arrow

एउटा प्रेमको अन्त्य...

logo
सुदन कुमार ओली
प्रकाशित २०७७ जेठ १७ शनिबार
nabaraj-girlfriend.gif

महिनावारी भएको आज ३० दिन भई सक्यो । पहिले त यस्तो ढिला कहिल्यै भएको थिएन । कतै... उनि हडबढाउँछिन । आकाश घुम्छ । विहानै आकाशमा ताराहरु देखा पर्छन । मनमा अत्यास लाग्छ । अर्धपागल हुन्छिन । खाटको शिरानीमा भएको पिटलको अम्खोराको पानी घटघट.. पिउँछिन एकै साशमा । 

अम्खोराको चिसो पानीले आगोको भुङ्ग्रो झै तातेको शरिर हल्का चिसो हुँन्छ । अनि अचानक झल्यास्स मनमा आउँछ, अब एकचोटी परिक्षण गर्नु पर्यो । तर कसरी ? कहाँ जाने? समय अनुकुल छैन । दुई महिना देखि सबै लकडाउनमा छौँ । अस्पताल जान पनि कसरी जाने ? गाउँको मेडिकलबाट किट लिएर टेष्ट गरुँ भने बुवा मुवाले थापा पाए भने ?  गाउँका अरु कसैले थाहा पाएर बुवा मुवालाई भनि दिए भने ? अहँ त्यो नि सम्भव छैन । कस्तो गल्ति गरे हे भगवान ! यो कस्तो आपत आइलाग्यो ! हुन त अस्तिन ठूली मैयाँको पनि ४ - ५ दिन पछि भएको भन्स्या थियो । तै पनि भोलिसम्म पर्खिन्छु । अनि भएन भने उसलाई भन्छु के गर्ने भनेर । फेरि उसलाई भनेर नि त के हुने हो र उसँग नि विकल्प केहि छैन । लकडाउन छ । 

‘कान्छि’ मुवाले कराउँनु हुन्छ । उसको मनमा चलिरहेको अन्तर विरोध अचालक रोकिन्छ । अलि सम्हालिएर बस्छिन तर आवाज निस्किदैन । मुवा फेरी चिच्याउँनु हुन्छ । कता हराकि छे ? बोलाको सुनिनस? यत्रो समय भैसक्यो अझै सुति रहेकी होस क्या हो ?  बाख्रा चराउन जा छिटो। अहिले फेरि कराएर मार्छन । म रोटि बनाउँछु । तल बारिमा छाडेर आइज । बल्ल बल्ल निशासिएको आवाज निस्कन्छ । हस मुवा

उनि थारामाथीबाट झर्न खोजिन तर उनको खुट्टाले भुइ टेक्न सकेन । फेरी थचक्क बसिन त्यही । मनमा अनेकन अड्कल काट्छिन । फेरी मुवाको स्वर सुनिन। कता अराइ छिटो बाख्रा कम्दमा छाड भनेको । बल गरेर उठ्छिन । बल्ल बल्ल बाख्रा थातमा पुग्छिन । 

घर अगाडीको पैँयुको रुख वरिपरि बाख्राका साना साना पाठाहरु खेलि रहेका छन । ३ ओटा बाख्राका पाठहरु छन। एउटा बोको छ र बाँकि दुई ओटा पाठीहरु । उनिहरु विन्दाश खेलि रहेका छन । कसैको केहि चिन्ता छैन । उनीहरु कहिले पैँयुको रुखमा चढ्न खोज्छन त कहिले माहुरीको घारमाथि । कहिले काहि माहुरीले उनीहरुको कानमा चिलिदिन्छ । कराउँदै बाख्राको थुन चुस्न आउँछन । कहिले बाख्राले खुसी हुँदै आफ्ना थुम्का चुसाउँन त कहिले भाग्छन । उनीहरुको दैनिकरुपमा यो चलि रहन्छ । उनि ती पाठाहरुसँग खुब रमाउँछिन त आझ उनको मनले ति पाठाहरुको वास्ता नै छैन । उनि आफुँ भित्र नै हराइ रहेकि छिन । कालो पाठो बोकोले उनको सुरुवालको छेउमा चपाउँछ । यो त्यसको नियमित कार्य थियो । अनि उनले आफ्ना कोमल हातले समाएर काखमा राखेर आफ्ना कान चुसाउँथिन । तर आज उनका कुनै प्रतिकृया नदेखे पछि त्यो पाठो नि सरासर माहुरीको घारतिर लाग्छ। 

