खोजिनिधी गर्नु समय मात्रै खेर फाल्नु हो। उनको जेल जीवनकालमा व्यापक सूचना संचारका साधन थिएनन् त्यसैले जेल जाने कारणबारे समाज अनविज्ञ भयो। सम्प्रेषण भएन र ऊनको जेल जीवनले आम नेपाली समाजको आमूल परिवर्तनलाई खासै योगदान दिएन। ब्यक्तिगत समयको गणना र जेल जीवनको नीजि इतिहास निर्माण बाहेक त्यसबाट के योग्यता भयो भनेर प्रश्न गर्ने हो भने स्वयं ओलीबाट चित्तबुझ्दो जवाफ दिन नसक्ने भएर नै उनी जीवन, दुनियाँ र जगतलाई उल्लू र मुर्ख बनाउने गरि उखान र टुक्का जोडेर हसिमजाक उडाउने गर्छन्। मुलुकमा भएका अग्रगामी परिवर्तनमा कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल संगठन, अनुशासन, धैर्यता र समन्वय सहित नेकपा एमाले लामो समय सम्म नेतृत्व गर्दै ऐतिहासिक जनआन्दोलन २०६२-६३ को अग्रमोर्चामा रहेर सफलता तुल्याउने एक कमान्डर हुन भन्नेमा हामीलाई हिनताबोध हुँदैन। प्रचण्ड उत्पीडित जाति,समुदाय र असमानताको विरुद्धमा बलपूर्वक संघर्षको नेतृत्वबाट समाबेशी समानुपातिक प्रतिनिधित्व सहितको राज्य ब्यबस्था ल्याउन सकारात्मक नेतृत्व गरेका हुन। अन्तिम संघर्षका बेला नेपालमा गणतन्त्र आउनु भनेको बयलगाढा चढेर अमेरिका पुग्नुसँग तुलना गर्थे। जब राजतन्त्रको अन्त्य भइ गणतन्त्रको स्थापना भयो तब ओली पतन पनि सुरु भयो। पहिलो संबिधान निर्वाचनमा होस गुम्ने गरि उनी पराजित भए पार्टीमा पनि उनी झलनाथ खनालबाट अध्यक्षमा पराजित भए।त्यसपछि उनी मदन भण्डारीको नाममा क्लब र संस्थाहरू गैरसरकारी संस्था एनजीओको रुपमा दर्ता गर्दै भारतीय सहयोगमा देशब्यापी नेटवर्क खडा गरे। माओवादी ठूलो दल भएको र घमण्ड बढेर धर्ती छाडेको कारण उनीहरुको कट्टर आलोचना गर्दै हिडे। अहिले पनि मदन भण्डारीका नाउँमा स्थापना भएका जति पनि संघ संस्थाहरु छन तिनीहरुमा कति अनुदान प्राप्त भयो रकमको एकिन र खर्चको लेखाजोखा गर्न दाता निकायमार्फत सूचना लिन सकिन्छ। तसर्थ ओली मुलुकको परिवर्तनको जगमा सत्तामा पुगेका होइनन्। उनी राष्ट्रबादी नामका कस्मेटिक सामान हुन। ओली राष्ट्रवाद चर्चाको साधन हो यथार्थ होईन। नागरिक यिनका लागि खेलौना र मनोरञ्जनका माध्यम बन्नु परेको छ। मनोरेल, पानीजहाज, घरघरमा ग्यासको पाइप नामक परियोजना र निर्मला बलात्कार हत्याकाण्ड, होली वाईन, वाईडबढी खरिद प्रकरण, सेक्युरीटी प्रेस खरिद काण्ड, यति होल्ड काण्ड लगायत थुप्रै काण्ड यसका अकाट्य तथ्य हुन। उनले कुनै न कुनै तरिकाले पार्टी कब्जा गरे। निर्वाचनमा बिजय हासिल गरि सत्तामा पुगे पनि कालान्तरमा देश र नागरिकका निम्ति उनको नेतृत्वमा रहेको सरकार महामारी फैलिएको कोभिड १९जत्तिकै घातक हुन थालेको आम बुझाई छ। स्वयं नेकपाकै निम्ति ओली र सरकार प्रत्युत्पादक छ। त्यसैले जनता सताउने ओली सरकार र कोरोना भाइरस बर्तमान नेपाली समाजका प्रमुख शत्रु हुन।

