माफ गर नवराज, तिम्रो ज्यान लिने समाजकै सदस्य हुनुको पीडा जीवनभर रहनेछ

कल्पना वास्तोला, प्रकाशित मिति : २०७७ जेठ १६ शुक्रबार
कल्पना वास्तोला

संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक मात्रै प्रमुख कारण होइन असल मान्छेको मौनता पनि हो । जब देखी आफुले आफुलाई बुझ्न थाले त्यसवेला देखि  अन्यायको लडाइमा लड्दै आईरहेको छु । हाम्रो समाजमा विद्यमान कुरिती चाहे सामाजिक होस वा जातियताका आधारमा गरिएको थिचोमिचोका विरुद्ध आवाज बुलन्द गर्दै सबै जातको उत्तिकै सम्मान र स्वभिमानको सुरक्षाका लागि, म जस्ता धेरै यूवाहरुलाई सचेत गराएकी छु।

समाजका कयौं बिकृती र बिसङ्गतीका बिरुद्ध कदम चाल्दा समयक्रममा मैले विभिन्न आरोप, आलोचना सहन बाध्य पनि भएको छु । तर समाज परिवर्तन हुन्छ भने हामी जस्ता हजारौं यूवाहरुले त्यस्ता आरोप र अबरोधलाई हटाउन जोखिम उठाउने मात्रै होइन आबश्यक परेमा  वलिदान दिन पनि तयार हुनुपर्छ । म सोच्ने गर्थे आजका यूवा धेरै सचेत छन् । भलै  पितृसत्तात्मक समाज किन नहोस तर  एकाइसौ शताब्दिलाई राम्ररी बुझ्दछन् । तर होइन रैछ । मेरो बुझाई भन्दा फरक रहेछ यो समाज । 

एक किशोरीले तिमीलाई उत्तिकै प्रेम गर्थिन वा गर्दिनथिन त्यो बेग्लै कुरा हो दुबैमा प्रेम थियो र बिश्वास पनि रहेछ त्यही बिश्वासले एकातिर लकडाउन अर्कोतिर रातीको समयमा पनि साँचो प्रेम प्राप्तिको लागि त्यो हिम्मत गरेका थियौ । तर नवराज तिमीले त्यो आँट गर्नु अगाडि समाजको ऐना हेर्न बिर्सियौ कि थाहा थिएन तिमिलाई ? तिम्रो कमजोरीमा टेकेर समाजले अक्षम्य र पासबिक अपराध गरेको छ। तिम्रो कमजोरीलाई सम्झाई बुझाई गर्नुपर्नेमा ज्यानै लिनेगरी आक्रमण गर्नु किमार्थ सोच्न सकिने कुरा थिएन । 

सामाजिक सञ्जालमा भेटेको तिम्रो फोटो हेर्दा कलिलो र अनेकौ रहरहरु मनमा फुराएर मुस्कुराएको प्रष्ट देखिन्छ। साथमा बोकेको राष्ट्रिय झण्डाले अझ प्रष्ट हुन्छ देशप्रतिको माया र तिम्रो समर्पण । तिम्रो मुटुभन्दा प्यारो राष्ट्रले तिमिलाई स्वाभिमान सहित बाँच्ने अधिकार सुनिचिश्त गरेन । आफ्नो प्रेम नै सर्वपरी ठान्यौ तिमिले तर समाजले तिम्रो चोखो प्रेमलाई बुझेन। अतः सधैको लागि एउटा तारा अस्तायो । अबका दिनमा सबैको सम्झनामा मात्र रह्यौ। आज यो घटना सम्झने वित्तिकै तिम्रो त्यहि झण्डा बोकेको हसिलो तस्विर आँखा अगाडी आउन थाल्छ । अनि आफै उभिएको ठाउँमा भासिदै गएको अनुभव गर्छु। तिमिलाई बचाउन नसकेको सो समाजको सदस्य भएकोमा आत्मग्लानीले विक्षिप्त हुन्छु। नवराज तिमि अनि तिम्रा साथीहरुसँग माफ माग्न मन लागेको छ। तिमि सहित तिम्रा साथीहरुको जीवन लिने समाजको सदस्य हुनुको पीडाले हामी बाच्नेहरुलाई सधै पोलिरहनेछ।  

दर्दनाक पिडाले कति चिच्याउन बाध्य बनायो होला । कति हारगुहार गर्यो होला । स्मरणमा रहेका सबैलाई पुकार्यौ होला । यदि अवस्थाले तिमीलाई अरुलाइ सम्झन नसक्ने बनाए पनि, अन्तिम पटक आफ्नो जन्म दिने बा,आमालाई त पक्कै पनि सम्झियौ होला है।

हाम्रो धर्ममा भएको विकृती जहाँ सबै जात जातिको सम्मान हुदैन किन?
कामीको सिपले नेपाल जोडियो 
दमाईको सिपले पहिचान मिल्यो 
सार्कीको सिपले हरेक पाइलामा काडा बिझ्न दिएन।
दुखको कुरा जसको सिपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदाय अछुत भइरहेका छन्। 
धन्न कामीसँग खुकुरी बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे कसैको शक्ति टिक्न सकेन।

समाजमा विभेदको अन्त्य गर्ला भनेर चुनेको प्रतिनिधि नै आज तिम्रो मृत्युको रक्षाकबच बन्नुपर्नेमा मौन बसे कि? तिनको मौनता तिमि मात्रै होइन तिमिसँगै ५ जना अस्ताए भने थप केहि अझै बेपत्ता छन्।

तिमीमा घटेको यो दर्दनाक घटनाले अब हामी यूवाहरु शान्तिपूर्ण सचेतनामा होइन क्रान्तिपूर्ण चेतनामा लाग्न बाध्य हुनेछौं । शान्तिपूर्ण परिवर्तनको युद्ध जित्ने आशा बोकेका यूवाहरुलाई बन्दुक बोक्न सिकाउँदैछ यो समाजले । मान्छेको बाच्ने अधिकार लुट्ने यसै समाजका उपल्लो वर्ग, केही कुखुरे बाहुन, क्षेत्री भनाउँदालाई यिनै दलित समुदायले एक दिन यातना दिने पक्कै पनि समय आउनेछ । 

दलित समुदायहरुलाई आधार बनाएर शक्तिमा पुगेका प्रचण्ड र बाबुरामले संविधान संशोधन गरेर छुवाछुतको व्यवहार सहदै आएका समुदाय र ठूलाबडा शासकका बीचमा भएको जातिय पर्खालको अन्त्यका लागि कठोर सजाय दिनु पर्छ भनेर आवाज उठाउनु पर्छ, हैन भने सडकमा यूवाहरुले क्रान्ति सुरु गर्नेछन् ।

अन्याय गर्नु मात्रै पाप होइन सहनु पनि पाप हो। सबै जात र जातीय स्वभिमानको सुरक्षाका लागि, आवाज उठाउ, बोलौ, जागौ। सचेत युवाहरु यसको नेतृत्व गरौ।                                                                                       
कल्पना बास्तोला                             
मोरङ्ग पथरिनगर ( ५                            
 हाल ( काठमाडौ

नयाँ