बाख्राहरु दौडेर खर्कट्टीमा पुग्छन । उनि विस्तारै पाठाहरु लखेट्दै हिड्छिन । बाख्राका पाठाहरु उफ्रिदै खरकट्टीको मुख्लीको रुपमा चढ्छन । उनी कम्दको छेउमा बसेर टोलाउँछिन । बाख्रा कता पुगे उनलाई भानै हुँदैन । उनको दिन मनमा अनेकन कुरा खेलाउँदैमा बित्छ । 

दोस्रो दिन पनि वित्यो महिनावारी भएन । अब त पक्कै शंङ्का गर्नु पर्ने अवस्था आयो । उसलाई फोन गर्नु पर्यो । तर मोबाइलमा पैसा छैन । अब छिटो छिटो बाख्रा चराएर पसलमा जानु पर्ला । पसल खुलेको छ कि नै ? आज हिजो भन्दा अलि हतारिएर बाख्रा चराउन गइन । मुवाले नभन्दै विहानै बाख्रा चराउन गइन । बाख्रा भकारो हुलिन । घामले चर्कदा उरिम मुनि राख्ने गरिन्थ्यो तर सिधै भकारोमा हुलिन । मुवा घरमा होइसिन्न थियो । हतार हतारमा मकैको रोटी र लसुनको अचार खाइन । भैसीको मोहि थियो । अमिलो । तर खान्छिन । उनलाई कुनै कुराको वास्ता नै थिएन । शिवाय एउटा कुराको बाहेक । 

हतार हतार गर्दै निस्किन भान्सा कोठाबाट । आँगनको अलि पर पुगेर सम्झिन कि ढोका त खुल्लै थियो । फेरि फर्किन र ढोका लगाइन । बाटोमा ठूली मैँया भेटिन्छिन । ठुली मैँया गाउँकी सबै भन्दा जेठि थिइन । तर उनको विवाह अहिलेसम्म भएको थिएन । उनको अन्तरजातिय प्रेम सम्बन्ध थियो । घरका कसैले पनि दलितसँग हुँदैन भने पछि बाध्य भएर उनिहरुको प्रेम छुटेको थियो । उनले सबैसँग हार गुहार गरिन। सबैलाई अनुरोध गरिन । तर कसैले उनको कुरा सुनेन । र कुनै पनि हालतमा त्यो डुमसँग हुँदैन भने । यदि तँ त्यो डुमसँग विवाह गरिस भने हाम्रो लाश भेट्छेस भने पछि उनि पछाडि हटेकी थिइन । उनी एकदमै जिद्दि स्वाभावकी थिइन । र उनले पनि अठोट लिइन । यदि उसँग मलाई विहे नगर्दिने हो भने म पनि विहे गर्दिन कसैसँग भनिन र अहिलेसम्ममा उनि अविवाहित नै छिन ।

ए! कान्छि कता हिडिस र? ठूली मैँयाका कुराले झस्किन्छिन । म पसला जाँन लाग्या दिइ, उसले मलिन स्वरमा फर्काउँछे । के किन्न जान लागिस ? फेरि उसको अर्को प्रश्न आयो । सबै ठूलीमैँयासँग बोल्न मन पराउने कान्छि आज उसले केहि कुरा नगरे हुने हो भन्ने भइरहेको छ । त्यै पनि जवाफ फर्काइन, दिइ मोबाइला पैसा हाल्न जान लाग्या । हजुर कता गैसिन लाग्या ? कान्छि म पनि पसला जान लाग्या । दुवै जना कुरा गर्दै पसलमा पुग्छन । धन्न पसल खुला रहेछ । हुन त पसले काकाको पसल र घर एउटै घरमा छ । त्यै पनि आज खुला रहेछ । ठूँलीमैँया पसले काकासँग के के गफ गर्न थाल्छिन तर उ हतारमा १०० रुपैँयाको रिचार्ज कार्ड माग्छिन र त्यँहाबाट हिड्छिन । 

उनी घरमा पुग्छिन र मोबाइलमा रिचार्ज गरेर मोबाइल डाटा प्याक लिन्छिन । गाउँमा इन्टरनेटको सुविधा छैन । उनको उसँग (केटा साथी) कुरा नभएको पनि ४ दिन भइसकेको थियो । उनीहरु दुवै जनाको रोजगार थिएन । उ नेपाल प्रहरीको जागिरको लागि तयारी गरिरहेको थियो भने उनि पढी रहेकि थिइन । दैनिक रुपमा मोबाइलमा कुरा गर्न पैसा हुँदैन थियो । त्यसैले समय मिलाएर नदिको किनारामा पुगेर भेट्ने गर्थे । भने कहिले काहि मोबाइलमा कुरा गर्थे । 