बिदेशका नेपालीको पीडा ओलीको लागि मनोरञ्जन

बिश्व दुनिया महामारी कोरोना भाइरससंग लडिरहेको छ।यस लडाइँमा बन्दाबन्दी सहित सबै उद्योग, कलकारखाना, ब्यापार ब्यबसाय बन्द गर्नु परेको छ। जसकारण बिदेशमा रहेका लाखौं लाख नेपालीहरुको रोजगारी गुमेको छ। आफ्नो देश आउन र परिवारको चिन्ताले सताईरहेको छ। तर ओली सरकार उनीहरुलाई चिन्दैन सुन्दैन र पुरै बेवास्ता गरिरहेको छ। कम्तीमा सान्त्वना पनि त दिएर पर्खन भन्न सक्थ्यो सरकारका लागि त्यो पनि महंगो भयो। विमान मार्फत आउने देशबाट क्रमशः मुलुक आउन चाहने नेपाली ल्याईदिएको भए यो दुई महिनाको अवधिमा करिबकरिब सबै ल्याउन सकिन्थ्यो। उता आफ्ना नागरिक बिचल्ली बनाएर यता विमान थन्काएर राखिएको छ। अझ छिमेकी राष्ट्र भारतबाट आउने लाखौं लाख नागरिकलाई सिमानामा रोकेर कोरोना भाइरसको संक्रमित बनाएर उच्च जोखिम सृजना गरिरहेको छ।भोग,रोग र परिवारमा पुनर्मिलन को लागि छट्पटीरहेका लाखौं लाख नागरीक घरपारीको नजिकैको दुरिमा रहेकाहरुको आवाजलाई मनोरञ्जन लिइरहेको छ। उनीहरुको पिडा सम्बोधन होईन ओली सरकार ख्यालठट्टा गरेर बसिरहेको छ। दुई महिनामा दैनिक पाँच हजार नेपाली भित्र्याउन र ब्यबस्थापन गर्दा पनि अहिलेसम्म कोरोना संक्रमणको जोखिम मोलेर सिमानामा देश र सरकारबिना टुहुरा नागरिक झै बस्न बाध्य पारिएको अवस्था आउने थिएन। त्यसैले नागरिकहरुको पिडा भ्रष्ट ओली सरकारको नाच्ने र मनोरञ्जन गर्ने गीतको धुनमा परिणत भएको छ।

देश कोरोना महामारीमा सरकार भ्रष्टाचारको अभियानमा

माथी उल्लेखित चर्चा बमोजिम जब भारतले सिमा सहित पुरै मुलुकमा बन्दाबन्दी सुरु गर्‍यो त्यसपछि मात्रै ओली सरकारले उसको सिको गरेर बन्दाबन्दी चैत ११देखी सुरु गर्यो। तर भारतले आफ्ना नागरिक सिमानामा अलपत्र पारेर बन्दाबन्दी लागू गरेको थिएन। ओलीले भने बन्दाबन्दी गरेर भित्र बाहिर रहेका नागरिक अलपत्र पार्यो। बन्दाबन्दी भन्यो सरकार आफू सुतेर बस्यो। नेपालमा भाइरस आउन नसक्ने चर्चा मत्थर पार्दै आगन्तुक भाइरसलाई मलजल गरि फैलाउने योजनामा बन्दाबन्दी गर्ने त्यसभित्रबाट स्वास्थ्य सुरक्षा सामग्री, परिक्षण औजार र औषधिहरु खरिद गर्न पुर्ब तयारी बमोजिम ओम्नी समूह नामक आफू नजिकको कम्पनीलाई बनिबनाउ ठेक्का दिने र गुणस्तरहिन पुर्ब तयारीमा रहेका आधा सामाग्री ल्याइ पुरै सामानको रकम राज्यबाट खिचेर भ्रष्टाचार गर्ने कार्य मार्फत अभियान प्रारम्भ गरे। जुन भ्रष्टाचारी अभियानको बस्तु र तथ्यनिष्ट आधार प्रमाण हाम्राकुरा डटकमले अनुसंन्धानात्मक खोजमुलक समाचार सम्प्रेषण भयो।तत्पश्चात संचार जगत हुँदै आम नागरिक तहबाट भण्डाफोर र व्यापक आलोचना भयो। जुन भ्रष्टाचार लुकाउन हतारमा ओम्नी समुहसँग सम्झौता खारेज भएको नाटक मञ्चन गर्यो। यस अभियान हुँदै राहत संकलन र बितरणमा करोडौं करोड भ्रष्टाचार गरेको तथ्य नागरिक राहत नपाई भोकभोकै राजधानी लगायत शहरबाट हप्तौं हिडेर गाउँ फर्केको दृश्य, गुणस्तर खाद्य खरिद प्रकरण, परिक्षण मेसिन जडान र किट प्रयोग आरडीटीमा बढी जोडबल गर्ने तर पीसीआरमा ढिलासुस्ती गर्ने जस्ता गतिविधिले यो सरकारको लागि मुलुक र नागरिकलाई महामारी नै लागेर जोखिम भएपनि भ्रष्टाचार गर्ने संकल्प सहित आज देश कोरोनाको महामारीमा रहँदा सरकार भ्रष्टाचारको अभियानमा छ।

सरकार बिरोधी आलोचना हटाउन भाइरस आतंक

सरकारले गरेका स्वेच्छाचारी, जनबिरोधी र अलोकप्रिय गतिविधि पार्टी भित्र तथा जनतहसम्म व्यापक आलोचना र बिरोध हुँदै आन्दोलनतर्फ माहौल बनेको बेला भाइरस आमन्त्रण र बन्दाबन्दी गर्नुसँगै ओली सरकारको रोग मुलुकमा जीवित रहन पुग्यो। महामारी रोक्न भन्दा पनि आफ्नो महामारी नागरिकमा यथावत राख्न अस्त्रको रुपमा कोरोना मिसाइल प्रयोग गर्यो। स्वास्थ्य सामाग्री खरिदमा भएको चरम भ्रष्टाचार, मुलुकको भुभाग लुटिएको अवस्था, राहतको नाउमा भ्रष्टाचार, स्वास्थ्यकर्मी, नागरिकहरुमाथी ज्यादती पुर्ण धरपकड, हमला र गिरफ्तार गर्दै राज्य आतंक मच्चाउन थाल्यो। डाक्टर शेर बहादुर पुनलाई तर्साउने कार्य, त्रिभुवन शिक्षण अस्पताल महाराजगंजका चिकित्सकमाथी प्रहरी हमला, पुर्ब सचीव भिम उपाध्यायको गिरफ्तारी, विभिन्न भुभागमा पैदलमार्गबाट आफ्नो घर हिडेका नागरिकहरुलाई हस्तक्षेप र हमला, राहत बितरण गर्नेलाई धम्की, हमला र गिरफ्तारी लगायत रुपका भाइरस महामारीलाई सरकारले नंङ र मासुको सम्बन्ध पानी र माछाको सम्बन्धका रूपमा बिकाश गर्‍यो। यी दुई खाले भाइरससंग सचेत र संबेदनशिल ढंगले नेकपाभित्र, संचारजगत, स्वास्थ्यकर्मीहरु लगायत समस्त नेपाली समाजले प्रतिबाद र बिरोध गर्यो।क्रमशः यो बिरोध आन्दोलनको रूपमा बिकास या ओलीको बिकल्पमा नेकपाको निकासका बिन्दुमा पुगिसकेको स्थितिमा ओलीले सत्ता टिकाउन भाइरस अस्त्र प्रयोग गरे। भाइरससंगै आफू सत्ताबाट हट्ने र बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने वचन दिए। त्यसपछि आफ्नो र भाइरसको सहयात्रा निरन्तर जारी राखेकै छन। भाइरसबाट नेपालीको मृत्यु नहुने र संक्रमित नबढ्ने भन्दै जीत र उपलब्धि भएको घोषणा गरे।जब सत्ता संकट पर्न लाग्यो त्यसबेला संक्रमितको संख्या ३००५ प्रतिशतका दरले सूचना सम्प्रेषण गरि व्यापक महामारी फैलिएको संज्ञा दिदै आम नागरिकलाई तर्साउन थाले। मृत्यु पछि परिक्षण गर्ने र कोरोना भाइरसका कारण मृत्यु भएको देखाउदै अब स्थिति भयावह भयो भन्नेतर्फ सरकार अघि बढ्दै गएको छ।अतः मूल्यांकन गरौं दुई दिन अघि भाइरसमाथी बिजय हासिल गरेको सरकार दुई दिन पछि कसरी पराजित हुन सक्छ?गम्भीर प्रश्न उठिरहेको छ। तसर्थ सरकार आलोचना, बिरोध र अप्ठ्यारोमा नपर्दा अनुकुलमा परिक्षण नगरी बस्ने तथा प्रतिकुलतामा आतंकित भएर अनावश्यक प्रचार गर्दै राज्यआतंक मच्चाउने जस्ता पुर्ब योजना अनुरुप सरकार टिकाउने र सरकार बिरोधि आलोचना टार्न सरकार नै भाइरस आतंक मच्चाउन तल्लीन छ।