मोबाइलमा पैसा हाल्ने वित्तिकै उसलाई फोन गर्छिन । फोन पुरै घण्टी गयो तर फोन उठेन । उता उसको फोन सुत्ने कोठामा थियो । उ भकारोमा बालाई सहयोग गरिरहेको थियो । उसले फोन आएको थाहा पाएन । यता लगातार फोन गरि रहन्छिन । करिब १२-१३ चोटीको फोन गरे पछि पनि नउठेपछि उनि झन हतास हुन्छिन । उसका मनमा अनेकन कुराहरु खेल्छन । एक मन भन्छ नदिमा गएर देह अन्त्य गरि दिन्छु । फेरि सोच्छिन यदि यसो भयो भने हाम्रो प्रेम त मर्छ । हुँदैन । अब म उसैसँग विवाह गर्छु । तर विवाह! उसको गाउँको अवस्थाका बारेमा राम्रो थाहा थियो । उँसँग मेरो विवाह गर्न दिदैन सजिलै । उसलाई पहिले पनि एकपटक गाउँका सबैले कुटेका थिए । उसको मन मरिसकेको थियो तर हाम्रो माया पनि त जोगाउँनु छ । 
उता उसले भकारोको काम सकाएर कोठामा जान्छ । कोठामा जाने वित्तिकै फोनमा धेरै मिस्कलहरु देख्छ र मिस्कल फर्काउँछ । फोन गर्नलाई उसको मोबाइलमा पनि पैसा थिएन । उसको मिस्कलको पहिलो घण्टीमा नै उठाइदिन्छिन । हेलो ! हेलो ! कुरा हुँदैन फोन काटिन्छ । लगतै हतारमा उसले फोन फर्काउँछिन । पहिलो घण्टीमा नै फोन उठ्छ । हेलो बेबी ! बेबी मेरो मेरो महिनावारी रोकिएको छ । एक हप्ता भयो । अब के गर्ने । म त मर्ने भए । कि मसँग विहे गर नत्र म नदिमा डुवेर मरिदिन्छु । उसले एकै स्वरमा सबै कुरा भनिदिन्छिन । उता उ पनि कोठामा रनभुल्ला हुन्छ । केहि सोच्न सक्दैन । केहि बोल्दैन । यता उनी रुन थाल्छिन । उसले अलि समालिएर भन्छ । बेबी ! के गर्ने त अब ? ‌औषधी खाने त हो । कै हुँदैन । मर्ने कुरा नगर। तिमिलाइ मेरो मायाको कसम । तर उनी भन्छिन, औषधी खान सक्दिन यहा थाहा पाइसिन्छ । अहिले सबै बन्द पनि छ । गाउँको मेडिकलबाट त म खाँदिन । अनि दुबै जना केहि बेर केहि बोल्दैनन् । वातावरण शून्य हुन्छ । 

केहि बेरको सन्नाटा पछि उसले भन्छ, बेबो अब हामी विवाह गरौँ । म तर मलाई थाहा छ । तिम्रो परिवारका मान्छेले मलाई स्वीकार्दैनन् । मलाइ पहिले पनि कुटिसकेका छन । अब त भेटे भने पनि मार्छन । त्यसैले तिमि आदिबाटो आउँ नदिको किनारमा म त्यहिँ आउँछु अनि जाम्ला कसैले नदेख्ने ठाँउमा र कोही नभएको ठाँउमा । त्यतिकैमा उनले फर्काउछिन, बेबी तिमी नडराउँ मेरो पेटमा हाम्रो मायाको निशानी हुर्किदैछ । पर्सि राति ५-६ जना साथीहरु लिएर मेरो घरको तल चौतारोमा आउँनु । मुवा सुतेको समयमा भागम्ला । उसले गाउँ आउन इन्कार गर्छ । पहिले नै उसले त्यो गाँउमा कुटाइ खाएको थियो यहि  मायाको लागि । उसले भन्यो गाँउमा आउँदैन मलाइ देखेमा अब त मार्छन । म एक्लै आउँछु तल दोबाटोमा । त्यहाँ आउँनु । तर उनले जिद्दी गर्छिन । गाउँमा नै आउन राजी हुन्छ । हुन त मायामा अन्य सबै कुरा गौण नै हुन्छ । 