कामकुरो भाइरस हटाउने कुम्लो बोकि सांसद अपहरण गर्ने

महामारीसंग लड्न र यसबाट मुलुकलाई मुक्ति दिलाउन सबै दल, नागरिक समाज र बिज्ञ चिकित्सक एकताबद्ध भएर अभियान अघि बढाउन सरकारले राष्ट्रिय एकता आह्वान गर्दै नेतृत्व गर्न सक्थ्यो। तर ओलीले सबैलाई टुटाउने, फुटाउने र ठेगान लाउने मौका यहि हो भन्दै दल बिभाजन सम्बन्धि अध्यादेश र प्रतिपक्षी दलबिनाको संबैधानिक परिषदको निर्णय हुने अध्यादेश ल्याएर हतारमा राष्ट्रपतिबाट जारी गर्न लगाए। उक्त अध्यादेशहरु राजपत्रमा प्रकाशित गरि सांसद खरिद र अपहरण गर्न जतताको करबाट पालिएका केही अवाञ्छित ब्यक्तिहरु व्यापक परिचालन गरे। संबैधानिक निकाय, सत्ताका षडयन्त्रमा नियुक्त लामो सूची बनाएर भ्रष्टाचार गर्दै राज्य टाट पार्ने कार्ययोजना बनाए। अन्ततः नेकपा, प्रतिपक्षी दल र आम नेपालीले कडा बिरोध र प्रतिबाद गरेपछि उक्त जनबिरोधी कदमलाई खारेज गरे। ओली सरकार कति सम्म तल झर्‍यो भन्ने तथ्य देशलाई नै महामारीसंग जुध्न एकीकृत गर्न संकल्प सहित त्यस किसिमका अध्यादेश ल्याउने आवश्यकता बिद्यमान रहेको बेला उल्टै सांसद अपहरण गर्न उच्च जोखिम क्षेत्र मधेसमा गएर एउटा सांसदलाई काठमाडौमा ल्याउनै पर्ने बाध्यता के थियो? नागरिक बन्दाबन्दीमा छट्पटी रहेका बाटोमा हिडेरै घर जान नदिने तर संकटको घडीमा राज्यको नुनमा हुर्केका अवाञ्छित ब्यक्तिहरुले सांसद अपहरणको खेलमा लाग्ने कार्यले यो सरकारको मुख्य कामबाट भाग्दै काम कुरो भाइरस हटाउने कुम्लो बोकि सांसद अपहरण गर्ने गतिविधिले ओली सरकारको असली रुप आम नागरिकहरुमा स्पष्ट भएको छ।

ओलीको नक्सा राष्ट्रवाद

राष्ट्रवाद स्वाधीन, स्वाभिमान, अखण्ड र सार्बभौमसत्ता सम्पन्न भित्र हुन्छ। एउटा निश्चित भुभाग भित्र बसोबास गर्ने सबै कर्मशिल, कर्मठ नागरिक राष्ट्रिय एकताका सेना हुन मन, तन, वचन र कर्ममा राष्ट्रवाद हुन्छ। वीर नेपालीहरको रगतमा राष्ट्रवाद छ। सिमा लुट्न दिदैनन । बिद्रोह गरिहाल्ने नेपालीको बानी छ। नेपाली शिर र झण्डा  झुक्न दिदैनन तर ओली जस्ता शासकका मौसमी, बनावटी राष्ट्रबादले मुलुकमाथी वैदेशिक हस्तक्षेप सहित युद्धमा त लैजान कतैबाट संचालन भएका त छैनन् भन्नेतर्फ पछिल्ला घटनाक्रमले चिन्तित बनाएको छ। भारतिय सेना नेपालको भुमिमा राखेर नक्सा मात्रै सार्बजनिक गरेर चर्चामा रहेको ओली राष्ट्रवाद एमसीसी नामक अमेरिकी परियोजनासंग साटेर भारतीय पक्षको स्वीकृत लिने गरि संघीय संसदबाट अनुमोदन गर्न शक्ति आर्जन गर्ने राष्ट्रवाद त होइन भन्ने आशंका उत्पन्न भएको छ। तसर्थ २०किलोमीटर वरै २ दर्जन सुरक्षाकर्मी राखेर भारतीय पक्षलाई भुमि उपभोग गर्न दिइरहेको सन्दर्भमा ओली सरकारले संकटलाई गहिरो अवस्थामा जीवित राख्दै ध्यान अन्यत्र पार्न चर्चाको मौसमी राष्ट्रबादमा नक्सा जारी गरेको त होईन?सरकारले महामारी भन्दा अघि या पछि पनि नक्सा जारी गर्न सक्थ्यो। संकटको घडीमा दैनिक उपभोग्य सामाग्रीहरु भारत आयात रोक्न र थप संकट पार्न पनि यो समय ओलीको छनौटको कारण हुनसक्छ। सिमा विवाद समाधान गर्न बेमौसमी बाजा बजाएर आवेग र उत्तेजक भएर होईन हाम्रो भुमी भारतले किन प्रयोग गर्यो? सबै तथ्य, प्रमाण र आधारहरु सहित कुटनैतिक तवरले भारतसँग वार्ता गरि भुमी फिर्ता गरि नेपालको हकभोक गर्दै राष्ट्रियता बलियो बनाउने प्रमुख कार्यभारलाई ओलीको बेमौसमी नक्कली नक्सा राष्ट्रबादले कतै भारतलाई भुमी दिने आधार निर्माणमा नेपालीको ओली नक्सा राष्ट्रवाद त अघि सारिएको त छैन? भन्नेतर्फ पनि आम नेपाली गम्भीर हुनुपर्छ।

ओलीको की नेकपाको बिकल्प

जनताको अत्याधिक बिश्वासको मतको जगमा नेकपाद्वारा गठित ओली सरकार प्रारम्भिक चरणदेखी नै आफ्नो गुट र साघुरो स्वार्थी समुहको हित बाहेक देश र जनताको हितमा कुनै कार्य गरेन। बलात्कार, जघन्य अपराध, भ्रष्टाचार, कुशासन र स्वेच्छाचारी युगको रुपमा ओली सरकार अघि बढ्यो। आफ्नै पार्टीको बेवास्ता मात्रै होईन आलोचक सुझावकर्ता सहयात्रीलाई प्रलोभन, धाक, धम्की समेत दिने अहंकारको मार्गदर्शनमा ओली हिडिरहेका छन। संचार जगतप्रती पुरै असहिष्णु छन् । आलोचक नागरिकहरुप्रती गिरफ्तारी र झुठा मुद्दा लगाएर ठेगान लाउने गतिविधिमा सदैव लागिपरेका छन्। वाक स्वतन्त्रताको मौलिक हकको प्रयोग पनि गर्न नपाउने ओलीतन्त्रमा लुटतन्त्र भने पुरै छुट छ। पार्टीको सांगठनिक संरचनामा उनी छलफल गर्न रुचि देखाउदैन। देश जल्दाबल्दा संकटलाई हसिमजाक उखानटुक्काले रंगिन बनाउछन्। देशको बिकासलाई गम्भीरतापूर्वक नलिने सामान्य ठट्यौलीमै प्रस्तुत हुन्छन। लुतन्त्रमा रहेको साँघुरो घेराभित्र ओली रमाउने र संरक्षणकर्ताको भूमिकामा रहने गरेका छन्। जनताले पाँच बर्षको लागि नेकपालाई मत दिएका हुन ओलीको यस किसिमको रवैयालाई होईन। अतः नेकपाले सरकार पार्टीको लागि ओलीको विकल्प खोज्छ या नेकपाको जगमा ओली स्वेच्छाचारीको बिरुद्धमा जनसंघर्ष गर्दै नेकपाको बिकल्प खोजी हुन सक्छ। यो एउटा राष्ट्रिय मुद्दाको रुपमा आम नागरिकमा मार्ग गरिरहेको छ।