उसले गाउँका केहि साथीहरुलाई सम्पर्क गर्छ । केहिले यो लकडाउनमा जान मानेन तर कोहि साथीहरु भने राजी भए । उसले सबैलाई बेहुली लिन जाने हो भन्छ । घरमा आमालाई म बुहारी लिन जान्छु आज राति भनेर निस्किन्छ । गाउँबाट केहि साथीसँगै तल सडकको चौतारोमा पुग्छन । त्यहाँ केहि साथीहरु पर्खि रहेका थिए । सबै जना एक उत्साहका साथ लाग्छन मायालुको गाउँमा । उसले सबैलाई हामी त्यो गाँउमा जाने होइन तलसम्म मात्र जाने हो र उनी त्यहाँ आउँछिन भनेको थियो । 

उता रातभरी छटपटि रहन्छिन । छोरीको मन । एक चोटी मुवालाई भन्छु । अनि मुवाले मान्नु भयो भने त बुवालाई मनाइसिन्छ । मुवालाई भन्छिन । मुवा म उसँग भागेर जाँदैंछु आजराति । त्यति आवाज के आएको थियो, मुवाले एक झापट लगाउँछिन । मुवा रिसले चुरचुर भएर बुवा र गाउँका अरु आफन्तलाई यो घटना हुने योजनाबारे सुनाउँछिन । उनलाई एउटा कोठामा बन्द गरिन्छ । गाउँका सबै जनासँग यो खबर पुग्छ । पहिले पनि धेरै पटक यस्तो घटना भइसकेको हुँदा गाउँका सबै जना एकाएक घरमा जम्मा हुन्छन । प्रहरीलाई खबर गरिन्छ । यस्तो घटना हुँदैछ भनेर । गाउँका जनप्रतिनिधीहरु पनि सबैलाई जानकारी गराइन्छ । उनीहरुलाई भनिन्छ, अर्को गाउँका मान्छेहरु लकडाउनको समयमा लडाइ गर्न आउँदैछन । गाउँका सबैजना विभिन्न स्थानमा ग्रुप ग्रुप भएर बथान बस्छन । 

यता युवाहरुको जमान रमाउँदै तर अलि अलि डराउँदै अगाडी बढ्छन । फोन हान्छन तर फोन उठ्दैन । फोन मुवाहरुको कब्जामा हुन्छ । रातारात हिड्दै उनीहरु गाउँको चौतारासम्म पुग्छन । तर पनि नफोन आउँछ न त उनीनै आउँछिन । उ डराउँदै घरनजिकको चौतारामा पुग्छ । आचानक उसको टाउँकोमा ढुङ्गा प्रहार हुन्छ । एकाएक हो हल्ला मच्चिन्छ । उसका साथीहरु सबैलाई तितरवितर भएर भाग्छन । उ अर्धचेत अवस्थामा भाग्न खोज्छ । तर उसका शरिरले भार थाम्दैन । सबैले दाउरा, हँसियाले प्रहार गर्छन । उ पुरै अचेत हुन्छ । नजिकैको नाइलनको डोरीले हात खुट्टा बाधिन्छ । नजिकैको एक बृध्दले भन्छन अब न कुट फरि मर्ला । त्यतिकैमा अरु तथा ५ जना साथीहरुलाई पनि नजिकैको किलामा बाँधेर प्रहार गरिरहेका छन । 
एक जनाले उसको घाँटी छामेर स्वास चले नचलेको विचार गर्छन । अब उनिहरु आत्तिन्छन । उसको स्वास चलेको थिएन । हतार हतारमा ६ जनालाइ नै डोरीले बाधेर नदिमा बगाइन्छ । तल चौतारामा पर्खेर बसेका अन्य साथीहरु गाउँका मानिस आएको देखेर भाग्छन । उनीहरुलाई गाउँलेहरुले लखेट्छन । ढुङ्गा प्रहार गर्छन । उनीहरु सबै नदिमा कुद्छन । तर नदिको दुवै तिर मानिसहरुले घेरा हालेका थिए र सबैलाई पक्रन्छन । त्यतिकैमा प्रहरी आइपुग्छ र उनीहरुलाई प्रहरीको जिम्मा लगाइन्छ । प्रहरीलाई उनिहरुको मृत्युको बारेका केहि थाहा हुँदैन । प्रहरीलाई गाउँलेहरुले विभिन्न बहाना बनाएर फर्काउँछन । 

गाउँलेहरुले उसको लाश माछाको आहाराको लागि नदिमा फालिदिन्छन । यता उनले आफ्नो  प्रेमको अन्त्य भएको थाहा पनि पाउँदिनन् । गाउँलेहरु घरमा आउँछन । गाउँलेहरुको कुराले उसको सपनाको घर गर्ल्यामगुर्लुम ढल्छ । अन्धकार छाउँछ । अनायसै दुवै हातले पेट समाउँछिन र भन्छिन बेबी मलाइ माफ गर हाम्रो प्रेमको अन्त्य भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