अबको मुलुकहितका कार्यभारहरु

ओली नेतृत्वको सरकारका जनहित बिरोधि कार्यशैलीका कारण आक्रान्त बनिरहेको नेपाली समाजले बिश्व महामारीका रुपमा फैलिएको कोभिड १९ ले झन जनजीवनमा असाधारण असर परिरहेको छ। ओलीतन्त्रको मनपरितन्त्रसंग लडिरहेको नेपाली समाज महामारी भाइरससंग पनि लड्नुपर्दा स्वाभाविकै राष्ट्रिय अर्थतन्त्र धरासायी हुने, राजनीतिमा उतारचढाव आउने, सामाजिक र सांस्कृतिक तहबाट पनि चुनौतीपूर्ण अवस्था ब्यबस्थापन गर्नुपर्ने निकै कठिन घडिमा हामी आइपुगेका छौ। धेरै नेपालीहरुको रोजगारी गुम्ने छ। धेरै सपनाहरू सहित बिदेश भुमिमा पुगेर रोजगारी गुमाएका लाखौं लाख युवाहरूलाई रित्तै फर्कदाको मन मस्तिष्क कस्तो होला? राजनीतिक अस्थिरता, बेरोजगारी र ओली सरकारको स्वेच्छाचारीमाथी हिंसापुर्ण राजनीतिको पनि पुनर्जन्म हुनसक्ने एकातर्फ संभावना छ भने अर्कोतर्फ भोग, रोगले पनि नेपाली जनजीवन कष्टकर हुनसक्छ। त्यसले समयमै जनताको बिश्वासको मत प्राप्त नेकपाले अस्वस्थ राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको विकल्प दिदै सकृय प्रचण्ड, माधव, झलनाथ, बामदेब लगायत नेताहरुले मतको बाकी समय हिफाजत गर्न सक्नु अहिले समस्या समाधानको उत्तम बिधि हो। ओली विकल्प दिदै नेकपाले निर्वाहमुखी परम्परागत कृषिलाई आधुनिक र व्यावसायिक कृषि उत्पादन गर्दै आत्मनिर्भर गराउन अभियान चलाउनुपर्छ। नेपाली सेनाको अनुत्पादक गण, युनिटहरुलाई कृषि उत्पादनमा जोड्नुपर्छ। नीजि क्षेत्रलाई बिश्वासमा लिएर राष्ट्रिय उत्पादन र बिकास निर्माणमा सहयात्री बनाउनुपर्छ। साना, खुद्रा, मझौला र ठूला ब्यबसायहरु सामाजिक दुरी कायम गर्दै क्रमिक संचालनमा ल्याउनुपर्छ। बैंक बित्तीय संस्थाहरूलाई लगानीमैत्रीपूर्ण वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्छ। पुँजीबजारलाई प्रोत्साहन गर्दै लगानीमा आकर्षित गर्नुपर्छ। सरकारी कर्मचारी भर्ना रोक्नुपर्छ। अनावश्यक मन्त्रालय खारेज गरि मन्त्रीमण्डल घटाउनुपर्छ।राजनीतिक नेता तथा पुर्ब राष्ट्रसेवक कर्मचारीका सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएर जनसुरक्षामा प्रयोग गर्नुपर्छ। सरकारी सेवा भोग गरिरहेका पूर्व प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्री, सांसदहरूको सुबिधा कटौती हुनुपर्छ। स्थानीय र प्रदेश सरकारको आकार घटाउनुपर्छ। यसरी नै एक दशक मेहनत गरियो भने राज्यको आर्थिक अवस्था सुधार गर्न सकिन्छ। राजनीतिक स्थायित्व सहित शान्ति र समृद्ध मुलुक बनाउन बल पुग्नेछ। राष्ट्रिय एकता बलियो हुनेछ। मुलुकमा कानुनी राज्यको प्रत्याभूत हुनेछ। उल्लेखित बिबेचना अनुरुप मुलुकलाई अघि बढाउन सकियो भने महामारी पछि नेपाल स्वर्ण युगमा प्रवेश गर्नेछ। 

नयाँ